Advertisement
सागर थापा/महेन्द्र सिंह, बाँके ।बाँकेमा ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
करिब ५ ग्राम ब्राउन सुगर सहित कोहलपुरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यलय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर-२ शक्तिनगरबाट ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोहलपुर वडा नं. ५ बस्ने २५ वर्षका दिपक चौधरी र बैजनाथ गाँउपालिका वडा नं. ३ बस्ने १९ वर्षका भुपेन्द्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अर्यालले जनाएका छन । उनिहरुका साथबाट ४ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले दावी गरेको छ ।उनिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरी श्रोतले बताएको छ।