धनुषा– बुधबार बिहान करिब दुई बजे धनुषाको ढल्केवर नजिक बस र ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दुर्घटनामा परी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शुभकला मण्डल र भारत बिहार मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको मृत्यु भएको जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा काकरभिट्टाबाट रौतहटको गौरतर्फ जाँदै गरेको ना५ख ४९६ नम्बरको बस र हेटौंडाबाट इटहरीतर्फ जाँदै गरेको ना६ख ९४२९ नम्बरको ट्रक ढल्केवरस्थित ट्राफिक कार्यालय नजिक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेहरूको लालगढ मेडिकल र भोगेन्द्र मेडिकलमा उपचार भइरहेको छ ।
Advertisement