रुकुम(पूर्व) । आइतबार रुकुमको पुथा उत्तरगंगा गाउँपालिका-१० बाच्छी गाउँमा कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान प्रहरीले पक्राउ उनीहरुलाई गरेको हो ।पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-३ बाङ्गेडाँडा बस्ने २३ वर्षीय गोबिन्द पुन र दाङ घोराही उपमहानगरपालिका-१९ बस्ने ट्याक्टर चालक २४ वर्षीय शिवराज राना छन् ।पुन र रानाको कुटाईबाट बाँके नेपालगंज राँझा बस्ने ४६ वर्षीय दिपक रावल सख्त घाइते भएका थिए । घाइते रावलको उपचारका क्रममा मंगलबार नै मृत्यु भएको थियो ।आइतबार रुकुमको पुथा उत्तरगंगा गाउँपालिका-१० बाच्छी गाउँस्थित कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिको शहिद मार्ग निर्माण कार्यमा खटिएका लेबर काम गर्ने पुन र रानाले रावललाई कुटपिट गरी लाठीले टाउकोमा प्रहार गरेका प्रहरीले जनाएको छ ।घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
कुटपिटबाट एक जनाको मृत्यु, दुई अभियुक्त पक्राउ
कुटपिटबाट एक जनाको मृत्यु, दुई अभियुक्त पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया