सनिउल्ला धोबी, कपिलबस्तु। कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा दोस्रो बुद्धभुमि कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७५ हुने भएको छ । “कृषि, उद्यम, व्यापार पर्यटन, संस्कृति र स्वरोजगर आत्म निर्भर सीपयुक्त सबल र समृद्ध नगर” भन्ने मुल नराका साथ यही फागुन ३ देखि १२ गते सम्म चल्ने छ । आयोजक संस्था युथ एलायन्स फर चेन्जले पत्रकार सम्मेलन गरी महोत्सवको ९० प्रतिशत तयारी पुरा भएको जानकारी गराएको छ । महोत्सवमा १सय ५० वटा स्टल रहने र १ लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने अयोजकले अपेक्षा रखेको छ । महोत्सव फागुन १२ गते सम्मा चल्ने महोत्सवमा २० करोड बराबारको करोबार हुने महोत्सव मुल संयोजक अनिल अधिकारीले जानकारी दिएका छन् ।
महोत्सवमा मौतका कुवा, बाल उद्यान, झुला, स्थानिय र राष्ट्यि कलाकारको बेजोड प्रस्तुती रहने छ । महोतसवमा नगरपालिका भित्र रहेका विभिन्न पुरतत्वविक स्थालको महात्व झल्कने गरी फोटो प्रदर्शनीको समेत गरीने छ ।
महोत्सवमा कटेको प्रत्येक टिकटबाट १ रुपाया बचाई गोरुसिंगेमा रहेको सर्पदंश केन्द्र र अंपाङ् विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले उक्त महोत्सवको अयोजना गरीएको छ ।महोत्सवको उद्घाटन भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले गर्नु हुने आयोजकले जानकारी दिएको छ ।महोत्सवको संरक्षक बुद्धभुमि नगरपालिका, सह आयोजक बुद्धभुमि व्यापार संघ र सहयोगी संस्था उद्योग वाणिज्य संघ बुद्धभुमी रहेका छन् ।
कपिलवस्तुमा दोस्रो बुद्धभुमि महोत्सव हुँदै

Advertisement
तपाईको प्रतिक्रिया