दाङ– कामको शिलसिलामा खाँडी मुलुक कतारमा रहेका दाङवासीको सहयोगमा एम्बुलेन्स सञ्चालनमा आएको छ । रोजगारीकोलागि कतार गएका युवाहरुको संगठन दाङ देउखुरी सेवा समाज घोराहीले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।दाङ देउखुरी सेवा समाज दोहा कतारको आर्थिक सहयोगमा खरिद गरिएको उक्त एम्बुलेन्स शनिबार देखी संचालनमा ल्याईएको छ।
Advertisement
नेपाल सरकारको राजस्व छुटमा १६ लाख २९ हजार ५०० रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको समाजका आजीवन सदस्य चन्द्रबहादुर नेपालीले जानकारी दिए । कतारमा रहेका कमलमणि गुरागाई संयोजक रहेको आर्थिक संकलन समितिले उक्त रकम संकलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको समाजले बताएको छ । बैदेशीक रोजगारीका लागि कतारमा गएका दाङवासीले २०६८ सालदेखि स्वास्थ्य, शिक्षा, विपद् लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।