• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

दाङमा पहिलो पटक हवाईजहाज सहितको ड्रिम पार्क बन्दै


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • सागर थापा/शरद रिजाल,दाङ।
    दाङको घोराही लमही सडक खण्डको गोग्ली नजिक एउटा जहाज बसेको देख्न सकिन्छ। पहिलोपटक देख्ने धेरै ले अनौठो मानेर हेर्ने गरेका छन्, यो कहा“बाट आयो ? यो जहाज उडान भर्न आएको होइन, दाङको पर्यटन गन्तव्यमा नया“ आयाम थप्न ल्याइएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही वर्षदेखि ग्राउन्डेड जहाज दाङमा ल्याइएको छ। दक्षिण एशियाको ठूलो उपत्यका दाङमा ‘ड्रिम पार्क’ बनाउने योजनासहित जहाज दाङ ल्याइएको हो। ‘ड्रिम पार्क’ बनाउने र त्यसमा जहाज राख्ने योजना रहेको छ। घोराही उपमहानगरपालिका १७ बेलभारका श्रीधरकुमार घिमिरेले काठमाडौ ंदेखि ग्राउन्डेड जहाज ल्याउनुभएको हो।एक वर्ष पहिले प्रावि कर्जाहीबाट अवकाश लिनुभएका शिक्षक श्रीधरकुमार घिमिरेले दाङको पर्यटनमा केही गरौ भन्ने भावनाले जहाज ल्याएको बताउनुभयो। ‘आफ्नै पुख्यौर् ली घर बेलाभारको करिब डेढ बिघा जग्गामा पार्क बनाउने तयारी छ’ उहा“ले भन्नुभयो– ‘जग्गा नपुग भएमा छिमेकी दाजुभाइले जग्गा दिने मलाई विश्वस्त बनाइसक्नुभएको छ।’चौतीस सिट क्षमता भएको जहाज राखिएको पार्क सञ्चालनमा आयो भने सातजना व्यक्तिले प्रत्यक्ष रोजगारी पाउनेछन्। यहा“ पुग्ने पर्यटकलाई उडाउनेबाहेक अरु जहाजमै चढेको अनुभूति गराउने घिमिरेको योजना छ। ‘धेरै का लागि जहाजमा चढ्ने सपना हुन्छ’– उहा“ले भन्नुभयो– ‘यहा आउने पर्यटकहरु जहाजमा चढ्न पाउनुहुनेछ । त्यसै ले पार्कको नाम नै ड्रिम पार्क राखिएको छ।’करिब तीन करोडको लगानीमा पार्क निर्माण गर्ने योजना छ। ‘२०७५ चै तसम्ममा निर्माण सम्पन्न गर्ने योजना छ’– उहा“ले भन्नुभयो– ‘काठमाडौ ंदेखि टेक्निकल कामदार ल्याएर जहाजको रुप दिने काम पूरा भइसकेको छ भने भित्रको डेकोरेसन, बहिरी रङरोगनको काम हु“दै छ।’ जहाजसहितको पार्क नेपालमै यो तेस्रो हो। धनगढीमा पहिलो, त्रिभुवन विमानस्थलमा दोस्रो र यो तेस्रो भएको उहा“ले बताउनुभयो। पा“च नम्बर प्रदेशमा भने यो पहिलो हुनेछ।सबै पर्यटकलाई जहाज चढेकै अनुभूति गराउने दोहोयाउदै घिमिरले भन्नुभयो ‘पर्यटकलाई टिकट लिइसकेपछि बोर्डिङ पास दिएर यात्रा नै गर्न लागे जसरी भित्र प्रवेश गराइनेछ । भित्र लगेर सिटमा बसाल्ने, सिट बेल्ट बाध्न लगाउने, ढोका बन्द गर्नेलगायत सबै गरिनेछ।यसको लागि एयर होस्टेज जस्तै ड्रेसमा स्वागत गर्ने महिला कर्मचारी राखिनेछ । उनीहरु चकलेट लिएर आउनेछन् भने केहीबेरमा चिसो पेय पदार्थ दिएपछि सेसन सकिनेछ।’ यहाको सिकाइले जहाज नचढेको व्यक्तिलाई जहाज चढ्नका लागि अभ्यासमेत हुने उहाले बताउनुभयो।पछिल्लो समय घोराही आसपासमा नया पर्यटकीय गन्तव्य थपिने क्रममा छन्। धारापानीमा विश्वकै अग्लो त्रिशुल राखेपछि महत्वपूर्ण गन्तव्यको रुपमा स्थापित भएको छ भने ज्यामिरे दह नया“ आकर्षणको रुपमा स्थापित हुने क्रममा छ। केही महिनाअघि मात्रै भारतीय सेनाका पूर्व क्याप्टेनको परिवारले घोराही ढोडेनीमा निजी लगानीमा भ्यूटावर बनाएपछि अब नया गन्तव्य थपिदै छ– ‘ड्रिम पार्क।’पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी बढ्नै जानु महत्वपूर्ण भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताउनुभयो। ‘सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणासगै यस्ता गन्तब्य स्थलको निर्माण र प्रचारप्रसार गरेर पर्यटक भिœयाउन सकिनेछ’– आफूले धनगढीको म्यूजियम हेरेको अनुभव सुनाउदै उहाले थप्नुभयो– ‘बाहिरबाट हेर्दा त के होला र भन्ने लागेको थियो तर भित्र गएर हेर्दा त बेग्लै अनुभूति भएको थियो । दाङमै यति ठूलो गन्तव्य निर्माण हुनु जिल्लाको पर्यटन विकासमा कोशेढुंगा बन्नसक्छ।’

    Advertisement

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation