पोखरा । प्याराग्लाईडिङ गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका ६ लेकसाईडस्थित फेवातालमा खसेका दुई जना विदेशी नागरिकको सकुशल उद्धार गरेको छ ।
Advertisement
प्याराग्लाईडिङ गरिरहेको बेला अचानक आएको हावाहुरीको कारण दुई वटा प्याराग्लाईडिङमा सवार जापनिज नागरिक ५० वर्षीय हिरा काजु र ७२ वर्षीय बतना फेवातालमा खसेका थिए ।
दुई वटा प्याराग्लाईडिङ फेवातालमा खसेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएका सशस्त्र प्रहरीको टोलीले तत्कालै खटिई गई उनीहरुको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।