• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

मलले गोदाम भरियो, खेत रित्तै रहे

सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • २. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ३. दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

  • ४. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • ५. ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

  • ६. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ७. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ८. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ९. संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

  • १०. सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

रुपन्देही काँग्रेसले किन सुरु गर्यो आन्दोलन?


  •   शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
  • बुटवल– नेपाली काँग्रेस रुपन्देही आन्दोलित भएको छ ।राजनीतिक पूर्वाग्रह साँधेर सरकारले काङ्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै काँग्रेस आन्दोलित भएको हो। बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाइ संघ मातहत नराख्ने सरकारको निर्णयविरुद्ध आज काँग्रेसले बुटवलको ट्राफिक चोकमा विरोध प्रर्दशन तथा कोणसभा गरेको छ ।

    Advertisement

    कोणसभामा बोल्ने नेताहरुले बहुमतको दम्भमा सरकारले एकलौटी रुपमा गलत निर्णयहरु गरिरहेको भन्दै ती कदम तत्काल नसच्याए आन्दोलनलाई अझ कडा पारिने चेतावनी समेत दिएका छन् । कार्यक्रममा बोल्दै काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले कसैको पनि इतिहास मेटाउने अधिकार सरकारलाई नभएको भन्दै तत्काल निर्णय सच्चाउन माग गरे ।

    दश वर्षसम्म हतियार बोकेर जंगलमा बसेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याई शान्ति सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने गिरिजाप्रसाद र वर्तमान संविधान निर्माण गर्न विशेष योगदान गर्ने सुशील कोइराला नेपाली काँग्रेसका मात्रै नेता नभई देशकै गौरवशाली नेता भएको सभापति रज्जाकले बताए ।

    उनले सरकारले देशकै गौरवशाली नेताहरुको योगदानको अवमूल्यन गरे गाउँ गाउँबाट हजारौं जनता सडकमा ओर्लिने चेतावनी समेत दिए । काँग्रेससँग जोरी खोज्नेहरु चुरचुर हुने दावी गर्दै सभापति रज्जाकले वर्तमान सरकार पनि समाप्तीको बाटोतिर गइरहेको टिप्पणी गरे ।

    कार्यक्रममा नेताहरु रामकृष्ण खाँण, विष्णु पोख्रेल, रामप्रसाद अधिकारी लगायतले बोल्दै गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पतालका सम्बन्धमा गरेको निर्णयबाट सरकार पछाडी नहने सम्म काँग्रेसको आन्दोलन नरोकिने बताए ।

    सभामा बोल्ने नेताहरुले प्रतिपक्ष दलको नेताबिनै संवैधानिक आयोगहरुमा अध्यक्ष नियुक्त गरेर सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै आपत्ति जनाए । डा.गोविन्द केसीले उठाएका मागहरु आम जनताको पक्षमा रहेकाले तत्काल तीनको सम्बोधन गरी डा.केसीको जीवन रक्षाको माग पनि गरेका छन् । भेला अघि नेता कार्यकर्ताले बुटवलको महेन्द्रपार्कबाट ट्राफिक चोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै रयाली निकालेका थिए ।

    सरकारले केही दिन अघि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्र बाहेक देशका अन्य ९ वटा अस्पतालाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको थियो ।

    काँग्रेसका नेतासँग नाम जोडिएकै कारण महत्वपूर्ण र ठुला अस्पताल भएपनि सरकारले ती दुई अस्पतालाई संघ मातहत नराख्ने निर्णय गरेको भन्दै नेपाली काँग्रेसले निर्णय सच्याउन माग गर्दै संघीय संसद समेत अवरुद्ध गर्दै आएको छ । बहुमतको दम्भमा सरकारले लोकतान्त्रिक पद्दति मूल्य र मान्यता विपरितका कामहरु गरेको भन्दै रुपन्देही काँग्रेस र उसका भातृ संगठनले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेका छन् ।

    शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक
    पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित
    नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना
    राणासहित १८३ नेता राप्रपाबाट अलग

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • २.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ३.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ४.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ :

    • ५.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ६.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै

    भर्खरै

    • १.
      पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    • २.
      मलले गोदाम भरियो, खेत रित्तै रहे

    • ३.
      सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

    • ४.
      पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

    • ५.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

    • ६.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

    • ७.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • ८.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation