• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ १४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

लोकप्रिय समाचार

  • १. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • २. प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

  • ३. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ४. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ५. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ६. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ७. बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

  • ८. गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

  • ९. गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

  • १०. झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

रुपन्देही काँग्रेसले किन सुरु गर्यो आन्दोलन?


  •   शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
  • बुटवल– नेपाली काँग्रेस रुपन्देही आन्दोलित भएको छ ।राजनीतिक पूर्वाग्रह साँधेर सरकारले काङ्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै काँग्रेस आन्दोलित भएको हो। बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाइ संघ मातहत नराख्ने सरकारको निर्णयविरुद्ध आज काँग्रेसले बुटवलको ट्राफिक चोकमा विरोध प्रर्दशन तथा कोणसभा गरेको छ ।

    Advertisement

    कोणसभामा बोल्ने नेताहरुले बहुमतको दम्भमा सरकारले एकलौटी रुपमा गलत निर्णयहरु गरिरहेको भन्दै ती कदम तत्काल नसच्याए आन्दोलनलाई अझ कडा पारिने चेतावनी समेत दिएका छन् । कार्यक्रममा बोल्दै काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले कसैको पनि इतिहास मेटाउने अधिकार सरकारलाई नभएको भन्दै तत्काल निर्णय सच्चाउन माग गरे ।

    दश वर्षसम्म हतियार बोकेर जंगलमा बसेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याई शान्ति सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने गिरिजाप्रसाद र वर्तमान संविधान निर्माण गर्न विशेष योगदान गर्ने सुशील कोइराला नेपाली काँग्रेसका मात्रै नेता नभई देशकै गौरवशाली नेता भएको सभापति रज्जाकले बताए ।

    उनले सरकारले देशकै गौरवशाली नेताहरुको योगदानको अवमूल्यन गरे गाउँ गाउँबाट हजारौं जनता सडकमा ओर्लिने चेतावनी समेत दिए । काँग्रेससँग जोरी खोज्नेहरु चुरचुर हुने दावी गर्दै सभापति रज्जाकले वर्तमान सरकार पनि समाप्तीको बाटोतिर गइरहेको टिप्पणी गरे ।

    कार्यक्रममा नेताहरु रामकृष्ण खाँण, विष्णु पोख्रेल, रामप्रसाद अधिकारी लगायतले बोल्दै गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पतालका सम्बन्धमा गरेको निर्णयबाट सरकार पछाडी नहने सम्म काँग्रेसको आन्दोलन नरोकिने बताए ।

    सभामा बोल्ने नेताहरुले प्रतिपक्ष दलको नेताबिनै संवैधानिक आयोगहरुमा अध्यक्ष नियुक्त गरेर सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै आपत्ति जनाए । डा.गोविन्द केसीले उठाएका मागहरु आम जनताको पक्षमा रहेकाले तत्काल तीनको सम्बोधन गरी डा.केसीको जीवन रक्षाको माग पनि गरेका छन् । भेला अघि नेता कार्यकर्ताले बुटवलको महेन्द्रपार्कबाट ट्राफिक चोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै रयाली निकालेका थिए ।

    सरकारले केही दिन अघि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्र बाहेक देशका अन्य ९ वटा अस्पतालाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको थियो ।

    काँग्रेसका नेतासँग नाम जोडिएकै कारण महत्वपूर्ण र ठुला अस्पताल भएपनि सरकारले ती दुई अस्पतालाई संघ मातहत नराख्ने निर्णय गरेको भन्दै नेपाली काँग्रेसले निर्णय सच्याउन माग गर्दै संघीय संसद समेत अवरुद्ध गर्दै आएको छ । बहुमतको दम्भमा सरकारले लोकतान्त्रिक पद्दति मूल्य र मान्यता विपरितका कामहरु गरेको भन्दै रुपन्देही काँग्रेस र उसका भातृ संगठनले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेका छन् ।

    शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना
    प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार
    गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी
    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने
    प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    लोकप्रिय

    • १.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • २.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    • ५.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव

    • ६.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    भर्खरै

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

    • ३.
      झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

    • ४.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    • ५.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • ६.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ७.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ८.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation