परासी- पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन। सरावलको वडा नम्बर ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ।
वर्षात्मा खोला तर्दा जोखिम हुन्छ। सो खोला तर्ने क्रममा बाढीले बगाउँदा २ जनाको ज्यान गइसकेको छ।
सं २०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदेयश त्रिपाठीले उक्त पुलको शिलान्यास गरेका थिए।
ठेकेदारको लापरबाहीले पुल निर्माणमा ढिलाइ भइरहेको सरावल–७ का वडाध्यक्ष ह्रयात खाँ बताउँछन्। उनले भने, ‘ठेकदारले बीचमै काम छाडेर गएको छ, हामीले पुल निर्माणका लागि पटक-पटक पहल गर्दै आएका छौँ। ठेकेदारले बेवास्ता गर्दै आएको छ।’
कूल ३ करोड ६६ लाख रुपैयाँको लागतमा बन्ने उक्त पुलको अहिलेसम्म चार पिल्लर मात्र ठड्याइएको छ।
Advertisement