• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

नेपाल -भारत सीमामा बन्ने भो ‘सुख्खा बन्दरगाह’ :भारतीय गृहमन्त्रीले शिलन्यास गर्ने


  •   मङ्गलबार, माघ ०१, २०७५ मा प्रकाशित
  • महेन्द्र सिंह,बांके
    नेपालगन्ज नाकाका लागि अत्यन्तै महत्वपूर्ण मानिएको भारतसँगको सीमावर्ती क्षेत्रमा प्रस्तावित एकीकृत सुरक्षा चेकजाँच चौकी (आइसीपी) निर्माण कार्य औपचारिक रुपमै सुरु हुने भएको छ ।

    Advertisement

    आज सोमबार एक भव्य समारोह बीच भारत सरकार प्रभावशाली प्रतिनिधि, केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आइसीपीको औपचारिक शिलान्यास गर्ने भएका हुन् ।

    झण्डै डेढ दशकदेखि वीरगन्ज र नेपालगन्जमा सुख्खा बन्दरगाहका रुपमा आइसीपी निर्माणको कुरा चल्दै आएपनि नेपालगन्जमा काम प्रभावकारी रुपले सुरु हुन सकेको थिएन ।

    वीरगन्जमा केही समयअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेसँगै सुख्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ ।

    नेपालगन्ज नाकाको रुपैडिहा नजिकै प्रस्तावित निर्माण स्थलमा भने गतबर्षदेखि पहिलो चरणको काम सुरु भएको थियो । सम्बद्ध स्रोतका अनुसार, पौने तीन करोड भारतीय रुपैयाँ बजेटमा जमिन सम्याउने र तारबार लगाउने काम मात्र पूरा भएपछि औपचारिक काम शुभारम्भ गर्न केन्द्रीय गृहमन्त्री सिंह आउन लागेका हुन् ।

    ५५ हेक्टर क्षेत्रफलको सुख्खा बन्दरगाह भित्र ६ लेनको अत्याधुनिक सडकदेखि आयात निर्यातका लागि सबै सुविधा उपलब्ध हुनेछ ।

    भारततर्फको निर्माण सुरु भए लगत्तै नेपाल तर्फ पनि आइसीपीको काम सुरु हुने विश्वास गरिएको छ । ‘नेपालगन्ज नाकाका लागि यो असाध्यै सुखद् कुरा हो’, बर्षौदेखि सुख्खा बन्दरगाह निर्माणको मागलाई महत्व दिंदै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘भारततर्फको शिलान्याससँगै नेपाल तर्फपनि काम अगाडि बढाउनु पर्छ भन्ने मागलाई हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।’

    भारतीय सञ्चारकर्मी सुरेन्द्र मधेशियाका अनुसार, आइसीपीका लागि केन्द्रीय गृहमन्त्री राजनाथ सिंह आज शिलान्याससँगै २ सय करोड भारतीय रुपैयाँ बजेट घोषणा गर्ने अनुमान छ ।

    ‘भारत सरकारले नेपालगन्ज नाकाको आइसीपीलाई प्राथमिकतामा राखेर अगाडि बढाउने संकेत दिएको छ’, पत्रकार मधेशियाले भने । त्यसका लागि भारत सरकारले राइट्स कम्पनीलाई निर्माणको जिम्मा पनि लगाइसकेको छ ।

    भारत तर्फ पूर्वाधार निर्माणको आधारभूमि तय गरिसकिएपनि नेपाल तर्फ भने जग्गा अधिग्रहण गर्ने बाहेकका कुनै काम अगाडि बढेका छैनन् । एक दशकदेखि अलपत्र निर्माण कार्य भारत सरकारले आफ्नो तर्फ अगाडि बढाइरहँदा अधिग्रहण गरेको ९० विगाह क्षेत्रफलको जग्गा चौरमा परिणत भएको छ ।

    जयसपुरमा अधिग्रहण गरिएको जग्गामा सम्पूर्ण पूर्वाधार भारत सरकारले आफ्नै खर्चमा निर्माण गरिदिने प्रतिबद्धता अनुसार ठेक्का समेत गरेको समाचार प्रकाशमा आएपनि काम अगाडि बढ्न सकेको छैन । नेपाल सरकारले आफ्नो काम पूरा गरेर भारतीय प्रतिबद्धता कार्यान्वयनको पर्खाइमा बसेको एक दशक भैसकेको छ ।

    सुख्खा बन्दरगाहका रुपमा मानिएको आइसीपी निर्माण भएपछि भारतबाट आयात हुने सामान सजिलो र सहुलियतमा नेपालगन्जसम्म आइपुग्ने छ । त्यसका लागि फोरलेन सडक र ब्रोडगेज रेल्वे लाइन आइसीपीसम्म निर्माण हुनेछ ।

    सुख्खा बन्दरगाहपछि कार्गोको सहज निकासदेखि चेकजाँचका नाममा हप्तौं हुने झन्झट मुक्त हुने विश्वासका साथ निजी क्षेत्रले निर्माण कार्य सुरु गर्ने दबाब दिंदै आएको हो ।

    आज शिलान्यास गरिने आइसीपीका लागि केन्द्रीय गृहमन्त्री सिंहसँगै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित उच्च अधिकारी, राजनीतिक शिर्षस्थ व्यक्तित्व रुपैडिहा आउँदैछन् ।

    त्यसका लागि सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्बद्ध स्रोतका अनुसार, भारत उत्तरप्रदेश बहराइचका डिएम माला श्रीवास्तव, प्रहरी प्रमुख आशिष श्रीवास्तव लगायतका वरिष्ठ सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रको जायजा लिनुका साथै समकक्षी नेपाली सुरक्षा अधिकारीहरुसँग सुरक्षा सतर्कता गरेका छन् ।

    ‘उच्च लेबलको भ्रमण भएकाले स्वभाविक रुपमा सीमामा सुरक्षा सतर्कतालाई उच्च बनाइएको छ’, सशस्त्र प्रहरी बल नेपाल गण हे. क्वाटर ३० नम्बर सशस्त्र प्रहरी प्रमुख एसपी भेष शाहाले जानकारी दिनुभएको छ ।

    मङ्गलबार, माघ ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने
    गुल्मीमा एलपी ग्यासको अभाव

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation