• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

”मर्न परे हामी तयार छौँ, तर जनताको सेवा गर्न छाडिने छैन्’ ः नगरप्रमुख रोकाय


  •   बुधबार, पुष २५, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷ प्युठान।
    मंगलबार विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले भष्ट्राचार लगाएतको विभिन्न आरोप लगाउदै जिल्लाको स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकाय माथि प्रज्वलनशिल पदार्थ मोबिल छर्कने प्रयास गरेपछि घटनाको निन्दा गर्दै पत्रकार सम्मेलन गरिएको छ । बुधवार भिग्रीमा नगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रोकाले नेकपा(विप्लप) ले लगाएको आरोप झुटा भएको जिकिर गर्दैै आफू माथी लागेको आरोपको पुष्ट्रि गर्न चुनौती दिएका छन् ।
    ३९ वर्ष देखि सामाजिक सेवामा समर्पित रहेको बताउदै नगरप्रमुख रोकायले भने,–‘ मर्न परे हामी मर्न तयार छौँ, तर जनताको सेवा गर्न छाडिने छैन् । ’ जनताले सबै जिम्मेवारी दिएर निर्वाचनमा सफल बनाएका छन् । उनले भने,–‘ मेरो ईमान्दारितालाई कहिले चुक्न दिदैन् । ’ विप्लपले देखाएको गल्ती सत्य छैन् । उनले भने,–‘गल्ती प्रमाणित हुन्छ भने कार्वाही भोग्न तयार छु । ’
    मंगलबार बिप्लव नेतृत्वको नेकपाले स्वर्गद्धारी नगरप्रमुखलाई कारबाही किन शीर्षक दिएर बिज्ञप्ती निकालेको थियो । जिल्ला सेक्रेटरीको दस्तखत नै नभएको ६ बुंदे बिज्ञप्तीमा भष्ट्राचार गरेको,जनता माथि कर थोपरेको,उपोभोक्ता समितीमा पार्टी नेता कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते बिल भरपाई मिलाई रकम अनियमितता गरेको आरोप लगाईएको थियो ।
    कमिसनको भरमा प्राकृतिक श्रोतको दोहन गरिएको,कर्मचारी पदपुर्र्तीमा बिज्ञापन गरेको देखाईएपनी आफू निकट उम्मेद्धवारलाई नियुक्ती दिएको आरोप नगरप्रमुख रोकामाथी लगाईएको छ। नगरप्रमुख रोकायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्र्टीले विज्ञप्ती जारी गर्दै कारवाहीको चेतावनी दिएका थिए । स्थानीय तह चुनावमा रोकाय तत्कालिन एमालेबाट नगरप्रमुखमा निर्वाचित भएका थिए।

    Advertisement

    घटनाको सर्वत्र विरोध

    भिङ्रीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्वर्गद्धारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकाय।

    स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायमाथी भएको घट्नाको सर्वत्र विरोध भएको छ । नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) रुपन्देही लगायत प्युठानबाट निर्वाचित प्रदेश सभा सदस्य हरि प्रसाद रिजाल र कृष्णध्वज खडकाले बिज्ञपति मार्फत समेतआक्रमणको भर्सना गरे। उनिहरुले राजनितिक पार्टिले राजनितिक व्यवहार देखाउनुपर्ने भन्दै बिज्ञपति मार्फत अराजक प्रबृती सच्चाउन आग्रह समेत गरे। मेयर माथी आक्रमण गर्ने समुहलाई पक्राउ गरि कारबाही गर्न उनिहरुको माग छ।त्यस्तै नेकपा ऐरावती गाउपालिका कमिटिले समेत स्वर्गद्धारी घट्नाको निन्दा गरेको छ। नेकपा ऐरावतीका अध्यक्ष बुद्ध बहादुर बस्नेत र सचिब श्यामबहादुर थापाद्धारा हस्ताक्षरित बिज्ञपति निकाल्दै बिरोध जनाएका हुन।
    यसै घटनालाई लिएर भोलि विहिवार नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य मणी थापाको उपस्थितीमा भिग्रीमा बिरोध यार्ली कार्यक्रम गरिने समेत बताईएको छ।
    कसरी भयो आक्रमण?
    विद्रोहको बाटो रोज्ने धम्की दिँदै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले दिउँदै नगरपालिकाका मेयरलाई कार्यकक्षमै प्रज्वलनशील पदार्थ खन्याएको छ ।

    मेयर रोका नगरपालिकामा योजनाबारे छलफल गरिरहेका बेला योजना शाखाको कार्यकक्षमै पुगेर मोबिल दल्ने प्रयास गरेको मेयर रोकाले बताए । विप्लवका कार्यकर्ताले बोमिल दल्ने प्रयास गर्दा आफ्नो कपडामा मात्रै लागेको रोकाको भनाई छ ।

    ‘हामी योजना शाखामा योजनाबारे छलफल गर्दै थियौं’ मेयर रोकाले भने, ‘३ जनाको समुहमा आएकाहरुले ‘सबै कब्जामा छौं चुप लाग’ भन्दै ममाथी मोबिल खन्याए ।’

    सोमबार दिउँसो दुई बजे ३ जनाको समुहमा रहेका उनीहरुले मेयरमाथी मोबिल खन्याएर फोटोसमेत खिचेर भागेको मेयर रोकायले बताए ।

    बुधबार, पुष २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...