• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

लोकप्रिय समाचार

  • १. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • २. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ३. प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

  • ४. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ५. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ६. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ७. गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

  • ८. बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

  • ९. गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

  • १०. झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

प्रदेश नं ५ का सभामुख घर्तीले भने-‘राजनीतिक सहमतिका आधारमा राजधानी टुङ्गाईनुपर्छ’


  •   मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
  • रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा सभामुख घर्तीले प्रदेशको राजधानी प्रदेशका सबै जनताको भावना बुझेर तय गर्नुपर्ने बताउनुभयो ।

    प्रतिपक्ष दलको विरोध र सत्ता पक्षकै सांसदले गुनासो गरेको कारण स्थायी राजधानी र नामाकरण गर्न विशेष समिति बनाइएको बताउँदै प्रदेशका सबै सांसदले आफ्नो तहभन्दा माथि उठेर सहमति जुटाउनुपर्ने बताउनुभयो । “बाँके, बर्दियाजस्ता जिल्लासमेत समेट्ने गरी स्थानको टुङ्गो लगाउनुपर्छ” उहाँले भन्नुभयो, “कुन सांसदको घर कहाँ छ भन्ने आधारमा राजधानी तोक्ने विषय होइन ।”

    कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्मा पोखरेलले प्रदेश राजधानी रुपन्देही र नामाकरण लुम्बिनी गर्दा उपयुक्त हुने धारणा राख्नुभयो । राजधानी तोक्ने विषयमा अनावश्यक ढिलाइ भएको भन्दै उहाँले रुपन्देही राजधानी तोक्ने विषयमा सबैको सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । दुई तिहाइ बहुमतबाट भए पनि राजधानीको विषय टुङ्ग्याउनुपर्ने भन्दै नेता पोखरेलले यसमा जिम्मेवार दलका नेता लाग्नुपर्ने बताउनुभयो ।

    सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले प्रदेशको स्थायी राजधानी रुपन्देहीभन्दा अन्य विकल्प नभएको बताउनुभयो । राजधानी तोक्न ढिलाइ हुँदा अन्तर्राष्ट्रिय समुदायले समेत चासो दिएको भन्दै उहाँले रुपन्देही राजधानी र प्रदेशको नामाकरण लुम्बिनी उपयुक्त हुने पार्टीको धारण रहेको बताउनुभयो । गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट नेपाल विश्वसामु चिनिएकाले लुम्बिनी प्रदेश नै उपयुक्त हुन्छ उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारका हिसाबले स्थायी राजधानी रुपन्देहीको विकल्प छैन ।”

    मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना
    प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार
    गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी
    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने
    प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    लोकप्रिय

    • १.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • २.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ३.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट

    • ४.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    • ५.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव

    • ६.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    भर्खरै

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

    • ३.
      झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

    • ४.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    • ५.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • ६.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ७.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ८.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation