सागर रिजाल,प्युठान ।
प्युठान नगरपालिका-२ क्वाडीमा रहेको साझा स्टेसनरीमा आगलागी भएको छ । मंगलबार बिहान ५:३० बजे बिधुत सर्ट भई स्टेसनरीमा आगलागी भएको सन्चालक दिनेश पोख्रेलले बताए ।
आगलागीबाट पुस्तक, कापी, कलम, फोटोकपी मेसिन लगाएतका सामाग्री जलेको उनले बताए । आगलागीबाट १० लाख बराबरको क्षति भएको छ । आगो स्थानीयले निभाएका छन ।
Advertisement