टेक बहादुर पुन,लमही – प्रतिनिधीसभा सदस्य मेटमणी चौधरीले महाधिबेशन बैठक पश्चात् सुकुमबासी समस्या हल हुने बताउनु भएको छ । लमहीको कप्तानगञ्जमा अाईतबार त्रिशक्ती अाधारभुत बिद्यालयको कार्यक्रममा बोल्दै उहाँले ३ महिनापछी जोतभोग गरिरहेका सरकारी जग्गा, गुठी जग्गा र ऐलानी जग्गाको लालपुर्जा सम्बन्धित ब्यक्तिलाई प्रदान गरिने बताउनु भएको हो ।
साथै तराई मधेश कार्यक्रम अन्तर्गत त्रिशक्ती अाधारभुत बिद्यालय कप्तानगञ्जलाई अाबश्यक ५ कोठे भबन निर्माणको लागी ५० लाख बजेट अाउने घोषना गर्नुभयो । शिक्षाको मन्दिर बिद्यालयलाई माथी उकास्ने सोचाईले अाबश्यक बजेट बिनियोजनमा अाफुले भुमिका खेलेको साँसद चौधरीको भनाई छ ।
“सबैले बिद्यालय बनाअौँ, सबै शिक्षित बनौ नेकपाका केन्द्रीय सदश्य समेत चौधरीले भन्नुभयो अनि मात्र देशको बिकाश हुन्छ” ।
तराई मधेश कार्यक्रम अन्तर्गत क्षत्र नम्बर १ मा विभिन्न स्थानमा गरि करिब ४ करोड बराबरको बजेट बिनियोजन भएको छ । उहाँ नेकपाबाट दाङ क्षेेेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा बिजयी हुनुभएको हो।
नेकपाबाट कार्यक्रम त्रिशक्ती अाधारभुत बिद्यालय ब्यबस्थापन समिति कप्तानगञ्जका अध्यक्ष खेम बहादुर घर्तीको अध्यक्षतामा भएको थियो ।।
३ महिनामा सुकुमबासी समस्या अन्त्य – साँसद चौधरी
३ महिनामा सुकुमबासी समस्या अन्त्य – साँसद चौधरी

Advertisement
तपाईको प्रतिक्रिया