पक्राउ सागर थापा/महेन्द्र सिंह
वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालबाट भारततर्फ अवैध रुपमा निकासी गर्दै गरेको अवस्थामा ठुलो मात्रामा कालोमरिच बरामद गरेको छ ।
भन्सार छली गरी हुने कारोबार नियन्त्रणका लागि कारवाही तिव्र पारेको वडा प्रहरी कार्यालय नेपालगन्जले बिहिवार राती जमुनाह गाउँ पछाडीबाट ठुलो मात्रामा कालोमरिच बरामद गरेको हो ।
चोरी निकासी गरेर भारततर्फ लैजाने उद्वेश्यले खाली जमिनमा लुकाईराखेको अवस्थामा मरिच बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले जानकारी दिए ।
भन्सार तिरेर पनी मरिच अन्य मुलुकहरुमा निकासी गर्न सरकारले प्रतिबन्ध लगाएको छ । उनका अनुसार बरामद मरिच एक हजार दुई सय ५ केजि परिणामको रहेको छ ।
उक्त मरिचको बजार मुल्य चार लाख ८२ हजार बराबरको रहेको छ । भारतीय बजारमा काली मरिच धेरै मुल्यमा बिक्री हुने भएकाले नेपालबाट भारतीय बजारमा तस्करी बढेको हो ।
यसैबिच सोही ठाउँबाट प्रहरीले लेडिज फाउण्डेशन क्रिम छ पेटी बरामद गरेको छ । यसको बजार मुल्य एक लाख ६८ हजार बराबरको रहेको बताइएको छ ।
बरामद गरिएका मरिच, पेटी र फाउण्डेशन क्रिमलाई आवश्यक कारबाहीका लागि प्रहरीले भन्सारमा बुझाएको छ । प्रहरी निरिक्षक डाँगीका अनुसार अवैध चोरी निकासी नियन्त्रण गर्नका लागि गस्तिटोली परिचालन गरिएको बताए ।
वडा प्रहरी कार्यालयले बिहिवार नै भारतबाट अवैधरुपमा नेपाल भित्रा्ईएको पर्दा, काँचो कपडा, लेडिज सुट समेत बरामद गरेको छ ।