माधव बेल्वासे
कपिलवस्तु (चन्द्रौटा)
रोट्रक्याट क्लव अफ वुद्धभुमीले अग्नी पिडितलाई सहयोग गरेको छ ।वुद्धभुमी नगरपालिका ३ वोक्टापुरमा वस्ने धनवहादुर पुनको घरमा भएको आगलागीले धनजनको क्षती भएको थियो । क्लवले सनिवार एक कार्यक्रमको आयोजना गरी पिडित पुनलाई सिरक दुइ थान ,डोसना २ थान,सिरानी ४ थान, खोल २ थान,फम २ थान,तन्ना २ थान,कपि कलम आधा आधा दर्जन ड्रेस एक जोर,झोला एक थान सहयोग गरेको क्लवका अध्यक्ष प्रदिप खनालले वताए ।
विगत लामो समयदेखी मानसिक रोगले पिडित रहेका पुनलाई सहयोगले अतिआवश्यक कुराहरु पुरा होउन भन्ने उद्देश्यले सहयोग गरेको खनालले जनाए । रोटरी क्लव अफ कपिलवस्तुका सेक्रटरी कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यतामा वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यको विशिष्ट आतिथ्यतामा सो सहयोग प्रदान गरिएको छ ।
Advertisement