• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल


  •   मङ्गलबार, मङि्सर १८, २०७५ मा प्रकाशित
  • दाङ-चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ ।
    अहिले ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक २०० देखि ३०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकारी दिनुभयो ।

    Advertisement

    साढे पाँच बिघा क्षेत्रफलमा ताल फैलिएको छ । त्यस वरपर वनजङ्गल रहेको छ । सो तालको गहिराइ ६ फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छ । यहाँ आउने पर्यटक ढुङ्गा चढेर मन्दिरको दर्शन गर्ने गरेका छन् । तालको मुख्य आकर्षण वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हो । तालमा ढुङ्गा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन् । “एउटा मात्र डुङ्गा भएकाले पालो कुनुपर्ने हुन्छ,” चौधरीले भन्नुभयो ।

    तालमा ढुङ्गा चढेर जलविहार गरेमा प्रतिव्यक्ति रु ५० तथा मन्दिर दर्शनका लागि रु २० शुल्क निर्धारण गरिएको छ । जखेरा तालको अवलोकन गर्न कोहपुरबाट आउनुभएकी ४१ वर्षीया कालिका रेग्मीले पहिलो पटक आउँदा निकै आनन्द आएको बताउनुहुन्छ । शिक्षण पेशामा संलग्न रेग्मी आफूले यति ठूलो ताल होला भनेर नसोचेको बताउनुहुन्छ । ताल सफा राख्न स्थानीयवासी जुट्नुपर्ने उहाँको सुझाव छ ।

    तुलसीपुर उपमहानगरपालिका–१० पशुपति माध्यामिक विद्यालयबाट शैक्षिक भ्रमणमा विद्यार्थीसहित पुग्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीले विद्यार्थीको जखेरा ताल अवलोकन गर्ने पहिलो रोजाइ भएको बताउनुभयो । “एक हप्ताको शैक्षिक भ्रमणका लागि हिँडेका हाैं, विद्यार्थीले जखेरा तालबाट शुरुआत गर्नुपर्छ भन्न थाले त्यसैले यहाँ आएका हौँ”, उहाँले भन्नुभयो ।

    तालको संरक्षण संवद्र्धन गर्नसके दाङको देउखुरी क्षेत्रको मुहार नै फेरिने रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “ताल त धेरै लोभ लाग्दो रहेछ । तालको छेउमा जाली, पर्यटकका लागि आवश्यक शौचालय तथा फोहरको उचित व्यवस्थापन गर्नु जरुरी छ ।” जखेरा ताल संरक्षण समितिका उपाध्यक्ष रामसिंह केसीले तालको संरक्षणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित रहेको बताउनुभयो ।

    विगतका वर्षमा ताल जलकुम्भी झार र माटोले पुरिएको थियो । जिल्ला भू–संरक्षण कार्यालय, कृषि विकासलगायतका कार्यालय, संरक्षण समिति तथा स्थानीयवासीको सहयोगले तालको संरक्षण गर्न सकिएको केसीले बताउनुभयो । ताल अवलोकन गर्न आउनेका लागि आवश्यकपर्ने शौचालय, खानेपानीको उचित व्यवस्था, फोहर व्यवस्थापन, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्नका लागि ढुङ्गाको पर्याप्त व्यवस्था हुन नसक्नु यहाँको समस्या रहेको उहाँको भनाइ छ । तालसम्मको करीब डेढ किलोमिटर सडक कालोपत्र नहुँदा समस्या भएको छ ।

    “तालको विकासका लागि लमही नगरपालिकाले गुरुयोजना बनाएको छ,” उहाँले भन्नुभयो । तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका–३ का स्वं दिपु चौधरीको नेतृत्वमा सोनपुर, टीकुलीगढ, फल्कापुर र श्री गाउँका स्थानीयवासी मिलेर खेर गइराखेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी चुरे पहाडको फेदमा खाडल खनी ताल बनाइएको थियो ।

    मङ्गलबार, मङि्सर १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation