• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

किन बस्न सकेन नेकपामा सचिवालय बैठक ?


  •   बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित
  • बुधबार, मंसिर १२, २०७५

    Advertisement

    काठमाडौं । सत्तारूढ नेकपामा पार्टी बैठक नियमित बोलाउन नेताहरूले दबाब बढाए पनि अझै बैठक बस्न सकेको छैन। केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डामा अड्किएको सचिवालय बैठक पार्टी अध्यक्षले गृहकार्य गर्न नभ्याएको भन्दै दुई दिनयता लगातार स्थगित भएका छन्।

    मंसिर ८ मा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनको गृहकार्य गर्न दुई अध्यक्ष (प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल)लाई एक दिनको समय दिएका थिए। मंसिर ९ मा दुई अध्यक्षले मापदण्ड निर्धारण गरी केन्द्रीय सदस्यको कार्यविभाजनको गृहकार्य गर्ने र मंसिर १० को सचिवालयले कार्यविभाजन प्रस्ताव टुंगो लगाई जनवर्गीय संगठनको एकीकरण प्रस्तावमा छलफल गर्ने कार्यसूची निर्धारण भएको थियो। तर अझै त्यसपछि सचिवालय बैठक बस्न सकेको छैन। सोमबार र मंगलबार दुवै दिन बैठक बोलाउँदै अन्तिम समयमा स्थगन गरिएको थियो। बुधबार दिउँसो पुनः बैठक बस्ने सचिवालय सदस्यलाई जानकारी गराइएको छ।

    ‘अध्यक्षद्वयले कार्यव्यवस्तता बढेको र गृहकार्य नपुगेको भन्दै दुई दिनयता लगातार बैठक स्थगन गरिरहनुभएको छ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनालले अन्नपूर्णसँग भने, ‘अब बुधबारको बैठक पनि बस्ने÷नबस्ने थाहा छैन।’

    जेठ ३ मा तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भए पनि पार्टीका प्रदेशदेखि तल्लो तह र जनवर्गीय संगठनहरूको एकता प्रक्रिया टुंगिएको छैन। तल्ला कमिटी र जनवर्गीय संगठनमा अझै नेकपाका पूर्व दुवै घटकका आआफ्नै पार्टी संरचना छन्। प्रदेश कमिटी एकताको प्रस्ताव सचिवालयले टुंगो लगाए पनि स्थायी समिति बैठकबाट अन्तिम निर्णय भई कार्यान्वयनमा जान बाँकी छ। केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, केन्द्रीय विभाग र सल्लाहकार समिति गठन, जनवर्गीय संगठनहरूको एकता, सरकारको समीक्षालगायत विषय सचिवालय बैठकका एजेन्डा छन्।

    पार्टी बैठक नबस्ने, सरकार–पार्टीबीच सम्बन्ध टुट्ने र सरकारदेखि पार्टीसम्म पनि नेतृत्वले स्वेच्छाचारी ढंगले निर्णय लिन थालेको भन्दै नेकपाभित्र असन्तुष्टि चुलिँदो छ। मंसिर ५ मा मात्रै वरिष्ठ नेता माधव नेपाल पक्षका २१ केन्द्रीय सदस्यले पार्टीको सुझाव लिएर सरकारले निर्णय लिन र विधि पद्धति बनाएर पार्टी निर्णय गर्न माग गर्दै महासचिवमार्फत अध्यक्षद्वयलाई ६ बुँदे ज्ञापान बुझाएका थिए।

    केन्द्रीय सदस्य डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरेलगायत नेताले सचिवालयलाई सर्वाेसर्वा नबनाउन, महत्वपूर्ण राजनीतिक निर्णय स्थायी समिति बैठकबाट गर्न र तत्काल केन्द्रीय समितिसम्मको बैठक बोलाउन माग गर्दै आएका थिए। उनीहरूले मंगलबार मात्रै पनि अध्यक्ष पुष्पकमल दाहाललाई भेटी दबाब बढाएका थिए। यसअघि महासचिव विष्णु पौडेलमार्फत दुई अध्यक्षलाई ज्ञापनपत्र पनि बुझाएका थिए।

    आफ्नै निवास खुमलटारमा असन्तुष्टिसहित पुगेको केन्द्रीय सदस्यलाई दाहालले भने सचिवालय बैठकमा तिनै एजेन्डामा केन्द्रित रहेर गम्भीर छलफल गर्ने आश्वासन दिएर फर्काएका थिए।

    अर्का केन्द्रीय सदस्य डा. विजय पौडेलले सरकारले गरेको नियुक्ति, राजदूतको सिफारिसलगायतका विषयमा पार्टीसँग सरकारले कुनै छलफल नगरेको, सरकारको काम पनि प्रभावकारी नदेखिएको विषयमा पार्टीभित्र गम्भीर छलफलको मागसहित आफूहरू शीर्ष नेतालाई भेट्न पुगेको बताए।

    असन्तुष्ट समूहले सचिवालयका अन्य नेतासँग पनि भेटेर दबाब बढाउने तयारी गरेको छ। ‘हामी अन्य नेतासँग पनि छलफल गर्न खोज्दै छौं। समय मिलाउँदै छौं,’ खतिवडाले भने, ‘अध्यक्ष दाहालसँग प्रारम्भिक सुरुवात हो।’

    नेकपामा २१ असारयता स्थायी समिति बैठक बस्न सकेको छैन। अन्नपूर्णपोष्टबाट

    बुधबार, मङि्सर १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation