सागर रिजाल
प्युठान,९ मंसिर ।
प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भएको छ । विहीबारबाट जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतकाबजार इलाकाको अधिवेशन शुरु भएको हो ।मंसिर २९ गते हुने संघको दशौं जिल्ला अधिवेशनका लागि बस्तुगत र एसोसियट सदस्य निर्वाचित भइसकेका छन् । बुधबार भएको निर्वाचनमा बस्तुगत सदस्यमा हार्डवेयर व्यवसायी संघका सुर्यचन्द्र खनाल र सगरमाथा पञ्चरत्न ग्रुप प्रालीबाट एसोसियट सदस्यमा झविन्द्र शर्मा निर्वाचित भएका हुन् ।
मच्छी बजार इलाकाको अधिवेशनबाट शुरु भएको बजार इलाकाको अधिवेशन १७ गते सकिने प्युठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिए । शनिवार सम्म झिमरुक र भित्रीकोट बजार ईलाकाको अधिबेशन सम्पन्न भएको हो। झिमरुक बजार क्षेत्रमा धर्म बहादुर जिसी र भित्रीकोट बजार ईलाकामा मधुसुदन शर्मा नेतृत्वको बामपन्थी विचारमा आस्था राख्ने व्यवसायीहरूको प्यानलै विजयी भएको छ । भित्रीकोट बजार इलाकामा काङ्ग्रेस निकट प्यानलका लक्ष्मी केसी सदस्यमा बिजयी भएकी हुन।भने जिल्लाका अन्य बजार ईलाकामा पनि
चुनावको तयारी स्वरुप व्यवसायीले प्यानल बनाउन शुरु गरिसकेका छन् । संयुक्त व्यावसायिक प्यानलका तर्फबाट उम्मेदवार टुंगो लगाएको छ । संयुक्त प्यानलबाट अध्यक्ष केदारमान कक्षपति, बरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर खत्री (प्रभात), प्रथम उपाध्यक्ष दुर्गा भुसाल, द्धित्तिय उपाध्य मुक्ति पोख्रेल, महासचिव कृष्णभक्त गिरी, उपमहासचिव पदम खड्काको उम्मेदवारी रहेको छ ।
ब्याबसायीलाई चुनावको चटारो!झिमरुक र भित्रीकोटमा सकियो अधिबेशन
ब्याबसायीलाई चुनावको चटारो!झिमरुक र भित्रीकोटमा सकियो अधिबेशन

Advertisement
तपाईको प्रतिक्रिया