• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, कार्तिक ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

लोकप्रिय समाचार

  • १. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • २. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ३. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ४. गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

  • ५. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ६. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ७. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • ८. कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

  • ९. जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

  • १०. गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

विधान मिच्दै देउवा, कङ्ग्रेस भित्र चर्को असन्तुष्टि


  •   मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
  • काठमाडौं : कांग्रेस विधानले पार्टी उपसभापति विजयकुमार गच्छदारलाई चिन्दैन । विधानमा एकजनामात्रै उपसभापति रहने व्यवस्था छ । यो पदमा विमलेन्द्र निधि पहिल्यै मनोनीत भइसकेका थिए । सभापति शेरबहादुर देउवाकै प्रस्तावमा केन्द्रीय कार्यसमितिले त्यसलाई अनुमोदन गरिसकेको थियो । तर, देउवाले विधानमै नभएको पदमा कात्तिक २० गते गच्छदारलाई मनोनीत गरे ।
    देउवाले गच्छदारलाई राजनीतिक निर्णयका आधारमा उपसभापति बनाइएको बताएका छन् । जब कि, विधानले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मात्रै पदाधिकारी बनाउन पाइने व्यवस्था गरेको छ । एउटा मात्रै उपसभापति त्यसमा पनि निर्वाचित केन्द्रीय सदस्यबाट मात्रै प्रस्ताव गर्नुपर्ने विधानको बाध्यात्मक व्यवस्थाकै कारण गच्छदार १३ महिनासम्म आमन्त्रित सदस्यकै हैसियतमा थिए । विधानको अप्ठ्यारो फुकाउने निकाय महासमिति थियो । महासमिति बैठक ढिलाइ हुँदै जान थालेपछि देउवाले केन्द्रीय कार्यसमिति बैठकबाटै राजनीतिक निर्णय भन्दै गच्छदारलाई उपसभापति बनाए ।
    बाधा अडकाउ फुकाउने व्यवस्था भने विधानमा थियो । विधानको दफा ५० मा ‘यो विधान कार्यान्वयन गर्न कुनै बाधा अडकाउ परेमा त्यस्तो बाधा अडकाउ फुकाउने अधिकार केन्द्रीय कार्यसमितिलाई हुनेछ । तर, त्यस्तो विषयमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय पछि हुने महासमिति वा महाधिवेशनसमक्ष राखिनेछ’ भन्ने उल्लेख छ । सभापति देउवाले यो दफा प्रयोग गरी प्रक्रियासम्मत रूपमै गच्छदारलाई उपसभापति बनाउन सक्थे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भनाइ यही थियो । तर, देउवाले त्यसो गरेनन् ।
    कांग्रेस नेता अर्जुननरसिंह केसी देउवाले जबर्जस्ती प्रक्रिया मिच्नुका पछि उनका केही अन्तर्निहित उद्देश्य रहेको बताउँछन् । ‘मैले चाहेकै कुरा हुन्छ भन्ने सन्देश दिन यस्तो गरियो,’ उनी भन्छन्, ‘विधान र प्रक्रियाविपरीत गर्दा गच्छदारको विरोध हुन्छ र त्यसैको फाइदा १४ औं महाधिवेशनमा लिन सकिन्छ भनेर नै जानजान यस्तो गरिएको हो ।’ पार्टीका अर्का नेता रामशरण महत पनि गच्छदारलाई उपसभापति बनाउनेमा विरोध नभएको तर विधि र प्रक्रियासम्मत मात्रै नभएको बताउँछन् । ‘बाधा अडकाउको व्यवस्था प्रयोग गरेर सम्मानपूर्वक गच्छादारजीलाई पहिल्यै उपसभापति बनाउन सकिन्थ्यो । सभापतिले नै अलमल्याउँदै जाँदा ढिलाइ भएको हो,’ महतले भने ।
    तत्कालीन फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गर्दा गच्छदारलाई उपसभापति बनाउने सहमति थियो । त्यसैअनुसार मनोनीत गरिएकाले यसलाई विधानविपरीत भन्न नमिल्ने सहमहामन्त्री प्रकाशशरण महतको भनाइ छ । ‘कुनै पार्टी कांग्रेसमा एकीकरण हुँदा के गर्ने भन्नेबारे विधानमा लेखिएको हुन्न । त्यतिबेला भएको राजनीतिक निर्णयका आधारमा कार्यान्वयनमा जाने हो,’ उनले भने, ‘उहाँहरू (पौडेल पक्ष) कार्यदलले दिएको सिफारिसका आधारमा गर्नुपर्छ भन्नुहुन्छ । त्यतिबेला गर्दा वैधानिक हुने र अहिले गर्दा अवैधानिक हुने कस्तो मापदण्ड हो ?’
    गच्छदार नियुक्तिअघिदेखि नै सभापति देउवाले एकलौटी र प्रक्रियाविपरीत पार्टी सञ्चालन गर्न खोजेको आरोप संस्थापन इतरपक्षीय नेताहरूको छ । विधानले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका विभाग र समितिहरूलाई पूर्णता दिनुपर्ने व्यवस्था गरेको छ । तर, देउवाले दुई वर्षको कार्यकाल सकिएपछि मात्रै पदाधिकारी मनोनयन गरे । केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन पनि उनलाई दुई वर्ष नै लाग्यो । संसदीय निर्वाचनअघि संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन गरे । पछि विधानविपरीत भन्दै संस्थापन इतर पक्षले आवाज उठाएपछि विघटनसमेत भए । बर्सेनि महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । सभापति देउवाको कार्यकाल तीन वर्ष पुग्न लाग्दा एकपटक पनि महासमिति बसेको छैन ।
    देउवाविरुद्ध गोलबद्ध हुँदै
    सभापतिका विधानविपरीत गतिविधि रोक्न संस्थापन इतरपक्ष गोलबद्ध हुने प्रयासमा छ । विभिन्न उपगुटमा विभाजित संस्थापन इतरपक्षलाई एकजुट बनाउने प्रयासस्वरूप सोमबार पनि सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत र अर्जुननरसिंह केसीको बैठक बसेको थियो ।
    ‘विधान मिच्दै आफ्नो गुट बलियो बनाउने दिशामा सभापति लागिरहेका छन्,’ बैठकमा सहभागी महत भन्छन्, ‘पार्टीको नेतृत्वले नै गुटबन्दीलाई प्रोत्साहित गर्ने र आफ्नो गुट बलियो बनाउन थालेपछि हामीहरू पनि एकजुट भएर अघि बढ्नुपर्छ भन्नेमा लागेका छौं ।’
    १३ औं महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्रीका प्रतिस्पर्धी रहेका केसी अहिले देउवाप्रति सबैभन्दा आक्रोशित छन् । ‘सभापतिमा अहं र दम्भ चुलिँदै गएको छ । यसलाई नरोक्ने हो भने पार्टी बचाउन सकिन्न,’ केसीले कान्तिपुरसँग भने, ‘विशेष राजनीतिक परिस्थिति भनेर केपी ओली र पुष्पकमल दाहाल दुवैलाई प्रधानमन्त्री बनाइए संविधानसम्मत हुन्छ ? त्यस्तो कदमलाई स्वीकार गर्न सकिन्छ ? गच्छरदारको नियुक्ति गर्दा पार्टी नेतृत्वले त्यस्तै रवैया अपनाएको छ ।’
    पार्टीको आसन्न महासमिति बैठक र अन्य फोरमहरूमा देउवाको कार्यशैलीप्रति सामूहिक धारणा बनाउने कोसिसमा पौडेल पक्ष छ । त्यसबारे छलफल गर्न मण्डिखाटारमा ‘लन्च बैठक’ बसेको हो । ‘गलत कार्यशैलीविरुद्ध एकमत बनाएर सुधारका लागि दबाब दिने विषयमै हाम्रो छलफल भयो,’ महतले भने, ‘नेतृत्व स्वेच्छाचारी हुन थालेपछि सामूहिक रूपमा विचार बनाउने र एकताका साथ अघि बढ्ने पहल थालिएको हो ।’
    यता संस्थापन पक्षीय नेताहरू पौडेल समूहकै अवरोधका कारण सभापतिले काम गर्न नसकेको आरोप लगाउँछन् । भागबन्डा मिल्दा विधानको विषय नहुने र नमिल्दा विधानको विषय उठाउने भन्दै उनीहरूले वरिष्ठ नेता पौडेलको भूमिकामाथि नै प्रश्न गर्दै आएका छन् । निर्वाचनअघि संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति भागबन्डा र सहमतिका आधारमा बनेका थिए ।
    १४ सदस्यीय संसदीय समिति हुनुपर्नेमा भागबन्डा मिलाउँदा २२ सदस्यीय बनाउनुपरेको देउवा पक्षको भनाइ छ । २२ मनोनीत र ६ पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बन्नुपर्ने थियो । तीन पदाधिकारी मनोनयन नहुँदै २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बन्यो ।
    यी दुवै समिति विधानविपरीत गठन भएका थिए । ‘चुनावअघि भागबन्डा मिल्दा विरोध निस्केन, तर चुनावपछि मात्रै विधानविपरीत भन्ने उठाइयो,’ सहमहामन्त्री महतले भने, ‘चुनावपछि सभापतिलाई आक्रमण गर्ने राम्रो अवसर हो भनेर विधानको कुरा ल्याइएको हो । यसमा उहाँहरू (पौडेल पक्ष) पनि उत्तिकै जिम्मेवार हुनुुहुन्छ ।’
    उनले सबैलाई मिलाउने प्रयासमै सभापतिले पार्टीका महत्त्वपूर्ण विभाग अझै बनाउन नसकेको पनि बताए । ‘निर्णय गर्न नसक्नुमा सभापतिको पनि कमजोरी छ तर सबैलाई समेट्ने कोसिस गर्नुपर्छ, भएन भने विधानअनुसार बहुमतले निर्णय गर्दै जानुपर्छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन
    कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे प्रस्ताव
    नेकपा बहुमतका शीर्ष युवा नेताहरूद्वारा पार्टी परित्याग
    गढवामा माओवादी नेताको निष्कर्ष : माओवादी र जेनजी आन्दोलनको एजेण्डा समान
    जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम
    कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    लोकप्रिय

    • १.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • २.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ३.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ४.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि

    • ५.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ६.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई

    भर्खरै

    • १.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ३.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ४.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ५.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ६.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • ७.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ८.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation