• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

विधान मिच्दै देउवा, कङ्ग्रेस भित्र चर्को असन्तुष्टि


  •   मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
  • काठमाडौं : कांग्रेस विधानले पार्टी उपसभापति विजयकुमार गच्छदारलाई चिन्दैन । विधानमा एकजनामात्रै उपसभापति रहने व्यवस्था छ । यो पदमा विमलेन्द्र निधि पहिल्यै मनोनीत भइसकेका थिए । सभापति शेरबहादुर देउवाकै प्रस्तावमा केन्द्रीय कार्यसमितिले त्यसलाई अनुमोदन गरिसकेको थियो । तर, देउवाले विधानमै नभएको पदमा कात्तिक २० गते गच्छदारलाई मनोनीत गरे ।
    देउवाले गच्छदारलाई राजनीतिक निर्णयका आधारमा उपसभापति बनाइएको बताएका छन् । जब कि, विधानले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मात्रै पदाधिकारी बनाउन पाइने व्यवस्था गरेको छ । एउटा मात्रै उपसभापति त्यसमा पनि निर्वाचित केन्द्रीय सदस्यबाट मात्रै प्रस्ताव गर्नुपर्ने विधानको बाध्यात्मक व्यवस्थाकै कारण गच्छदार १३ महिनासम्म आमन्त्रित सदस्यकै हैसियतमा थिए । विधानको अप्ठ्यारो फुकाउने निकाय महासमिति थियो । महासमिति बैठक ढिलाइ हुँदै जान थालेपछि देउवाले केन्द्रीय कार्यसमिति बैठकबाटै राजनीतिक निर्णय भन्दै गच्छदारलाई उपसभापति बनाए ।
    बाधा अडकाउ फुकाउने व्यवस्था भने विधानमा थियो । विधानको दफा ५० मा ‘यो विधान कार्यान्वयन गर्न कुनै बाधा अडकाउ परेमा त्यस्तो बाधा अडकाउ फुकाउने अधिकार केन्द्रीय कार्यसमितिलाई हुनेछ । तर, त्यस्तो विषयमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय पछि हुने महासमिति वा महाधिवेशनसमक्ष राखिनेछ’ भन्ने उल्लेख छ । सभापति देउवाले यो दफा प्रयोग गरी प्रक्रियासम्मत रूपमै गच्छदारलाई उपसभापति बनाउन सक्थे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भनाइ यही थियो । तर, देउवाले त्यसो गरेनन् ।
    कांग्रेस नेता अर्जुननरसिंह केसी देउवाले जबर्जस्ती प्रक्रिया मिच्नुका पछि उनका केही अन्तर्निहित उद्देश्य रहेको बताउँछन् । ‘मैले चाहेकै कुरा हुन्छ भन्ने सन्देश दिन यस्तो गरियो,’ उनी भन्छन्, ‘विधान र प्रक्रियाविपरीत गर्दा गच्छदारको विरोध हुन्छ र त्यसैको फाइदा १४ औं महाधिवेशनमा लिन सकिन्छ भनेर नै जानजान यस्तो गरिएको हो ।’ पार्टीका अर्का नेता रामशरण महत पनि गच्छदारलाई उपसभापति बनाउनेमा विरोध नभएको तर विधि र प्रक्रियासम्मत मात्रै नभएको बताउँछन् । ‘बाधा अडकाउको व्यवस्था प्रयोग गरेर सम्मानपूर्वक गच्छादारजीलाई पहिल्यै उपसभापति बनाउन सकिन्थ्यो । सभापतिले नै अलमल्याउँदै जाँदा ढिलाइ भएको हो,’ महतले भने ।
    तत्कालीन फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गर्दा गच्छदारलाई उपसभापति बनाउने सहमति थियो । त्यसैअनुसार मनोनीत गरिएकाले यसलाई विधानविपरीत भन्न नमिल्ने सहमहामन्त्री प्रकाशशरण महतको भनाइ छ । ‘कुनै पार्टी कांग्रेसमा एकीकरण हुँदा के गर्ने भन्नेबारे विधानमा लेखिएको हुन्न । त्यतिबेला भएको राजनीतिक निर्णयका आधारमा कार्यान्वयनमा जाने हो,’ उनले भने, ‘उहाँहरू (पौडेल पक्ष) कार्यदलले दिएको सिफारिसका आधारमा गर्नुपर्छ भन्नुहुन्छ । त्यतिबेला गर्दा वैधानिक हुने र अहिले गर्दा अवैधानिक हुने कस्तो मापदण्ड हो ?’
    गच्छदार नियुक्तिअघिदेखि नै सभापति देउवाले एकलौटी र प्रक्रियाविपरीत पार्टी सञ्चालन गर्न खोजेको आरोप संस्थापन इतरपक्षीय नेताहरूको छ । विधानले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका विभाग र समितिहरूलाई पूर्णता दिनुपर्ने व्यवस्था गरेको छ । तर, देउवाले दुई वर्षको कार्यकाल सकिएपछि मात्रै पदाधिकारी मनोनयन गरे । केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन पनि उनलाई दुई वर्ष नै लाग्यो । संसदीय निर्वाचनअघि संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन गरे । पछि विधानविपरीत भन्दै संस्थापन इतर पक्षले आवाज उठाएपछि विघटनसमेत भए । बर्सेनि महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । सभापति देउवाको कार्यकाल तीन वर्ष पुग्न लाग्दा एकपटक पनि महासमिति बसेको छैन ।
    देउवाविरुद्ध गोलबद्ध हुँदै
    सभापतिका विधानविपरीत गतिविधि रोक्न संस्थापन इतरपक्ष गोलबद्ध हुने प्रयासमा छ । विभिन्न उपगुटमा विभाजित संस्थापन इतरपक्षलाई एकजुट बनाउने प्रयासस्वरूप सोमबार पनि सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत र अर्जुननरसिंह केसीको बैठक बसेको थियो ।
    ‘विधान मिच्दै आफ्नो गुट बलियो बनाउने दिशामा सभापति लागिरहेका छन्,’ बैठकमा सहभागी महत भन्छन्, ‘पार्टीको नेतृत्वले नै गुटबन्दीलाई प्रोत्साहित गर्ने र आफ्नो गुट बलियो बनाउन थालेपछि हामीहरू पनि एकजुट भएर अघि बढ्नुपर्छ भन्नेमा लागेका छौं ।’
    १३ औं महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्रीका प्रतिस्पर्धी रहेका केसी अहिले देउवाप्रति सबैभन्दा आक्रोशित छन् । ‘सभापतिमा अहं र दम्भ चुलिँदै गएको छ । यसलाई नरोक्ने हो भने पार्टी बचाउन सकिन्न,’ केसीले कान्तिपुरसँग भने, ‘विशेष राजनीतिक परिस्थिति भनेर केपी ओली र पुष्पकमल दाहाल दुवैलाई प्रधानमन्त्री बनाइए संविधानसम्मत हुन्छ ? त्यस्तो कदमलाई स्वीकार गर्न सकिन्छ ? गच्छरदारको नियुक्ति गर्दा पार्टी नेतृत्वले त्यस्तै रवैया अपनाएको छ ।’
    पार्टीको आसन्न महासमिति बैठक र अन्य फोरमहरूमा देउवाको कार्यशैलीप्रति सामूहिक धारणा बनाउने कोसिसमा पौडेल पक्ष छ । त्यसबारे छलफल गर्न मण्डिखाटारमा ‘लन्च बैठक’ बसेको हो । ‘गलत कार्यशैलीविरुद्ध एकमत बनाएर सुधारका लागि दबाब दिने विषयमै हाम्रो छलफल भयो,’ महतले भने, ‘नेतृत्व स्वेच्छाचारी हुन थालेपछि सामूहिक रूपमा विचार बनाउने र एकताका साथ अघि बढ्ने पहल थालिएको हो ।’
    यता संस्थापन पक्षीय नेताहरू पौडेल समूहकै अवरोधका कारण सभापतिले काम गर्न नसकेको आरोप लगाउँछन् । भागबन्डा मिल्दा विधानको विषय नहुने र नमिल्दा विधानको विषय उठाउने भन्दै उनीहरूले वरिष्ठ नेता पौडेलको भूमिकामाथि नै प्रश्न गर्दै आएका छन् । निर्वाचनअघि संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति भागबन्डा र सहमतिका आधारमा बनेका थिए ।
    १४ सदस्यीय संसदीय समिति हुनुपर्नेमा भागबन्डा मिलाउँदा २२ सदस्यीय बनाउनुपरेको देउवा पक्षको भनाइ छ । २२ मनोनीत र ६ पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बन्नुपर्ने थियो । तीन पदाधिकारी मनोनयन नहुँदै २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बन्यो ।
    यी दुवै समिति विधानविपरीत गठन भएका थिए । ‘चुनावअघि भागबन्डा मिल्दा विरोध निस्केन, तर चुनावपछि मात्रै विधानविपरीत भन्ने उठाइयो,’ सहमहामन्त्री महतले भने, ‘चुनावपछि सभापतिलाई आक्रमण गर्ने राम्रो अवसर हो भनेर विधानको कुरा ल्याइएको हो । यसमा उहाँहरू (पौडेल पक्ष) पनि उत्तिकै जिम्मेवार हुनुुहुन्छ ।’
    उनले सबैलाई मिलाउने प्रयासमै सभापतिले पार्टीका महत्त्वपूर्ण विभाग अझै बनाउन नसकेको पनि बताए । ‘निर्णय गर्न नसक्नुमा सभापतिको पनि कमजोरी छ तर सबैलाई समेट्ने कोसिस गर्नुपर्छ, भएन भने विधानअनुसार बहुमतले निर्णय गर्दै जानुपर्छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • २.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ४.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ६.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ७.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ८.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation