काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षकका रुपमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।
Advertisement
अलमुताइरीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार जिम्मेवारी दिएको हो । उनले आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् । अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको छ । अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएका हुन् ।