• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

लोकप्रिय समाचार

  • १. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • २. थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

  • ५. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • ६. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ७. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ८. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ९. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • १०. गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित


  •   शनिबार, जेठ ०४, २०८२ मा प्रकाशित
  • कपिलवस्तु। लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। कपिलवस्तुको तौलिहवामा सम्पन्न विशेष साधारणसभाले उपाध्यक्ष विनयराज भण्डारीको प्रस्तावमा सर्वसम्मत रुपमा अविश्वास प्रस्ताव पारित गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिको उपस्थितिमा भएको मत विभाजनमा कुल ३८ जना प्रतिनिधिले प्रस्तावको पक्षमा मत दिएका थिए। संघमा कुल ४१ जना प्रतिनिधि रहे पनि एक जनाको निधन भइसकेको, एक जना विदेशमा रहेको र अध्यक्ष गुरुङ स्वयं अनुपस्थित रहेको जानकारी दिइएको छ। अविश्वास प्रस्ताव पारित भएसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भण्डारीले लिएका छन्। उनले विधानअनुसारको नयाँ अधिवेशन आव्हान गर्ने तयारी गरेको बताएका छन्।
    गएको चैत २२ गते उपाध्यक्ष भण्डारीको प्रस्तावमा ३१ जना प्रतिनिधिको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। क्यानलाई जानकारी दिइएपछि जेठ ३ गते विशेष साधारणसभा आह्वान गरिएको थियो। यद्यपि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रक्रिया विवादास्पद भएको भन्दै सभा स्थगन गर्न निर्देशन दिएको थियो। तर, क्यान अध्यक्ष चतुर बहादुर चन्दले प्रदेश उपाध्यक्षको नाममा पत्र काट्दै विशेष साधारणसभा सञ्चालन गर्न निर्देशन दिएका थिए। कार्यवाहक अध्यक्ष भण्डारीले अध्यक्ष गुरुङले संघको विधानविपरीत एकल निर्णय गर्दै आएको आरोप लगाए। कोषाध्यक्षको सहभागिता विना सचिवसँग मिलेर खाता सञ्चालन गर्नुका साथै जिल्लाहरूसँग समन्वय नगरेको, प्रतियोगिता सञ्चालन र स्रोत व्यवस्थापनमा उदासीन रहेको आरोप समेत लगाइएको छ।
    कार्यक्रममा पूर्व मन्त्री तथा संघीय सांसद सुरेन्द्रराज आचार्यले लोकतान्त्रिक अभ्यास र विधानअनुसारको निर्णयले क्रिकेटको विकासमा टेवा पुग्ने बताए। प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, नगर प्रमुख सुदीप पौडेललगायतले विधानअनुसार निर्णय गर्नु सकारात्मक कदम भएको प्रतिक्रिया दिए। कपिलवस्तु नगरपालिकामा रहेको मैदान व्यवस्थापनका लागि सांसद आचार्यले चार करोड रुपैयाँको बजेट व्यवस्थापन गरेको जानकारी नगर प्रमुख पौडेलले दिएका थिए।
    कार्यक्रममा प्रतिनिधिलाई बदनाम हुने गरी भ्रम फैलाउने काम गलत भएको भन्दै क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैया, रुपन्देही क्रिकेट संघ अध्यक्ष हरिबहादुर थापा, पूर्व केन्द्रीय सदस्य शुनिल सिंह हमाल, प्रदेश सचिव कैलाश रोक्का मगरलगायतले आपत्ति जनाएका थिए।
    कपिलवस्तु क्रिकेट संघ अध्यक्ष प्रकाश गैरेले विशेष साधारणसभाले क्रिकेटको हितमा निर्णय लिने विश्वास व्यक्त गरे।

    Advertisement

    शनिबार, जेठ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    मल्लरानीमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    लोकप्रिय

    • १.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    भर्खरै

    • १.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • २.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ३.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ४.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • ७.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ८.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation