कपिलवस्तुमा आधा किलो सुनसहित दाजुबहिनी पक्राउ

कपिलवस्तु। कपिलबस्तुमा आधा किलो अवैध सुनसहित दुईजना पक्राउ परेका छन्।

मायाँदेवी गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १६ वर्षीया बहिनीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो। उनीहरुको साथबाट आधा किलो २४ क्यारेटको सुन र १८ क्यारेटको सुनको सिक्री एक थान र एक थान औँठी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा मायादेवी–७ बनकसीयाबाट उनीहरु पक्राउ परेका हुन्।

बरामद गरिएको सुनको मूल्य ४२ लाख रुपैयाँभन्दा बढी हुने अधिकारीले बताए।

Sharing Now!

You might also like

Comments are closed.