अक्टोबरदेखि दर्शकका लागि रंगशालामा प्रवेश खुला

काठमाडौ । बेलायतमा आगामी अक्टोबरबाट दर्शकका लागि रंगशालामा खेल हेर्न प्रवेश दिइने भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरीस जोनसनले आगामी अक्टोबरबाट दर्शकका लागि रंगशाला खुल्ला गरिने घोषण गर्नु भएसँगै दर्शकले रगंशालामा प्रवेश पाउने भएका हुन् ।प्रधानमन्त्री जोनसोनले अक्टोबरदेखि दर्शकलाई मैदानमा पुगेर खेल हेर्न पाउने वातावरण बनाएको समेत उल्लेश गर्नुभएको छ । हाल दर्शकका लागि बन्द रहेका रंशालामा अक्टोबरपछि भने सरकारले बनाएको मापदण्डको पालना गर्दै दर्शकले मैदानमा प्रवेश पाउने छन् ।

बेलायतमा कोरोनाको महामारी केही कम भएपछि सरकारले नै दर्शकलाई मैदान प्रवेश गराउने योजना बनाएको हो । कोरोनाको कारण बेलायतमा इंग्लिस प्रिमियर लिग बन्द रंगशालामा भइरहेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.