• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

दरवारका एक्ला हेरालु : जो बेतलवी संरक्षणमा सक्रिय छन्


  •   सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। प्यूठान नगरपालिका ४ का डालबहादुर थापामगरको उमेर ७९ बर्ष पुुुगिसक्यो । बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ। शरीरमा तागत छैन। तै पनि उनी सकी नसकी सडक छेउको झारपात उखेलिरहेका भेटिन्छन।भत्केको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका देखिन्छन्।
    नेपाल एकिकरण हुनुअघि ऐतिहासिक  भित्रिकोट राज्यमा तत्कालीन चन्दवंशी राजाहरुको रजगज थियो। चौबीसे राज्य मध्ये शक्तिशाली मानिन्थ्यो भित्रीकोट राज्य। विसं १९९० को ठूलो भुकम्पले यो दरबार भत्कियो।जो अहिले भग्नावशेषमा बदलिएको छ।त्यही दरबारको रेखदेख थापामगरले गरिरहेका छन् । दरबारको काखमा रहेको सानो झुपडीमा उनि बास बस्छन । यो ऐतिहासिक दरबार हेर्न मान्छेहरु आउने जाने गरिरहन्छन् । दरबार क्षेत्रको हेरचाह गर्ने जिम्मा उनलाई छ। यिनै थापा दरवार हेर्न पुग्नेहरुलाई भित्रीकोट डुलाउछन । सोध्नेहरुलाई आफुले थाहा पाए जत्तिको यहाको इतिहास कहन्छन।दिनहुँ दरवार जाने,हेर्ने र पर्यटक डुलाउने उनको दैनिकी बनेको छ।’भित्रीकोट शक्तिको पीठ पनि भएकोले आफूले धेरै पहिले देखि पूजापाठ गर्ने र हतियारहरुको संरक्षण गर्ने गरेको थापाले बताए।”त्यो भूकम्पले दरवार भत्किएपछि यहाका हातहतियार पनि हिनामिना बनाईन थाले,कसैले पनि ख्याल गरेन्न’ उनले भने,’ दरवारको अस्तित्व मेटिन थालेपछी संरक्षणमा जुटेका हौँ।’तत्कालीन बिजुवार गाबिसले आफुलाई हेरालुको जिम्मा दिएको मगर सुनाउछन ।
    पुस्तौ देखी बेतलबी हेरालु
    डाल बहादुरका बाउबाजेले पनि हेरालुको काम गरे । अहिले उनि एक्लैले दरवारको हेरचाह र संरक्षण गरिरहेकै छन। त्यो पनि बेतलबी । उनले अहिले सम्म कोहि कसैबाट पारिश्रमिक नै भनेर एक रुपैया पनि पाएका छैन्न न त केहि सेवा सुबिधा नै लिएका छन। २० बर्ष भयो दरवार रेखदेख गर्न थालेको’उनले भने, ‘बाउ बाजेकै पालादेखि नै हो,भयो तीन पुस्ता ।’ बुवा स्वर्गेबास भएपछी मैले दरवार हेर्दै छु। उनि भन्छन,’अहँ सेवा सुबिधा केहि पाईएको छैन।’
    भित्रीकोट घुम्न पुग्नेहरुले आक्कल झुक्कल दिएको सय पचास रुपैयांको भरमा उनको ७ जनाको जहान पालिएको छ।’ अब त बुढ्यौली लाग्यो काम गर्न सक्ने कुरा भएन, हात बसिसके आम्दानिको श्रोत भनेकै यहि त हो।’ उनि भन्छन,’पर्यटक आउँदा त राम्रै हुन्छ ।’अचेल कोरोनाको डरले पर्यटक आउन छोडेपछि आम्दानि पनि घटेको थापा बताउछन।प्युठान नगरपालिका बनेपछी तलब तोकिन्छ भन्ने उनलाई ठुलो आशा रहेछ।‘हाकिमले पनि उ बेला बाजे,तपाईँलाई थोरैधेरै तलब मिलाईदिउँला भनेका थिए’,उनले दुखेसो पोखे,‘यत्तिका साल काम गरेँ। खोई तलबको त अत्तोपत्तो छैन ।उनि फिस्स हाँस्छन । उता, प्युठान नगरपालिकाका प्रबक्ता लक्षमिप्रसाद राज भण्डारी भने दरवार पुननिर्माणको काम सकिएपछि सुरक्षागार्ड नै नियुक्त गर्ने योजना रहेको बताउछन।’दरवार बनेपछि टिकट काटेर हेर्न ब्याबस्था मिलाउने सोचेका छौं।’ भण्डारीले भने,’त्यसबाट जम्मा भएको आधा रकम हेरालुलाई दिने भनेका छौ।’
    त्यो राज्यको ईतिहास यस्तो
    पाल्पा देखि पश्चिमका चौविसि राज्यहरु मध्ये शक्तिसाली मानिने प्युठान राज्यको राजधानी भित्रीकोट थियो। भित्रीकोटमा तत्कालीन राजा थिए चन्द्रबंशी । त्यहीबाट प्युठानको राजकाज चल्थ्यो।त्यसबेलासम्म प्युठान राज्यको प्रशासनिक,न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । डा गितु गिरीले आफ्नो ‘प्यूठान राज्यको इतिहास’ पुस्तकमा चन्द्रवंशी राजाले भित्रीकोटमा राज्य गरेको भनेर लेखेका छन । यहा मध्यकालमा सिंह राज परिवारले शासन चलाएको मानिन्छ भने त्यसपछि मगर,जाट राजा र सो पश्चात् चन्द वंशीय राजाहरूले शासन गरेको पाइन्छ।सदरमुकाम नजिकै मल्ल राजा, उदयपुरकोटमा ब्राह्मण अधिकारी राजा भए ।भनिन्छ उनिहरु सैन्य शक्ति बिहिन थिए।वि. स. १८४३ मा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले हमला गरेर भित्रीकोटलाई नेपाल राज्यमा गाभेको थियो । चन्द वंशीय राजाहरु युद्ध हारेपछी ती फौज भित्रीकोट छाडेर रोल्पाको क्यूरीमा गएको इतिहास पाइन्छ । भित्रीकोटमा १४ राजाले राज्य गरेको बताइन्छ । यस राज्यका प्रथम राजा लटराज र १४ औं राजा रुद्रप्रताप चन्दराज हुन् ।
    कस्तो छ दरवार ?

    Advertisement

    भुरे टाकुरे राजाको पालामा बनेको यो दरबार करिब पाँच रोपनीमा फैलिएको छ।दरवार चारैतिरबाट पर्खालले घेरिएको छ । झण्डै डेढ सय मिटर लामो सिँढी र भ¥याङ छ ।भनिन्छ, राजाहरुले दरबारको सुरक्षाका लागि बनाएका थिए।अहिले प्रवेशद्वार भताभुङ्ग छ । प्रबेशद्धारबाट भित्र पसेपछि भित्रीकोटको प्रशासनिक भवनपनि भग्नावशेष छ । दरबार क्षेत्रको वरिपरि ९ स्थानमा सेन्ट्री राखिएको भग्नावशेष देखाउदै थापाले सेन्ट्रीभएको चार शूरहरू यिनै हुन भन्दै थिए।

    पूर्वतर्फ भ्यु टावरको रूपमा सिमेन्टको पर्खालले छेकिएको छ। स्थानियहरु घरको किल्ला वरपर खन्दा मानव कङ्कालहरू भेटिएकोले उत्खनन रोकिएको बताउछन।पाकेका इट्टा र ढुङ्गाहरू छरपस्ट छन।क्षेत्रपाल मन्दिरको पश्चिम पट्टी भागमा निकै पुरानो मौलो ढुङ्गाको कापमा अडाइएको छ
    क्षेत्रपाल मन्दिर र खडगथान
    दरबारको पश्चिमपट्टि भागमा क्षेत्रपाल मन्दिर र खडगथान पनि छ । मन्दिरमा बुट्टेदार कलात्मक टुँडालहरू जडिएका छन् ।साना ठुला घण्टहरू पनि छन् । घण्टको केही भाग टुटेफुटेको देखिन्छ । यहाको सबैभन्दा पुरानो घण्ट १८१४ मा कुवापानीका मनबिर डिठ्ठा खड्काले चढाएका थिए।खडकाकै नातीले चढाएको घण्ट पनि यहा छ। खडगथान भित्र  एउटा दमाह(बाजा र नगरा) राखिएको छ । भित्रपट्टिको कोठामा पुराना तरबार, ढुङ्गे हतियार, चुप्पी, खुकुरी जस्ता हतियार छ्न । चाँदि र सुनको जलप लगाइएका ती हतियारहरू तत्कालीन शासकहरूले प्रयोग गरिएको भनिँदो रहेछ । त्यहाँ विभिन्न किसिमका हात हतियार, ढाल, तरबार, तोपगोला, बन्दुकहरू पनि थिए रे तर अहिले ती सामाग्रीहरू हिनामिना भयो भन्छन् थापामगर । ‘ हाम्ले ४ सय थान पुराना हतियारहरु छन भनेको सुनेका हौँ।’ उनले हतियार देखाउँदै भने,’ अहिले त बचेका हतियार यिनै हुन हेर्नुस ।दरबारको भग्नावशेष, भत्किएका पुराना पर्खाल, राजाले पानी पिउनका लागि बनाएको पोखरी, चाँदी लेपन गरिएका हातहतियार अहिले अवशेषका रुपमा देखिन्छ।नेपाली सेनाले हातहतियारको संरक्षणका लागि सानो भवन निर्माण गरिदिएको छ।“सुन लेपन गरिएको तरबार, मन्दिरमा भएका घण्ट र बहुमूल्य धातुको गजूर हराएपछि घरमा राखेर सुरक्षित गरिएको थियो”,थापाले भने,’पुराना हतियारहरु खड्कथानको जीर्णोद्धारपछि ल्याएर राखिएको हो’यहा सिद्धेश्वरी गुफा पनि छ । थापाले तत्कालीन शासकहरूले झिमरुक नदीमा स्नान गर्न आउजाउ गर्दा यहि गुफाको बाटो गर्थे भन्ने किम्बदन्ती रहेको पनि सुनाउन भ्याए । उनि यहाको रक्तेपोखरीको किवंदन्ति पनि उस्तै रोचक रहेको सुनाउछन । भित्रिकोटमा विभिन्न चाडपर्वमा पुजाआजा गर्न स्थानीय पुग्छ्न । पछिल्लो समय यो दरबारको चर्चा चुलिदै गएपछि काठमाण्डौबाट मान्छे आएर यहाँ खनखोर्सन नगर्नु भनेर गएका छन् ,उनले भने ।’भित्रीकोट घुमफीर गर्नेहरु पनि बढेका छन। ‘यस क्षेत्रबाट जिल्लाको सुन्दर झिमरुक फाँट, हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
    दरबारले पुनर्जीवन पाउँदै
    भित्रिकोटको पर्यटन प्रर्वद्धनका लागि पहल थालिएको छ। नगरपालिकाले भित्रीकोट क्षेत्रमा रहेका १७ मुख्य गन्तव्यलाई आधार मानेर भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

    रक्तिपोखरी, रानी गुफा, रानी बगैंचा, खुलखुले डाँडो, रकगाडेन, दरबार क्षेत्र, थानाकोट, मुख्य भित्रीकोट क्षेत्र यहाँका पर्यटकीय गन्तव्य हुन् । प्युठान नगरपालिका ४ का वडाअध्यक्ष समेत रहेका राजभण्डारीले दरवार पुरानै स्वरुपमा पुनः निर्माण गर्न लागिएको बताए । नगरपालिकाले कूल रु १४ करोडको डिपिआर तयार भईसकेको र सोही अन्तर्गत यहा उत्खनन कार्य,पैदलमार्ग,रक गार्डेन निर्माण लगायतका काम भइरहेको उनले  बताए। उद्याेग,पर्यटन,वन तथा वातावरण मन्त्रालयबाट थप ५ लाख रकम बिनियोजन भएपछि दरबार पुनःनिर्माण गर्न ठेक्का समेत दिइएको छ। यो दरबार प्युठानकै नमुना पर्यटकीय सम्पदाको रुपमा स्थापित हुने राजभण्डारीले दाबी गरे ।

    सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    गौमुखीमा निःशुल्क घर बीमा, पहिलो लाभग्राहीलाई बिमा भुक्तानी
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...