तरकारी बोकेको जीप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते

सल्यान। सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन।बिहिबार राती कपुरकोट गाउँपालिका वडा न ४ किमचौरबाट कपुरकोट बजार तर्फ आउदै गरेको लु १ च ४२५३ नम्बरको जीप दुर्घट्नामा परेको हो। किमचौरको भित्रि सडकमा दुर्घटना हुँदा किमचौर निवासी ६७ वर्षिया कर्मी पुनको मृत्यु भएको प्रहरीले बताएको छ । उनको अञ्चल अस्पताल दाङको तुलसीपुरमा उपचारको क्रममा ज्यान गएको हो । कपुरकोटमा शुक्रबार तरकारी हाट बजार लाग्ने गर्दछ । उक्त हाटबजारमा तरकारी ल्याउदै गर्दा जीप दुर्घटना भएको प्रहरीको भनाई छ ।जीप दुर्घटना हुँदा घाईते हुनेमा कपुरकोट गाउँपालिका वडा न ४ की ६८ वर्षिया महिनी पुन, ५३ का लोक बहादुर घर्ती, ५३ का टिकाराम घर्ती, २४ वर्षिया कृष्णा घर्ती, ४३ का तीलक पुन र ३७ वर्षका तिलक पुन रहेका छन् । घाइते सबैको तुलसीपुरमा उपचार भई रहेको छ । पानी परेका कारण सडक चिप्लो हुँदा गाडी अनियन्त्रित भई गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.