भुपु भारतिय सेना कृषि,राजनिती र समाजसेवामा पनि उत्तिकै अव्वल

सागर रिजाल,प्युठान । ऐरावती गाउँपालिका– ३ अर्झामका टिकाबहादुर गुरुङ अहिले ७३ वर्ष पुग्नुभयो । उहाँले ९ कक्षा सम्मको शिक्षा हाशिल गरेपछि वि.स. २०२० सालमा भारतीय सेनाको जागीरमा प्रवेश गर्नुभयो । २९ वर्ष लामो सेनाको जागिरेपछि उहाँ वि.स. २०४९ सालमा सेवा निर्वित हुनुभयो । जागिरबाट अवकाश पाएपछि उहाँ जन्मथलोमा फर्किनुभयो । उहाँ गाउँ फर्किदा धेरै छिमेकीहरु बसाई सराई गरेर जिल्ला छाडिसकेका थिए । त्यसको कारण थियो विकट ठाउँ नत सड्क, न खानेपानी , नत कुनै उद्यम व्यवसाय । उहाँको गाउँ फर्कियपछिको पहिलो योजना बन्यो स्थानियलाई कृषिमा अगुवाई गर्ने । यो योजना सहित अगाडी वढनुभएका गुरुङलाई चुनौती दियो खानेपानीले । पिउनका लागि समेत समस्या पर्ने पानी कृषि गर्नका लागि असम्भव देखीयो । उहाँ गाउँलेहरुको नेतृत्व गर्दै लामो समयसम्म खानेपानी ल्याउनका लागि अग्रसर हुनुभयो । विभिन्न जिल्लामा अध्ययन गर्ने क्रममा उहाँले खानेपानी समस्या बताउन थाल्नुभयो अन्तत ०६६ सालमा खानेपानी डिभीजन मार्फत दुई करोड ७५ लाखको लागतमा लिफ्ट खानेपानी योजनाको काम सुरु भयो । ०७२ सालमा नारङ्गे लिफ्ट मार्फत गाउँमा खानेपानी पुग्यो । लामो समयसम्म उहाँकै अगुवाईमा गाउँमा खानेपानी पुगेको स्थानियहरु बताउछन् । खानेपानीबाट साविकको पकला गाविस अन्र्तगतका वडाहरु ५,६,८,९ र बरौला गाविसका ५ र ६ वडाका तीन सय २८ घरधुरीका स्थानियहरु लाभान्वित भएका छन् ।
खानेपानी गाउँमा आएसंगै गुरुङले बनाएको योजना सफल भएको छ । गाउँका स्थानियहरुले खानेपानी पिउन पाउँनुका साथै विभिन्न क्षेत्रमा प्रयोग गर्न पायका छन् । स्थानियहरु खुसी छन् । नियमित विहानमा पानी भर्ने व्यवस्था मिलाईएको छ । स्थानियहरुले टंयाकीमा पानी जम्मा गर्छन् र चाहियअनुसार उपयोग गर्ने गरेको गुरुङले बताउनुभयो ।
सड्क पनि पुग्यो गाउँमा
सेवा पुरा गरि गाउँमा आएका गुरुङले सड्क नहुँदा गाउँलेलाई परेको दुःख देख्न सक्नुभएन् । उहाँले लामो समयसम्म अगुवाई गरेर चेरनेटा–पुरनठाटी चलिरहेको सड्कलाई हरियाखोलादेखी जाबुने सम्म जोडीयो । ११ लाख रुपिँया लागतमा जाबुनेमा सड्क पुगेको गुरुङ बताउनुहुन्छ । उहाँ संगै विभिन्न व्यक्तिहरुको पहलमा चेरनेटा–चिन–जाबुने हुदैँ दाङवाङ सम्मको सड्क पनि उहाँ अध्यक्षको नेतृत्व गरि खोल्नुभयो । अहिले दुबै सड्कबाट नियमित जीप चल्ने गर्दछन् ।
स्वार्थ लियनन् गुरुङले
गाउँलेहरुको सेवा गर्ने उदेश्यका साथ सड्क उहाँको नेतृत्वमा खोलियो तर आफ्नो स्वार्थमा उहाँले सड्क निर्माण गर्नुभएन् । उहाँको घरमा सड्क अझै पुगेको छैन् । आफ्नो घरमा बाटो लगेर स्वार्थ पुरा गर्न लाग्यो भनेर टिकाटिप्परी हुन्छ भनेर आफ्नो घरपायक सड्क नखनेको उहाँ बताउनुहुन्छ ।
राजनीतिमा पनि सक्रिय 
उमेरले नेटो काटेपनि गुरुङ अझै बलियै हुनुहुन्छ । उहाँलाई राजनीतिको मोहले छोयको छ । ०५४ सालबाट उहाँले राजनीतिक यात्रा सुरु गर्नुभयो । राजमो, काग्रेस, राप्रपाको गड मानिने उक्त क्षेत्रमा उहाँले पूर्व नेकपा एमालेलाई जन्माउनुभयो । ०५४ सालमा भएको निर्वाचनमा धेरै मत ल्यायर उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँ नेकपा एमालेको राजनीतिमा सक्रिय भईरहनुभयो । राजमो र काग्रेसलाई हराउदै एमालेको बहुमतको क्षेत्र समेत बनाउनुभयो उहाँले । तर उहाँ २०७४ सालमा ऐरावती गाउँपालिकाको अध्यक्षमा असफल हुनुभयो । १६ मतले उहाँलाई नेपाली काग्रेसका प्रतिनीधि नबीलविक्रम शाहले जीत्नुभयो । चुनावमा हारे पनि उहाँले राजनीति गर्न छाडनुभएन् । हाँल उहाँ पूर्व एमाले र पूर्व माओवादी मिली बनेको नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
फलफुल र तरकारी खेतिपनि
राजनीति संगै ७३ वर्षिय गुरुङले फलफुली खेति र तरकारी खेति समेत गर्न भ्याउनुभएको छ । उहाँले ५० वटा सुन्तलाका विरुवा, मौसमका २५ वटा विरुवा, कागतीका १० वटा विरुवा, स्याउका ९ वटा विरुवा, ओखरका एक सय ३० विरुवा, रुद्राक्षका ५ वटा विरुवा, दालचिनीका एक सय ३० वटा विरुवा संगै बेलौती, आरुवखडा, दारिम लगायतका फलफुलका विरुवाहरु लगाउनुभएको छ । गाउँमै छुट्टै पहिचान दिने उदेश्यका साथ उहाँ फलफुल खेतिमा अग्रसर भएको बताउनुहुन्छ । त्यस्तै उहाँले एक सय ५० विरुवा टमाटर, लसुन , प्याज, गोबी, आलु लगाएतका तरकारी खेति समेत गर्नुभएको छ । उहाँले घरपरिवार, छिमेकीलाई दिनुका साथै केहि तरकारी बेच्दै आएको समेत बताउनुभयो । उहाँले आफुसंगै गाउँलेलाई तरकारी खेति गर्नलाई उत्प्रेरणा दिएको समेत बताउनुभयो । उहाँले रासायनीक मलको प्रयोग नगरी तरकारी खेति गरेको समेत बताउनुभयो । यो संगै उहाँले एक भैसी, बाख्राहरु समेत पाल्दै आउनुभएको छ । अगिल्लो वर्ष बाख्रा बेचेरै ६० हजार रुपिँया आम्दानी गरेको उहाँले बताउनुभयो । गुरुङलाई ६६ वर्षिय श्रीमती गंगाकुमारी गुरुङले काममा सहयोग गर्नुहुन्छ । दुई दम्पतीबाट दुई छोरा र दुई छोरीको जन्म भएपनि एक छोराको निधन भएको गुरुङले बताउनुभयो । दुई छोरीको विहे भएको र छोरा छुट्टिएर बसेको समेत उहाँले बताउनुभयो । उहाँले महिनाको १० दिन घरमा बिताएपनि २० दिन सामाजिक, राजनीतिक क्षेत्रमै बिताउनुहुन्छ । दाङ क्षेत्रमा जग्गा किनेपनि उहाँले गाउँको विकास गर्नकै लागि गाउँ छाड्नुभएन् । गाउँमा अगुवाई गर्ने व्यक्ति कोहि छैनन् उहाँले भन्नुभयो,–‘त्यसैले गाउँ नछाडेको हुँ । ’ उहाँले सामाजिक क्षेत्रमा निकै उल्लेखनीय काम गर्नुभएको छ । उहाँलाई गाउँलेले टिका बा को बाटो र उहाँले खुवाएको पानी भन्दा उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँले शिक्षा क्षेत्रमा पनि केहि गर्न भ्याउनुभयो । गाउँमै रहेको भुवनेश्वरी प्रावि विद्यालयलाई निमावी सञ्चालन गर्नमा समेत उहाँको ठूलो योगदान रह्यो । उहाँ उक्त विद्यालयको अध्यक्ष समेत रहि शिक्षा क्षेत्रमा समेत केहि नयाँ कामहरु गर्दै आउनुभएको छ । उहाँ भारतीय सेनामा हुँदा बसाईसराईको दर वढेको थियो तर अहिले गाउँगाउँमा विकास हुन थालेपछि गाउँलेहरु बसाई सर्ने दर कम भएको छ । बसाई सरी तराई झरेका व्यक्तिहरु कहिलेकाहीँ गाउँ आएर यति विकास भएको भए त हामी किन बसाई सथ्र्यौ भनि सोध्दा आफुले केहि काम गर्न सकेको महशुस भएको उहाँले बताउनुभयो ।

Sharing Now!

You might also like

Comments are closed.