• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको ‘विचारधारात्मक छलफल’ सम्पन्न, सहभागीहरू उत्साहित


  •   मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
  • काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)को विदेश विभागद्धारा संयुक्त रुपमा काठमाडाैँमा आयोजित ‘विचारधारात्मक छलफल’ भव्यतापूर्वक सम्पन्न भएको छ । छलफल पश्चात नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले विज्ञप्ति मार्फत चिनियाँ राष्ट्रपति सि जिनपिङ्को नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहेको सन्दर्भकाबीच आयोजना गरिएको विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव परेको बताएका छन । उनले यस ढंगले दुई देशका पार्टीहरुको तहमा संयुक्त रुपमा काठमाडौंमा आयोजित यो नै पहिलो कार्यक्रम भएको र यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको बताएका छन ।

    Advertisement

    उपप्रमुख थापाले जारी गरेको विज्ञप्ति

    प्रेस विज्ञप्ति

    नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा २०७६ असोज ६ र ७ गते काठमाडौंमा ‘विचारधारात्मक छलफल’ कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । सि जिनपिङ् विचार धाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफलका रुपमा आयोजित उक्त कार्यक्रमको उद्घाटन नेकपाका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । उद्घाटनको क्रममा उहाँले चीन र नेपालबीच समस्यारहित सम्वन्धरहेको तथ्यमा स्पष्ट गर्नुभयो ।पार्टी स्कुल विभाग प्रमुख उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले आ–आफ्नो महत्वपुर्ण विचार राख्नुभएको थियो ।कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चारवटा प्रस्तुति रहेको थियो । चिनियाँ केन्द्रीय पार्टी स्कुलका तर्फबाट Cao Li ले– मध्यम स्तरीय सहज समाजको निर्माण सम्पन्न गर्ने, संगठन विभागका तर्फबाट Xu Nan Pengले–पार्टी अनुशासनको सुदृढ कार्यान्वयन सम्वन्धमा, पार्टी स्कुलका तर्फबाट Qin Gang ले–सुधार कार्यलाई व्यापक बनाउने सम्वन्धमा र चिनियाँ नेशनल डेभलपमेन्ट एन्ड रिफर्भ कमिसनका तर्फबाट Shi Yu Long ले–एक क्षेत्र एक सडक योजना निर्माणको संयृुक्त पहल र मानव जातिका लागि सामुदायिक भविष्य निर्माण सम्वन्धमा विचार प्रस्तुत गरिएका थिए । उद्घाटन र समापन सत्रको सञ्चालन तथा विचार प्रस्तुती सत्रको अध्यक्षता नेकपा पार्टी स्कुल विभागका तर्फबाट स्थायी कमिटी सदस्य एवं उपप्रमुखद्धय देवेन्द्र पौडेल र बेदुराम भुषालले गर्नुभएको थियो ।उक्त प्रस्तुतिमा सहभागीहरुद्धारा विभिन्न जिज्ञासा राख्दै प्रश्नोत्तर समेत गरिएको थियो । दुई दिवसीय यस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका करिव ३०० जना र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट १० जनाको सहभागिता रहेको थियो । यसैबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्धलाई अझ मजबुत आधार प्रदान गर्न संयुक्त सहमति पत्रमा हस्ताक्षर गरिएको छ । नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले उक्त सहमतिमा असोज ७ गते हस्ताक्षर गर्नुभएको छ, जसले दुई पार्टीलाई भविष्यमा अझ घनिष्ट र आशंका सहित सम्वन्धमा आवद्ध गर्ने विश्वास गरिएको छ ।कार्यक्रमको समापन सत्रमा अध्यक्षता गर्दै पार्टी स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले विचारधारात्मक छलफल कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको समीक्षा सहित दुवै पार्टीका नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।नेकपाको कार्यविभाजन पश्चात्त पहिलो आयोजनाको रुपमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको यो कार्यक्रम शानदार रुपमा सम्पन्न भएको धारणा सहभागीहरुका तर्फबाट भगवती चौधरी, खिमलाल भटराई, रामकुमार शर्मा, रामदीप आचार्य, गोरखबहादुर बोगटी, ऐनबहादुर महर र विचार प्रस्तोताका तर्फबाट चिनियाँ केन्द्रीय पार्टी स्कुलका प्रतिनिधि Cao Li ले व्यक्त गर्नुभयो ।यस विचारधारात्मक छलफल प्रक्रियालाई भविष्यमा पनि विभिन्न रुपमा निरन्तरता दिन कोशिस गरिनेछ । यस कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सबै नेता, कार्यकर्ता र सहभागीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

    सूर्य थापा, उपप्रमुख, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग, नेपाल कम्युनिष्ट पार्टी,

    मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार
    रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग
    आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य
    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...