काठमाडौं।सिङगापुर र ओमनमा हुन लागेको टि ट्वान्टी सिरिजको लागि आज विहीबार नेपाली टोली घोषणा भएको छ । पहिलो पटक ३ जना नया खेलाडी खेलमा सहभागी हुने उक्त टोलिमा उपकप्तानको जिम्मेवारी दिपेन्द्रले पाएका छन। पारस खेलाडी कप्तान रहने छन।अलराण्डर कुशल मल्ल र शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डेले राष्टिय टिममा स्थान बनाउदा राष्टिय टिमका नियमित खेलाडी बसन्त रेग्मी,शरद भेषबाकर र प्रदिप ऐरि भने पर्न सकेनन् । ज्ञानेन्द्र मल्ल नखेल्दा दिेन्द्रले उपकप्तानको जिम्मेबारी पाएका हुन् । नेपाली टोलिमा आरिफ शेख,सन्दिप जोरा र सुसन भारीले पुनरागमन गरेका छन् ।नेपालले सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म जिम्बाबे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । त्यस्तै अक्टोबर ५ देखी १० सम्म ओमानमा पाँच राष्ट्रबीच टि २० सिरिज खेल्ने छ । जसमा ओमान सहित नेपाल,हङकङ,नेदरल्यान्ड,आयरल्यान्ड देश प्रतिस्पर्धी छन् ।
नेपाली टोलिका लागि १५ सदस्यहरु
१।पारस खड्का (कप्तान), २।दीपेन्द्र सिंह ऐरी (उप कप्तान), ३।कुशल मल्ल, ४।इशान पाण्डे, ५।सोमपाल कामी, ६।सन्दीप लामछाने, ७।करण केसी, ८।ललित नारायण राजवंशी , ९।आरिफ शेख, १०।सन्दीप जोरा, ११।विनोद भण्डारी , १२।पवन सरार्फ , १३।अभिनाश बोहोरा, १४।रोहित कुमार पौडेल, १५।सुशन भारी खेलमा सहभागि हुने छन।
पारसको कप्तानीमा टि ट्वान्टी सिरिजको लागि नेपाली क्रीकेट टोली घोषणा
पारसको कप्तानीमा टि ट्वान्टी सिरिजको लागि नेपाली क्रीकेट टोली घोषणा

Advertisement
तपाईको प्रतिक्रिया