• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

वाइफाई स्लो छ ? त्यसो भए यसो गर्नु्‌स्‌  


  •   मङ्गलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित
  • घरमा इन्टरनेट जोडेपछि वाइफाई स्लो भएको अनुभव धेरैले गरेका हुन्छन् । वाइफाई स्लो चल्नेबित्तिकै इन्टरनेट सेवा प्रदायकलाई दोष दिने चलन छ । तर इन्टरनेट राउटर, राउटरको सेटिङ, राउटर राख्ने स्थान लगायतले पनि स्लो भएको हुन सक्छ ।

    Advertisement

    स्पिड टेस्ट गर्नुहोस्

    सबैभन्दा पहिले त आफ्नो घरको इन्टरनेट स्पिड टेस्ट गर्नुहोस् – वाइफाईबाट होइन, राउटरमा सिधै तार जोडेर । यसरी तार जोडेर स्पिड टेस्ट गर्दा तपाईंको स्पिड सेवा प्रदायकले वाचा गरेभन्दा थोरै छ भने सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् । यस्तोमा समस्या सेवा प्रदायक कै कारणले हुने हो |
    तार जोडेर स्पिड टेस्ट गर्दा फास्ट देखाउँछ तर वाइफाईबाट चाहिँ स्लो चल्छ भने तपाईंले राउटरको सेटिङ र राख्ने स्थान, कि त राउटर नै परिवर्तन गर्नुपर्ने हुन्छ ।

    राउटर राख्ने सही स्थान

    सुन्दा अचम्म लाग्छ होला तर राउटर राखेको स्थानले पनि राउटरले प्रदान गर्न सक्ने स्पिडलाई धेरै असर गर्छ ।

    कस्तो ठाउँमा राउटर नराख्ने ?

    – राउटरलाई कहिल्यै पनि अन्य विद्युतीय उपकरण (जस्तै फ्रिज, टिभी, माइक्रोवेभ) को वरपर राख्नु हुँदैन । अन्य विद्युतीय उपकरणले राउटरको सिग्नललाई अवरोध गर्छ जसले गर्दा इन्टरनेट स्लो हुन्छ ।
    – राउटरलाई कुना, टेबल र स्ट्यान्डमुनि राख्नु हुँदैन । कुनामा राखिएको राउटरको सिग्नल राम्रोसँग फैलिन पाउँदैनन र इन्टरनेट स्लो हुन्छ ।
    – राउटरलाई प्लास्टिकको झोला वा अन्य वस्तुले बेरेर राख्नु हुँदैन । राम्रो भेन्टिलेसन नभएको खण्डमा राउटरको तापक्रम बढ्दै जान्छ र स्लो हुन्छ ।

    कस्तो ठाउँमा राख्ने राउटर ?

    – राउटरलाई खुला ठाउँमा राख्नुपर्छ । सकेसम्म राउटरलाई यसरी राख्नुपर्छ कि उक्त राउटर घरको अधिकांश स्थानबाट सिधा देख्न सकियोस् ।
    – फ्रिज, टिभी, माइक्रोवेभ जस्ता उपकरण र राउटरबीच कम्तीमा ४–५ मिटरको दुरी हुनुपर्छ ।
    – धेरै तले घर छ भने राउटरलाई बीच तलाको बीच भागतिर राख्नु उचित हुन्छ ।

    राउटरको सेटिङ

    अधिकांश प्रयोगकर्ताले राउटरको सेटिङ नै परिवर्तन नगरी सुरुमा जस्तो आयो त्यसै गरी चलाउने गर्छन् । धेरैजसो अवस्थामा यसले केही पनि फरक पार्दैन र इन्टरनेट राम्रोसँग चल्छ । तर कुनै कुनै अवस्थामा यही सेटिङका कारण इन्टरनेट स्लो हुन सक्छ ।

    राउटरको सेटअप पेज खोल्नलाई ब्राउजरमा १९२.१६९.०.१ अथवा १९२.१६८.१.१ हान्नुहोस् । आवश्यक पर्ने प्रयोगकर्ताको नाम र पासवर्ड हान्नुहोस् | परिवर्तन नगरेको खण्डमा डिफल्ट युजरनेम र पासवर्ड दुवै admin हुन्छ |

    १. राउटरको च्यानल

    राउटरले इन्टरनेटको सिग्नल तोकिएको केही च्यानलमार्फत पठाउँछ । तपाईंले आफ्नो राउटरलाई नजिकै रहेको अन्य राउटरबाट सबैभन्दा कम प्रयोग भएको च्यानलमा चलाउन सके यस्तो इन्टरफेरेन्स कम हुनेछ । यसका लागि प्लेस्टोर, एप स्टोर र विन्डोज १० स्टोरमा उपलब्ध वाइफाई एनलाइजर (WiFi Analyzer) नामक एप डाउनलोड गर्नुहोस् । उक्त एपले राउटरको लागि तपाईंको क्षेत्रमा सबैभन्दा उचित रहेको च्यानल सिफारिस गर्नेछ । राउटरको सेटअप पेज खोलेर यहाँ सिफारिस गरिएको च्यानलमा चल्ने बनाउनुहोस् ।

    राउटरको सेटअप पेज खोल्नलाई ब्राउजरमा १९२.१६९.०.१ अथवा १९२.१६८.१.१ हान्नुहोस् । आवश्यक पर्ने प्रयोगकर्ताको नाम र पासवर्ड हानिसकेपछि राउटरको वायरलेस सेटिङमा (Wireless Settings) जानुहोस् । उक्त स्थानमा तपाईंले च्यानल परिवर्तन गर्ने विकल्प भेट्नु हुनेछ । लगभग सबैमा उक्त सेटिङमा पहिले नै अटो सेलेक्ट भएर बसेको हुन्छ । यस सेटिङलाई अटोको सट्टा वाइफाई एनलाइजर एपले सिफारिस गरेको च्यानलमा परिवर्तन गर्नुहोस् र राउटर पुनः सुचारु गर्नुहोस् ।

    २. राउटरको बिकन इन्टरभल

    बिकन इन्टरभल (Beacon Interval) अलि जटिल कुरा हो । अधिकांश राउटरमा यसको परिणाम १ देखि १००० सम्म राख्न मिल्छ ।
    ब्राउजरमा १९२.१६९.०.१ वा १९२.१६८.१.१ हान्नुहोस् र राउटरको सेटअप पेज खोल्नुहोस् । वायरलेस सेटिङको एडभान्स्डमा गएपछि त्यहाँ तपाईंले बिकन इन्टरभल भन्ने अप्सन भेट्नुहुन्छ । यो सेटिङमा पहिलेनै १०० एमएस राखिएको हुन सक्छ । यसलाई ५०० जति बनाउनुहोस् र राउटर रिस्टार्ट गर्नुहोस् । राम्रो चलेन ? फेरि बिकन इन्टरभल घटाउनुहोस् वा बढाउनुहोस् अनि फेरि टेस्ट गर्नुहोस् । जुनमा राम्रो चल्छ त्यही राख्नुहोस् । बिकन इन्टरभल अलि जटिल कुरा हो । साधारण घरेलु प्रायोजनका लागि ९९१ राख्नु उचित हुन्छ । निकै थोरै बिकन इन्टरभल राख्नाले उक्त वाइफाई चलाउने मोबाइलको ब्याट्री पनि निकै चाँडो घट्छ । त्यसैले अलि बढी राख्नु नै राम्रो हुन्छ ।

    ३. च्यानल विथ २० मेगाहर्ज कि ४० मेगाहर्ज ?

    नयाँ राउटरहरु दुईवटा च्यानल विथमा (Channel Width) काम गर्न सक्छ – २० मेगाहर्ज कि ४० मेगाहर्ज ब्राउजरमा १९२.१६९.०.१ वा १९२.१६८.१.१ हानेर राउटरको सेटअप पेज खोलेपछि त्यहाँ वायरलेस सेटिङमा च्यानल विथ २० मेगाहर्ज कि ४० मेगाहर्ज चयन गर्न सक्नुहुन्छ ।

    २० मेगाहर्जको रेन्ज बढी हुन्छ तर स्पिड कम हुन्छ र इन्टरफेरेन्स पनि बढी हुन्छ । ४० मेगाहर्जको स्पिड बढी हुन्छ र इन्टरफेरेन्स कम हुन्छ तर रेन्ज पनि कम हुन्छ । घर ठूलो छ र रिपिटर प्रयोग गर्नुभएको छैन भने २० मेगाहर्ज नै प्रयोग गर्नु उचित हुन्छ । रिपिटर प्रयोग गरिएको छ र सानो क्षेत्रमा मात्र वाइफाई प्रयोग गर्ने हो भने ४० मेगाहर्ज नै उचित हुन्छ । ठूलो पर्खाल भएको घर र कम खुल्ला क्षेत्रमा ४० मेगाहर्ज प्रयोग गर्नु उचित हुँदैन ।

    डिएनएस परिवर्तन

    इन्टरनेट ब्राउजिङ अलि स्लो छ भने सुधारका लागि डिएनएस पनि परिवर्तन गर्न सकिन्छ । डिएनएस परिवर्तन गरेपछि इन्टरनेटको स्पिडमा सुधार आउने लगभग निश्चित छ । अहिले निकै प्रचलनमा रहेको र फास्ट भएको डिएनएस १.१.१.१ हो । राउटरको सेटअप पेजमा गएर डिएनएसमा १.१.१.१ हान्नुहोस् र राउटरलाई रिस्टार्ट गर्नुहोस् ।

    राउटरको सुरक्षा

    राउटर ह्याक भयो भने पनि वाइफाई स्लो हुन्छ । अरु कसैले तपाईंको इन्टरनेट चोरेर चलाइरहेकोले पनि स्लो भएको हुन सक्छ । राउटरको सुरक्षाका लागि निम्न कुरामा ध्यान दिनुहोस् ः
    १. राउटरको सेटिङ पेजमा गएर डब्लुपिएस (WPS) अप्सनलाई अफ र डिसेबल गरिदिनुहोस्,
    २. पासवर्ड अली लामो र जटिल राख्नुहोस्
    ३. पासवर्ड सधैं डब्लुएपी२ (WPA2) मोडमा राख्नुहोस्
    ४. परेको खण्डमा एमएसी फिल्टर (MAC Filter) गर्नुहोस्

    राउटर पुरानो भयो कि ?

    नयाँ आउने राउटरहरु पुराना राउटरको तुलनामा निकै फास्ट हुन्छन् र तिनमा नयाँ नयाँ फिचरहरु हुन्छन् । कतिपय पुराना राउटरमा माथि उल्लेखित सेटिङ परिवर्तन गर्न पनि नमिल्ने हुन्छ । इन्टरनेटको राम्रो अनुभवका लागि तपाईंको राउटर कम्तीमा पनि 802.11n अथवा 802.11ac स्तरको हुनुपर्छ । 802.11b र 802.11g स्तरका राउटरहरु पुराना भइसके । त्यसैले तिनलाई प्रयोग नगरे कै राम्रो ।
    लामो समयको प्रयोगपछि राउटरमा धुलो जमेको पनि हुनसक्छ । सफा गर्ने गर्नुस् । नयाँ राउटर किन्दै हुनुहुन्छ भने सकेसम्म दुईभन्दा बढी एन्टिना भएको र 802.11ac स्तर भएको किन्नुहोस् ।

    यति गरिसक्दा इन्टरनेट उस्तै स्लो छ भने सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् ।

    मङ्गलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ३.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ४.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ५.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ७.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ८.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...