• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री


  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
  • काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीलाई हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा उल्लेख गर्दै जलवायु परिवर्तनसँगै नेपालले सामना गर्नुपर्ने जोखिम बढ्दै गएको बताएका छन्।
    सोमबार सामाजिक सञ्जालमार्फत उनले हिमालय क्षेत्र जलवायु परिवर्तनका कारण थप संवेदनशील बन्दै गएको उल्लेख गर्दै यसबाट सिर्जित विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा आवाज उठाउनुपर्ने समय आएको बताएका हुन्।
    प्रधानमन्त्री शाहका अनुसार सरकार अहिले प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा केन्द्रित छ। यस कार्यमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारमाध्यम, स्वयंसेवक संस्था र आमनागरिकले पुर्‍याएको सहयोग प्रशंसनीय रहेको उनले बताएका छन्।
    उनका अनुसार रसुवा, नुवाकोट र धादिङमा रहेका चारवटा सङ्कलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमार्फत ३ हजार ६ सय ९६ जना प्रभावित नागरिकसम्म राहत पुर्‍याइएको छ।
    प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नुवाकोटको त्रिशूलीपारिको भूभागलाई वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको पनि बताएका छन्। त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा ल्याइएको उनले उल्लेख गरेका छन्।
    बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुलमा क्षति पुगेपछि सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको पनि उनले बताएका छन्। देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको उनको भनाइ छ।
    भारतबाट २३० फिट लामो सिङ्गल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको र थप सातवटा बेलिब्रिज पठाउने प्रतिबद्धता आएको उनले बताएका छन्। चीन सरकारले पनि ३० वटा बेलिब्रिज उपलब्ध गराउने जनाएको उनको भनाइ छ।
    प्रधानमन्त्री शाहले खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनाको तयारीसमेत अघि बढाइएको बताएका छन्। स्थानीय तहसँगको समन्वयमा प्रभावित नागरिकको संख्या र भौतिक क्षतिको विवरण सङ्कलन सुरु भइसकेको उल्लेख गर्दै उनले पुनःस्थापनाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने काम जारी रहेको बताएका छन्।

    Advertisement

    सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation