रसुवा– भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङभित्र मानिस फसेको आशंकामा खोजीमा गएको नेपाली सेनाको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी गरिएको थियो।
उद्धार टोली सुरुङको अन्तिम बिन्दुसम्म पुगेको थियो। त्यहाँ ड्रोन उडाएर समेत खोजी गर्दा कुनै पनि मानवीय उपस्थिति फेला नपरेको जनाइएको छ।
सुरुङभित्र कोही पनि नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।
Advertisement