• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट


  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
  • प्युठान — नेकपा एमालेले प्युठानमा सञ्चालन गरेको ‘मिसन पार्टी जागरण’ अभियानको पहिलो चरण अन्तर्गत जिल्ला र नौवटै स्थानीय तहमा कार्यक्रम सम्पन्न गरेको छ। अभियानका क्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्यबहादुर थापा क्षेत्रीले करिब ४ सय नेता कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गरेका छन ।
    पार्टीका अनुसार साउन १२ गते जिल्ला अध्यक्ष विजयविराज विष्टको अध्यक्षतामा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले पालिकास्तरीय कार्यक्रमको कार्ययोजना तय गरेको थियो। सोही दिन नेतृत्व तहमा परामर्श बैठकसमेत आयोजना गरिएको थियो।
    कार्ययोजनाअनुसार साउन १४ गते झिमरुक, मल्लरानी र गौमुखी गाउँपालिकामा तथा साउन १५ गते प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, सरूमारानी र ऐरावती गाउँपालिकामा पालिकास्तरीय बैठक सम्पन्न भएका थिए। साउन १६ गते माण्डवी गाउँपालिकामा बैठक सम्पन्न भएसँगै पहिलो चरणका कार्यक्रम सकिएको हो।
    बैठकहरूमा केन्द्रीय प्रतिनिधिका रूपमा सूर्यबहादुर थापा क्षेत्री, हरिप्रसाद रिजाल, धनबहादुर रायमाझी, धर्म गिरी, तुल्सीराम शर्मा तथा जिल्ला अध्यक्ष विजयविराज विष्टलगायत नेताहरू सहभागी भएका थिए।
    अभियानका क्रममा थापाले कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर पार्टीको गतिविधि विस्तार गर्न, संगठनलाई थप सक्रिय बनाउन तथा जनतासँग प्रत्यक्ष संवाद बढाउन निर्देशन दिएको एमालेले जनाएको छ।
    जिल्ला कमिटीले प्रदेश कमिटीले तोकेको समयसीमाभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने तथा वडा तहसम्म पुगेर प्रत्यक्ष उपस्थितिमै सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
    एमालेका अनुसार २०८२ फागुन २१ को निर्वाचनपछिको समीक्षाका आधारमा संगठनलाई पुनः सक्रिय, व्यवस्थित र एकताबद्ध बनाउने उद्देश्यले ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरिएको हो। अभियान आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनसम्म निरन्तर सञ्चालन गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।
    पालिकास्तरीय कार्यक्रम सम्पन्न गरेसँगै एमालेले मल्लरानी गाउँपालिका–३ बाट वडा तहको जागरण अभियान सुरु गरेको जनाएको छ। पार्टीका अनुसार वडा तहसम्मै पुगेर जागरण कार्यक्रम सञ्चालन गर्ने अभियान सुरु गर्ने प्युठान सम्भवतः देशकै पहिलो जिल्ला बनेको दाबी गरिएको छ।

    Advertisement

    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...