• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ५. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ६. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ७. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ८. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ९. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • १०. बडीमालिकामा पुग्यो फोर–जी सेवा

पुरुषको कथा: ‘म किन यौनकर्मी कहाँ धाउन थालेँ’


  •   शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित
  • त्यो अविस्मरणीय रात थियो। अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ। मेरो इच्छा पूरा भइरहेको थियो। त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो। म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो। नहोस् पनि किन?अहिलेसम्म मेरो बिहे भएको छैन। मेरो गृहनगर गुजरातमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ।

    इज्जत

    महिला र पुरुषको जनसङ्ख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहेबाट वञ्चित तुल्याएको छ। मेरा आमाबुवाले थरीथरीका कुरा सुन्नुपर्छ। उदाहरणका लागि यदि तपाईँका छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो। निजी कम्पनीको जागिरको के भरोसा? अनि तपाईँहरूको जग्गा पनि त धेरै छैन।

    Advertisement

    त्यतिबेला मेरो मासिक तलब आठ हजार भारु थियो। म घरको जेठो छोरा थिएँ र मेरो बिहे हुन सकिरहेको थिएन  मलाई लाग्थ्यो कतै बिहेको टुङ्गो लागिदिए समाजमा हाम्रो इज्जत जोगिहाल्थ्यो कि। हामी चारजना साथी थियौँ र प्रायः नजिकको सहरमा रक्सी खान जान्थ्यौँ। सम्भवत: त्यो दिन साथीले मेरो तनाव महसुस गरेको हुनुपर्छ।

    गिलासमा रक्सी हाल्दै उसले भन्यो, “किन यति तनाव लिन्छौ? तिमीले बिहे गरिहाल्यौ भने पनि यति मज्जा लिन सक्दैनौ। दुनियाँ रङ्गीन छ, मज्जा लिऊ। ल जाऊँ।” म तनावमा थिएँ। तर साथीले पटक पटक आग्रह गरेपछि अन्ततः हामी एउटा होटल गयौँ।

    सजिलो

    मैले कैयौँ नीला चलचित्र हेरेको थिएँ। तर वास्तविक जिन्दगीमा कुनै महिलाको सम्पर्कमा गएको त्यो पहिलो पटक थियो। त्यसपछि त होटल जाने बानी बस्यो । पाँच वर्षसम्म यो क्रम चलिरह्यो। आफूलाई आनन्द दिलाउने त्यो एउटा सजिलो बाटो थियो। तर एक दिन त्यो कुरा मेरो बुवाको कानसम्म पुग्यो। उहाँको रिस उत्कर्षमा पुग्यो। बुवाले हात उठाउन सकिरहनुभएको थिएन, अतः कराएर आफूलाई शान्त पार्ने प्रयास गरिरहनुभएको थियो।

    “तिमीलाई लाज लागेन त्यस्तो गर्दा? आफ्नी आमा र दिदीको बारेमा त एकचोटि सोचेको भए हुन्थ्यो।” आमा र दिदी रोइरहनुभएको थियो। भिनाजुको परिवारलाई पनि यो कुरा थाहा भयो। साथीहरूले मलाई रक्सी खुवाएर होटल लगेका थिए र बेहोसीमा के के भयो त्यो थाहा भएन भनेर मैले सफाइ दिएँ। अनि परिवारसँग माफी पनि मागेँ।

    उसो भए यति वर्षसम्म त्यो गल्ती किन दोहोर्‍याइरह्यौ त? बुवाको यो प्रश्नको उत्तर मसँग थिएन। दिदी र भिनाजु पनि कराइरहनुभएको थियो।उहाँहरूको कुरा सुनेर यस्तो लागिरहेको थियो मानौँ मैले कसैको हत्या जस्तो ठूलो अपराध गरेको छु। दुई दिनसम्म बुवा मसँग बोल्नुभएन। तेस्रो दिन उहाँले भन्नुभयो, “एक विधवासँग तेरो बिहेको लागि प्रस्ताव आएको छ। पाँच वर्षको छोरा छ र महिला राम्रो परिवारकी हुन्।”

    “महिलाका बुवालाई तिम्रा करतुतबारे थाहा छ, तर बिहेका लागि तयार छन्। तिमी पनि ३१ वर्षको भइसक्यौ। यो प्रस्तावलाई स्वीकार गरिदेऊ।” “तिमी पनि अहिले त राम्रै कमाउँछौ। गृहस्थी जीवन थालिहाल, खुसी रहन्छौ।”

    असन्तुष्ट

    तर मलाई त कोही अरू नै मन परिसकेको थियो। उनी त्यही होटलमा काम गर्थिन्, जहाँ म यौनकर्मीका लागि जाने गर्थेँ। उनी होटलमा हाउस-किपिङ अर्थात् सरसफाइ लगायतका काम गर्थिन्। पैसा थोरै कमाउँथिन्। तर उनीमा एउटा कुरा थियो, उनी हाँस्दा साह्रै राम्री देखिन्थिन्।

    तर मेरो कृत्यलाई लिएर असन्तुष्ट थिइन्। मसँग बिहे गर्न उनले अस्वीकार गरिन्। उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पीडा भयो। म अधुरो अधुरो लाग्न थालेँ। त्यो अधुरोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस्।

    वैवाहिक जीवनको कमी मलाई खट्किन थाल्यो। मेरो बिहे नभएको कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो। अतः मैले घर छाडेँ। मेरो बिहेलाई लिएर प्रश्न ज्यूँको त्यूँ थियो र घरका सबैजना तनावमा थिए।

    स्वतन्त्र चरा

    समाज नै यस्तो छ। अरूलाई चोट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन्। यसपटक मैले सधैँका लागि घर छाड्ने निधो गरेँ। नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पुरानै बानी। कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिलासँग मैले मन बहलाएँ। कैयौँ पटक त मेरा हाकिम पनि मसँग गए। उनलाई ममाथि विश्वास थियो।

    म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो महसुस गर्दिनँ। अहिले मेरो परिवारले पनि सम्झौता गरिसक्यो। भाइले एक आदिवासी महिलासँग प्रेमविवाह गरेको छ। म एक स्वतन्त्र चराजस्तै भएको छु। बिहेको सपना त्यागिसकेँ। मलाई यो जिन्दगी नै ठिक लागिरहेको छ। अहिले मेरो मासिक तलब ४० हजार भारु छ। न कुनै कुराको कमी छ न त मलाई कुनै ग्लानि छ।बिहे भएको भ ए मेरो जिन्दगी कस्तो हुन्थ्यो थाहा छैन। तर आज म समाजको घोचपेचदेखि धेरै टाढा छु।

    (बीबीसी हिन्दीका सम्वाददाता ऋषि बनर्जीले तयार पारेको एक पुरुषको जिन्दगीमा आधारित सत्य घटना। ती पुरुषको आग्रहमा उनको नाम गोप्य राखिएको छ।

    शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    भर्खरै

    • १.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • २.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ३.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ४.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ५.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ६.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ७.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ८.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation