• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

सगरमाथा चढ्ने पहिलो बहालवाला सांसद मिङ्गा ग्याबु शेर्पा सम्मानित


  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
  • काठमाडौं — सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका प्रतिनिधिसभा सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गर्नुभएको छ। संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत उहाँलाई बधाई तथा सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी राना र राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको पनि उपस्थिति थियो।

    Advertisement

    शेर्पाले जेठ १३ गते बिहान ५ः४० बजे संघीय संसद्को लोगो अंकित झण्डासहित सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उहाँ सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद हुनुहुन्छ। यो उहाँको दशौँ सफल सगरमाथा आरोहणसमेत हो।

    सम्मान ग्रहणपछि बोल्दै शेर्पाले हालसम्म ८ हजार मिटरभन्दा माथिका हिमाल ३६ पटक तथा विश्वभरका करिब ७० वटा ६ हजार र ७ हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण गरिसकेको जानकारी दिनुभयो। सन् २००८ मा भरियाका रूपमा सगरमाथा क्षेत्र पुगेपछि पर्वतारोहणतर्फ आकर्षित भएको र सन् २०१० मा पहिलोपटक सगरमाथा आरोहण गरेको उहाँले स्मरण गर्नुभयो।

    पर्वतारोहण यात्राका क्रममा पाँच वटा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको, सयौँ हिमाली उद्धार अभियानमा संलग्न भएको तथा ‘१४ पिक्स’ लगायतका अन्तर्राष्ट्रिय डकुमेन्ट्रीमा काम गरेर नेपाल र नेपाली पर्वतारोहणलाई विश्वमाझ चिनाउने अवसर पाएको उहाँले बताउनुभयो।

    संघीय संसद्को सदस्य बनेपछि संसद्को गरिमा र राष्ट्रिय पहिचानलाई विश्वको सर्वोच्च शिखरसम्म पुर्‍याउने उद्देश्यले संसद्को झण्डा सगरमाथामा लगेको उहाँले बताउनुभयो। सगरमाथा नेपालीहरूको गौरव, अस्तित्व र राष्ट्रिय पहिचानसँग जोडिएको विषय भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको ध्यान जान आवश्यक रहेको उहाँको भनाइ थियो।

    शेर्पाले नेपालको पर्वतारोहण क्षेत्रमा अन्तर्राष्ट्रिय आकर्षण बढ्दै गए पनि दक्ष जनशक्ति उत्पादनका लागि राज्यको लगानी पर्याप्त नभएको उल्लेख गर्नुभयो। पर्वतारोहणसम्बन्धी तालिम विस्तार, सगरमाथामा बढ्दो फोहोर व्यवस्थापन, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा गम्भीर ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

    जलवायु परिवर्तनले हिमाल मात्र नभई विश्वलाई नै प्रभावित गरिरहेको उल्लेख गर्दै उहाँले पर्वतीय क्षेत्रमा यसको असर प्रत्यक्ष रूपमा देखिन थालेको धारणा राख्नुभयो। साथै, केही समयअघि चर्चामा आएको ‘फेक रेस्क्यु’ प्रकरणलाई स्मरण गर्दै उद्धार व्यवस्थापन र नियमन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

    “संसारले नेपाल राम्रो छ भन्ने जान्दछ, अब नेपाल सुरक्षित पनि छ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ,” उहाँले भन्नुभयो, “पर्यटकले सुरक्षित महसुस गर्न सके नेपालको पर्यटन क्षेत्र अझ सुदृढ हुनेछ।”

    कार्यक्रमको अन्त्यमा शेर्पाले सगरमाथाको शिखरमा पुर्‍याइएको संघीय संसद्को लोगो अंकित झण्डा तथा नेपालको राष्ट्रिय झण्डा सभामुखलाई हस्तान्तरण गर्नुभएको थियो।

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation