• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै


  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
  • स्याङ्जा — पुतलीबजार नगरपालिका–११ मायाटारीका कृषक बोधराज अर्यालले उत्पादन गरेको कफी बीउ अन्तरिक्ष पुगेर नेपाल फर्किएको छ। अरविका जातको उक्त बीउ जापानमार्फत अन्तरिक्षमा पठाएर पुनः ल्याइएको हो।
    ‘फार्म्स प्यासन’ ब्रान्डअन्तर्गत उत्पादन गरिएको बीउ नेपालबाट पहिलोपटक अन्तरिक्षसम्म पुगेको दाबी गरिएको छ। २०८२ वैशाखमा जापान पठाइएको बीउ साउनमा अन्तरिक्ष पुगेको र करिब एक वर्षपछि चैत १५ गते नेपाल फर्काइएको अर्याल परिवारले जनाएको छ।
    कृषकका छोरा उबित अर्यालका अनुसार हाइड्रोजन बेलुनमार्फत पठाइएको बीउ करिब २७ किलोमिटर उचाइसम्म पुगेको थियो। त्यहाँ करिब तीन घण्टा राखेर पुनः पृथ्वीमा फर्काइएको उनले बताए। सो क्रममा नेपालको झण्डासमेत अन्तरिक्षमा पुर्‍याइएको थियो।
    जापानको ताकुशिमा विश्वविद्यालयले अनुसन्धान प्रयोजनका लागि उक्त बीउ अन्तरिक्षमा पठाएको हो। अन्तरिक्षको न्यून गुरुत्वाकर्षण र फरक तापक्रमले बीउमा पार्ने प्रभाव अध्ययन गर्ने उद्देश्य राखिएको छ।
    अर्यालका अनुसार अन्तरिक्षमा तापक्रम माइनस २८.१ डिग्री सेल्सियससम्म पुगेको थियो। सो वातावरणले बीउको संरचना, वृद्धि र उत्पादन क्षमतामा कस्तो असर पार्छ भन्ने अध्ययन गरिनेछ। रातो चेरी, पार्चमेन्ट र ग्रीन बिन गरी तीन प्रकारका २० ग्राम कफी बीउ पठाइएको थियो।
    अन्तरिक्षबाट फर्किएको पार्चमेन्ट बीउ वैशाख ५ गते करेन्डाँडा नर्सरीमा रोपिएको छ। बाँकी रातो चेरी र ग्रीन बिन भने प्रदर्शनीका लागि सुरक्षित राखिएको छ। रोपिएको बीउ करिब ६० दिनभित्र उम्रने अपेक्षा गरिएको छ। उम्रिएपछि बिरुवालाई छुट्टै बगैंचामा सारेर थप परीक्षण गरिने तयारी छ।
    अर्याल विगत १०–१२ वर्षदेखि वार्षिक करिब एक टन कफी जापान निर्यात गर्दै आएका छन्। आफ्नै उत्पादनसँगै स्थानीय किसानबाट खरिद गरिएको कफी पनि विदेश पठाउँदै आएका छन्।

    Advertisement

    आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी
    ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...