• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ५. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

१३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य


  •   सोमबार, माघ २०, २०८२ मा प्रकाशित
  • काठमाडौं।कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर–सुर्खेत खण्ड माघ १८ गते मध्यरातबाट चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
    पुसको तेस्रो साता सुर्खेत पुगेर प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रसारण लाइन यथाशीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो। उहाँको निर्देशनपछि ठेकेदार कम्पनीले द्रुत गतिमा काम अघि बढाएको र करिब तीन सातामै प्रसारण लाइन सञ्चालनमा ल्याउन सफल भएको प्राधिकरणको भनाइ छ।
    आयोजना सञ्चालनको अवसरमा पुनः सुर्खेत पुग्नुभएका शाक्यले १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन सफल हुनु कर्णालीका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार यसबाट कर्णाली प्रदेश र सुर्खेतका उपभोक्ताले गुणस्तरीय विद्युत सेवा पाउनेछन्।
    उहाँले प्रसारण लाइन सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने वातावरण बन्ने र उद्योगमार्फत विद्युत खपत बढ्नेमा प्राधिकरण आशावादी रहेको उल्लेख गर्नुभयो।
    ‘अर्थतन्त्रको साँचो उद्योग–व्यवसाय हो र उद्योग–व्यवसायको साँचो ऊर्जा हो,’ शाक्यले भन्नुभयो, ‘गुणस्तरीय ऊर्जाको आपूर्तिसँगै कर्णालीको अर्थतन्त्र सुधारका लागि नयाँ ढोका खुल्ने अपेक्षा गरेका छौँ।’
    १३२ केभी लाइन सञ्चालनमा आएसँगै विगतमा ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति हुँदा देखिँदै आएको ओभरलोड, लो–भोल्टेज र पटक–पटक बत्ती जाने समस्या उल्लेख्य रूपमा सुधार हुने प्राधिकरणको अपेक्षा छ। यस क्षेत्रबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न पनि आयोजना महत्वपूर्ण हुने बताइएको छ।
    शाक्यले २०६७ सालदेखि नै कर्णालीसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै आयोजना कार्यान्वयनका क्रममा दर्जनौँ पटक कर्णाली आएको स्मरण गर्नुभयो। ‘यो प्रसारण लाइनकै सन्दर्भमा पनि ६–७ पटक यहाँ आइपुगेँ,’ उहाँले भन्नुभयो, ‘अबको एक वर्षभित्र दैलेखसम्म प्रसारण लाइन पुर्‍याउने योजना छ।’
    उहाँले सुर्खेतको स्वचालित सब–स्टेशन नजिकै अधिकरण गरिएको जग्गामा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको तयारी गर्न पनि निर्देशन दिनुभएको छ। सुर्खेतका सबै फिडर यसै सब–स्टेशनबाट आपूर्ति भएपछि उपयुक्त समयमा निर्वाचनपश्चात औपचारिक उद्घाटन गरिने पनि जानकारी दिइयो।
    आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार करिब ५२ किलोमिटर लामो कोहलपुर–सुर्खेत खण्ड समयमै सम्पन्न गरिएको हो। ‘सुर्खेत–दैलेख खण्डको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘अर्को वर्षभित्र दैलेखसम्म पुर्‍याउने लक्ष्य छ।’
    चौधरीका अनुसार करिब ७५ करोड रुपैयाँ लागतमा निर्माण भएको सब–स्टेशन तयारी अवस्थामा छ भने करिब ६५ करोड लागतमा निर्माण भएको प्रसारण लाइन परीक्षणपछि सञ्चालनमा आएको हो। जग्गा प्राप्ति, वन क्षेत्रको कटान र स्थानीय विवाद समाधान गर्दै आयोजना सफल बनाउन प्राधिकरण, आयोजना कर्मचारी र स्थानीयको संयुक्त योगदान रहेको उहाँले बताउनुभयो।

    Advertisement

    सोमबार, माघ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा
    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • २.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ३.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ७.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ८.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...