प्युठान । नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी सङ्घ प्युठानको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा सङ्घको नयाँ नेतृत्व चयन गरिएको छ।
नयाँ नेतृत्वमा थानेश्वर न्यौपाने अध्यक्षमा चयन भएका छन् भने कमल परियार, जगत जिसी, बिजुला जिसी, प्रथम गुरुङ, बसन्तलाल पुरी र अस्मिता बुढाथोकी उपाध्यक्षमा रहेका छन्।
सचिवमा शेरसिंह थापा मगर चयन भएका छन् भने सहसचिवमा केशव केसी, जानबहादुर पुन, लक्ष्मी न्यौपाने र केशव पुन रहेका छन्। कोषाध्यक्षमा अर्जुन न्यौपाने चयन भएका छन्।
सदस्यमा मिनबहादुर जिसी, यज्ञबहादुर केसी, भगवती दाहाल, तुलसा न्यौपाने, अनिल पन्थी, प्रवेश धामी, शान्ति राना र राधिका शाह रहेका छन्।
केन्द्रीय प्रतिनिधिहरूमा कौशल राज वैद्य, पुष्कल श्रेष्ठ, दोर्ण बुढाथोकी, गणेश केसी, विष्णु थापा, यशोदा वैद्य, हरिप्रसाद जैसी, रेशम थापा र रामचन्द्र पौडेल रहेका छन्।
साथै, पालिका संयोजकमा स्वर्गदारी नगरपालिका हेमराज पौडेल, नौबहिनी गाउँपालिका खिमविक्रम केसी, गौमुखी गाउँपालिका एलिना थापा, मल्लरानी गाउँपालिका हरिष श्रेष्ठ र ऐरावती गाउँपालिका महेन्द्र राउत चयन भएका छन्।
नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
Advertisement
तपाईको प्रतिक्रिया