पाल्पा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सव–२०८२ उद्घाटन गरेका छन्।
सोमबार विद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री आचार्यले हिरक स्मारक अनावरण गर्दै स्मारिकाको विमोचन गरेका थिए। वि.सं. २००७ सालमा स्थापना भएको विद्यालयले हीरक महोत्सवको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
महोत्सव अन्तर्गत विद्यालयले ‘गुणस्तर तथा प्राविधिक नारी शिक्षा’ विषयक राष्ट्रिय गोष्ठी, जिल्ला र नगरस्तरीय प्राज्ञिक छलफल, खेलकूद लगायतका गतिविधि आयोजना गरेको विद्यालयले जनाएको छ।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो।
Advertisement