दाङ — लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गरेका छन्।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेरा बाछीकी पुनको शनिबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही दिनअघि उनले एकैपटक दुईवटा शल्यक्रिया गरेका थिए—पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।
मुख्यमन्त्री आचार्यले पुनको निधनले लुम्बिनी प्रदेश मात्र होइन, समग्र नेपाली समाजले इमानदार, अनुशासित र निष्ठावान जनप्रतिनिधि गुमाएको बताएका छन्। “उहाँ सधैँ दुर्गम क्षेत्रका जनताको दुःख, माग र अपेक्षालाई आवाज दिँदै न्याय र समानताको पक्षमा अडान लिनुहुन्थ्यो,” आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन्, “उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा हामी सबैका लागि प्रेरणा बन्नेछ।”
आचार्यका अनुसार पुनले प्रदेश सभा सदस्यको हैसियतमा समाज परिवर्तन, सुशासन र जनताको आकांक्षा सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनको निधनलाई उनले अपूरणीय क्षति भनेका छन्।
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधनप्रति मुख्यमन्त्री आचार्यको श्रद्धाञ्जली
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधनप्रति मुख्यमन्त्री आचार्यको श्रद्धाञ्जली

Advertisement
तपाईको प्रतिक्रिया