• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ३. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ४. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ५. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ६. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ७. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ८. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • ९. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • १०. राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

वन क्षेत्रबाट अपेक्षाअनुसार राजस्व संकलन नहुँदा मुख्यमन्त्री आचार्य चिन्तित


  •   मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
  • दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेकोप्रति गम्भीर समीक्षा गरिनु पर्ने बताउनुभएको छ। लुम्बिनी प्रदेशमा सञ्चालन गरिएको सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिता अनुगमन कार्यक्रमको उद्घाटन गर्दै उहाँले वन क्षेत्रलाई अनिवार्यरूपमा करको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो।
    मुख्यमन्त्री आचार्यले भने, “वन क्षेत्र अनिवार्य रूपमा करको दायरामा आउनुपर्छ। करको दायराभित्र नपर्ने वनका बारेमा कठोर बन्न जरुरी छ। सरकार राजस्व गुमाएर अगाडि बढ्न सक्दैन।” उनले उपभोक्ताको नाममा काठको दुरुपयोग भइरहेको उल्लेख गर्दै यसप्रति विशेष ध्यान दिन आग्रह गर्नुभयो। “उपभोक्ता समितिले वन राम्रो बनाउने हो, विकास निर्माणको काम सरकारले गर्ने,” उहाँले थप्नुभयो।
    यस वर्षको दुई अर्ब ५० करोड रुपैयाँ राजस्व संकलनको आधार वनमा रहेको भएता पनि अपेक्षित परिणाम आउन नसकेको आचार्यले बताउनुभयो। “जंगलमा काठ थुप्रिएको छ, तर त्यो वर्षौंदेखि उठेको छैन। काठ धुलो बन्दैछ, आगोले खरानी बनाइरहेको छ,” उनले कानूनी कार्यान्वयनका साथै व्यवहारिक कदमको आवश्यकता औंल्याउनुभयो।
    लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले वनप्रति जनताको समर्पण बढाउनुपर्नेमा जोड दिँदै, “वनमा स्रोतको भण्डार छ, तर हामीले सदुपयोग गर्न सकेका छैनौं,” भने। उनले वनमा पानीको अभाव र वन्यजन्तुलाई आहाराको कमीको समस्या समाधान गर्न पोखरी निर्माण र खोलामा पानी भरिनु आवश्यक भएको बताए।
    अवसरको प्रबंधनमा सुधार गर्न, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले नीतिनिर्माण कार्यान्वयनको प्रभावकारिता अध्ययन गर्नुपर्ने कुरा औंल्याए। प्रमुख सचिव बाबुराम अधिकारीले वनमा माटोको जैविक तत्व घट्दै गएको र पानीको स्रोत घटिरहेको अवस्थाप्रति गम्भीर र संवेदनशील बन्नुपर्ने आवश्यकता व्यक्त गरे।
    लुम्बिनी प्रदेशका तीन सय ४५ वन क्षेत्रमा सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ। यस कार्यक्रमले वन स्रोतको दीगो उपयोग, वातावरणीय सन्तुलन र स्थानीय समृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ।
    यस वर्षको अनुगमन कार्यक्रम चैत २६, २७ र २८ गते लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा सुरु भएको हो। यसका अन्तर्गत दाङ, बाँके, बर्दिया, रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा अनुगमन र अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ।

    Advertisement

    मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु
    राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन
    राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन
    आमाको सम्झनामा वडाध्यक्षद्वारा प्रतिक्षालय निर्माण
    ऐरावती–नेवा सम्झौता : ३१९ धारा निर्माण, दुई हजारभन्दा बढी लाभान्वित
    सरूमारानी गाउँपालिका र नेवा बीच खानेपानी आयोजना सम्झौता

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ३.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ४.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ५.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation