• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ४. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ५. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ६. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ९. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • १०. बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • दाङ(गढवा)। गढवा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ को असार १९ गतेसम्म १२१ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ८१ उजुरी फर्छ्यौट भइसकेका छन् भने ४० उजुरी अझै प्रक्रियामा छन्।
    गाउँपालिकाका अनुसार, पुराना वर्षबाट बाँकी २७ उजुरीसहित यो वर्ष मात्रै ९४ नयाँ उजुरी दर्ता भएका हुन्।
    उजुरीमध्ये जग्गा विवाद सबैभन्दा बढी ३८ रहेका छन्। तीमध्ये ३४ फर्छ्यौट भएका छन्। त्यसैगरी, अंश सम्बन्धी ३३ उजुरीमध्ये १२ फर्छ्यौट भएका छन् भने २१ अझै बाँकी छन्।
    लेनदेन सम्बन्धी ३० उजुरीमध्ये २४ फर्छ्यौट भएका छन्। विवाह विवाद सम्बन्धी ४ उजुरीमध्ये २ टुंगिएका छन्। अन्य विविध विषयमा १६ उजुरी दर्ता भएका थिए, जसमध्ये ९ फर्छ्यौट भएका छन्।
    अर्कोतर्फ, २६ उजुरी अन्य निकायमा सिफारिस गरिएका छन् भने २३ उजुरी आपसी मेलमिलापबाट समाधान गरिएको छ। २१ उजुरी समिति निर्णयमार्फत टुंग्याइएको जनाइएको छ।
    संविधानको धारा २१७ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिमा वडाका दुई सदस्यहरू पनि समावेश छन्। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको संयोजकत्वमा समिति गठन भएको हो।
    समितिले हप्तामा दुई दिन सोमबार र बिहीबार नियमित इजलास चलाउने गरेको छ। समितिको कामकाज कानुनी परामर्श, वार्ता, मेलमिलाप, छलफल र निर्णयसम्म पुर्‍याउने प्रकृतिको हुन्छ।

    Advertisement

    चुनौती पनि उस्तै

    उपाध्यक्षको समय अभाव, कानुनी दक्षताको कमी, समितिको निर्णय कार्यान्वयनमा समन्वय अभाव, विषयगत विवादको जटिलता लगायतका कारण कतिपय उजुरी टुंग्याउन चुनौती देखिएको छ।
    तर पनि, जातीय, लैंगिक, धार्मिक तथा समुदायजन्य विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आएको समितिले दाबी गरेको छ कि, विवाद समाधानमा निष्पक्षता र पारदर्शिता कायम राखिएको छ।
    स्थानीय सरकारका अनुसार यस्तो संयन्त्रको सक्रियताले न्यायमा सहज पहुँच, सुलभ सेवा र शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुगेको छ।
    शुक्रबार पत्रकारहरूसँगको भेटघाटमा न्यायिक समितिका संयोजक चौधरीले १० वर्षसम्मका धेरैजसो विवाद मेलमिलापबाट समाधान गरिएको जानकारी दिएकी थिइन्।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री
    भान्साबाट देश चिनाउने युवराजको सपना
    रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने
    बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ४.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ५.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ६.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    भर्खरै

    • १.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • २.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ३.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ४.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ६.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ७.
      बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

    • ८.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation