• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

सिँढीले चिटिक्क बन्यो रेसुङ्गाको पैदल मार्ग


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा पैदलमार्ग सिँढी निर्माण भएको छ । यसले रेसुङ्गा क्षेत्रको सुन्दरता थप बढाएको छ ।
    जिल्ला सदरमुकाम तम्घासको शिरमा पर्ने रेसुङ्गा क्षेत्रमा धार्मिक महत्वसँगै पर्यटकय स्थल बनाउने उदेश्यले पोखरीदेखि यज्ञशालासम्मको ७ सय मिटर क्षेत्रमा पैदल मार्गमा सिँढी निर्माण गरिएको हो । सदरमुकाम तम्घासबाट करिब ३० मिनेट गाडीको यात्रा पछि रेसुङ्गा क्षेत्रको पोखरीसम्म पुगिन्छ । पोखरीबाट रेसुङ्गा क्षेत्रको यज्ञशाला लगायत भ्युटावर लगायत बिभिन्न मन्दिरहरुमा पुग्न पैदल यात्रा गर्नु पर्दछ । त्यस स्थानमा पुग्न झण्डै २० मिनेट पैदल हिड्न पर्दछ । मन्दिर अबलोकनमा पुग्ने श्रदालु भक्तजनहरुको सहजताका लागि पैदल मार्गे निर्माण गरिएको छ । रेसुङ्गा क्षेत्रमा गतवर्ष गुल्मी उद्योग वाणिज्य संघले १७ लाखको लागत पदैल मार्गमा सिँढी बनाउन सुरुवात गरेको थियो । तर त्यो लागतले सुरुवात गरेतापनि पुरा गर्न धेरै रकम लाग्ने भएपछि प्रदेश नम्बर ५ को पर्यटन मन्त्रालयबाट १ करोड ८२ लाख ५० हजार लागतमा रेसुङ्गा क्षेत्रमा सिँढी निर्माण गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बताए ।
    पैदल मार्गको पोखरी देखि यज्ञशाला ७ सय मिटर सम्म १२ फिटको चौडाईमा तिनवटा रेलिङ्ग राखेर दुई लाइन हिँड्न मिल्ने गरि निर्माण गरिएको छ । यज्ञशाला देखि रेसुङ्गा भ्युटावर लगायतको ३ सय मिटरको क्षेत्रमा ८ फिट चौडाईमा २ वटा रेलिङ्ग राखेर निर्माण कार्य चलिरहेको नगरप्रमुख भुसालले बताए ।त्यसको लागि पनि प्रदेश सरकारकै आर्थिक सहयोगमा ५० लाखको लागतमा सिँढी निर्माण कार्य चलिरहेको नगरप्रमुख भुसालले बताए । निर्वाचित जनप्रतिनिधी आएपछि रेसुङ्गा क्षेत्रमा धेरै बिकासले गति लिएको नगरप्रमुख भुसालको भनाई छ । रेसुङ्गा क्षेत्रमा अन्य संरचना निर्माणमा पनि काम भइरहेको छ । त्यसको लागि पनि तिनतहका सरकारको प्रमुख चासो र सहयोग रहेको नगरप्रमुख भुसालले बताए।
    रेसुङ्गा क्षेत्रमा पैदल मार्गमा सिँढी राखेपछि यस स्थानको सौन्दर्यता बढाएकाले यसले पनि पर्यटकहरु बढाउने भुसालको भनाई छ । बाग्लुङको गल्कोटबाट आकर्षक ढुंगाहरु ल्याएर पैदल मार्गमा सिँढी बनाइएको हो ।निकै आर्कषक तरिकाले निर्माण गरिएकाले पैदल हिडनेहरुका लागि सजिलो र मनमोहक बनेको छ । रेसुङ्गा क्षेत्रको पोखरीमा स्नान गरेपछि मुख्य मन्दिर लगायत बिभिन्न स्थलको अबलोकनका लागि यज्ञशाला मन्दिर् जाने गर्दछन् । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।
    प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको हो । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको छ । रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ ।सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्युटावर रहेको छ । यस स्थलमा दैनिक पुजा हुनुका साथै साउन १ गते र साउने औषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ ।

    Advertisement

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...