नवीन कुमार कक्षपति। वामपन्थी विचार एक राजनीतिक विचारधारा हो, वामपन्थी विचारको प्रमुख उत्पत्ति १९ औं शताब्दीको औद्योगिक क्रान्तिको समयमा भएको हो। जस्ले पूंजीवादी संरचनामा रहेका असमानताहरूको विरूद्ध प्रतिक्रिया स्वरूप पैदा भएको थियो। जसको मुख्य उद्देश्य समाजमा समानता,न्याय र स्वतन्त्रता स्थापना गर्नु हो। अर्को यसका आधारमा समाजको आर्थिक र सामाजिक संरचनामा व्यापक परिवर्तन ल्याउनु हो।
राजनीतिको सन्दर्भमा ‘वाम’ र ‘दक्षिण’ शव्दहरूको प्रयोग फ्रान्सेली क्रान्तिको समयमा सुरू भएको थियो। फ्रान्समा क्रान्ति भन्दा पूर्व संसदमा राजालाई हटाएर गणतन्त्र धर्मनिरपेक्ष ल्याउन चाहने इस्टेटस जनरल नामकहरु संसदमा बायाँ पट्टि बस्थे। आधुनिक समयमा समाजवाद र साम्यवाद सम्बन्धि विचारधारा लाई बायाँ राजनीतिमा राखिन्छ,अर्थात वामपन्थी विचारधारा भनेर भनिन्छ।
वामपन्थी विचारको विभिन्न धाराहरू छन् जसमा मार्क्सवाद, लेनिनवाद,माओवादी विचार र समाजवादका विभिन्न रूपहरू समावेश छन्।
ऐतिहासिक पृष्ठभूमि
वामपन्थी विचारको इतिहास मार्क्सवाद र समाजवादको विकाससँग जोडिनु पर्छ। कार्ल मार्क्स र फेडरिक एंगेल्सले संयुक्त रूपमा ‘कम्युनिस्ट म्यानिफेस्टो’ (१८४८) प्रकाशित गरे जसले सो विचारधाराको आधारभूत सन्देशलाई प्रस्तुत गर्यो। सामाजिक परिवर्तनको आवश्यकता औद्योगिक क्रान्ति पश्चात,श्रमिक वर्गको जीवन स्तरमा गिरावट आएको थियो र आर्थिक असमानता बढेको थियो। यसले proletariat (श्रमिक वर्ग) को संघर्षलाई प्राथमिकतामा ल्याउँदै विद्यमान पूंजीवादी संरचनाको विरूद्ध आवाज उठाउन प्रेरित गर्यो।
महत्त्व
वामपन्थी विचार आजको समयमा पनि उत्तिकै महत्वपूर्ण छ। यो विचारधारा मध्यमवर्ग र श्रमिकको हकमा लडेका र समकालिन समाजमा रहेका असमानताहरूको विरोधमा उभिएका विचारहरूको प्रतिनिधित्व गर्दछ। वामपन्थी विचारले समाजवाद र साम्यवादी सिद्धान्तहरूलाई आधार बनाएर विशेष रूपमा सामाजिक न्याय, आर्थिक समानता र वर्ग संघर्षको दृष्टिकोणबाट समाजको विकास र सुधारको प्रयास गर्दछ। वामपन्थी विचारले चुनौतीहरूको समाधानका लागि आफ्नो निम्न दृष्टिकोणहरु प्रस्तुत गर्दछ।
१ -सामाजिक न्याय
वामपन्थी बिचारले समाजमा सबै मानिसहरूको अधिकारको संरक्षण र समान अधिकारको सुनिश्चितता तर्फ ध्यान केन्द्रित गर्दछ। यसमा महिला, दलित,आदिवासी जनजाति र पिधमा रहेका समुदायहरूको अधिकारको संरक्षण महत्वपूर्ण मानिन्छ।
२ – आर्थिक समानता
वामपन्थी विचारले धनको समान वितरण र आर्थिक समानताको लागि संघर्ष गर्दछ। यसको मुख्य उद्देश्य, पूंजीपतिहरू र श्रमिक वर्ग बीचको अर्थिक भिन्नतालाई कम गर्नु हो।
३ -राजनितीक अधिकार
वामपन्थी समूहहरूले लोकतान्त्रिक प्रक्रियामा सक्रिय भागीदारी र राजनीतिक अधिकारको प्रवर्धनमा विश्वास गर्छन्। यसले श्रमिक वर्गका हकहितहरूको रक्षा गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दछ।
४ -सामाजिक र आर्थिक संरचना परिवर्तन वामपन्थी विचार मानिसहरूको जीवनस्तर सुधार्नका लागि आर्थिक र सामाजिक संरचनामा परिवर्तन ल्याउने advocate गर्दछ। यसमा कृषी सुधार, भूमि पुनर्वितरण, र सार्वजनिक सेवाहरूको सुदृढीकरणमा जोड दिन्छ।
५- पर्यटन र पर्यावरणीय सचेतता
आधुनिक वामपन्थी विचारमा वातावरण संरक्षण र दिगो पर्यटन विकासको महत्त्व पनि बढेको छ, जसले आर्थिक विकास र पर्यावरणीय संरक्षण सगसगै पर्यटन प्रबर्द्धन कार्यक्रम अगाडि बढाउनका लागि आग्रह गर्दछ।
अन्त्यमा
नेकपा समाजवादी केन्द्रले व्यक्तिवाद र प्रतिस्पर्धामा भन्दा बढी सामूहिकता र सहकार्यमा विश्वास राख्छ र समाजको समग्र विकासलाई लक्षित गरेर काम गर्न प्रेरित गर्दछौं।आज वामपन्थी आन्दोलन विभक्त रहेको छ, सच्चा वामपन्थी हरुलाई एकताबद्ध बनाउनुपर्ने आजको आवश्यकता हो।