• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ७. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ८. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ९. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • १०. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

वामपन्थी बिचार र दृष्टिकोण


  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
  • नवीन कुमार कक्षपति। वामपन्थी विचार एक राजनीतिक विचारधारा हो, वामपन्थी विचारको प्रमुख उत्पत्ति १९ औं शताब्दीको औद्योगिक क्रान्तिको समयमा भएको हो। जस्ले पूंजीवादी संरचनामा रहेका असमानताहरूको विरूद्ध प्रतिक्रिया स्वरूप पैदा भएको थियो। जसको मुख्य उद्देश्य समाजमा समानता,न्याय र स्वतन्त्रता स्थापना गर्नु हो। अर्को यसका आधारमा समाजको आर्थिक र सामाजिक संरचनामा व्यापक परिवर्तन ल्याउनु हो।
    राजनीतिको सन्दर्भमा ‘वाम’ र ‘दक्षिण’ शव्दहरूको प्रयोग फ्रान्सेली क्रान्तिको समयमा सुरू भएको थियो। फ्रान्समा क्रान्ति भन्दा पूर्व संसदमा राजालाई हटाएर गणतन्त्र धर्मनिरपेक्ष ल्याउन चाहने इस्टेटस जनरल नामकहरु संसदमा बायाँ पट्टि बस्थे। आधुनिक समयमा समाजवाद र साम्यवाद सम्बन्धि विचारधारा लाई बायाँ राजनीतिमा राखिन्छ,अर्थात वामपन्थी विचारधारा भनेर भनिन्छ।
    वामपन्थी विचारको विभिन्न धाराहरू छन् जसमा मार्क्सवाद, लेनिनवाद,माओवादी विचार र समाजवादका विभिन्न रूपहरू समावेश छन्।

    Advertisement

    ऐतिहासिक पृष्ठभूमि
    वामपन्थी विचारको इतिहास मार्क्सवाद र समाजवादको विकाससँग जोडिनु पर्छ। कार्ल मार्क्स र फेडरिक एंगेल्सले संयुक्त रूपमा ‘कम्युनिस्ट म्यानिफेस्टो’ (१८४८) प्रकाशित गरे जसले सो विचारधाराको आधारभूत सन्देशलाई प्रस्तुत गर्यो। सामाजिक परिवर्तनको आवश्यकता औद्योगिक क्रान्ति पश्चात,श्रमिक वर्गको जीवन स्तरमा गिरावट आएको थियो र आर्थिक असमानता बढेको थियो। यसले proletariat (श्रमिक वर्ग) को संघर्षलाई प्राथमिकतामा ल्याउँदै विद्यमान पूंजीवादी संरचनाको विरूद्ध आवाज उठाउन प्रेरित गर्यो।

    महत्त्व
    वामपन्थी विचार आजको समयमा पनि उत्तिकै महत्वपूर्ण छ। यो विचारधारा मध्यमवर्ग र श्रमिकको हकमा लडेका र समकालिन समाजमा रहेका असमानताहरूको विरोधमा उभिएका विचारहरूको प्रतिनिधित्व गर्दछ। वामपन्थी विचारले समाजवाद र साम्यवादी सिद्धान्तहरूलाई आधार बनाएर विशेष रूपमा सामाजिक न्याय, आर्थिक समानता र वर्ग संघर्षको दृष्टिकोणबाट समाजको विकास र सुधारको प्रयास गर्दछ। वामपन्थी विचारले चुनौतीहरूको समाधानका लागि आफ्नो निम्न दृष्टिकोणहरु प्रस्तुत गर्दछ।

    १ -सामाजिक न्याय
    वामपन्थी बिचारले समाजमा सबै मानिसहरूको अधिकारको संरक्षण र समान अधिकारको सुनिश्चितता तर्फ ध्यान केन्द्रित गर्दछ। यसमा महिला, दलित,आदिवासी जनजाति र पिधमा रहेका समुदायहरूको अधिकारको संरक्षण महत्वपूर्ण मानिन्छ।

    २ – आर्थिक समानता
    वामपन्थी विचारले धनको समान वितरण र आर्थिक समानताको लागि संघर्ष गर्दछ। यसको मुख्य उद्देश्य, पूंजीपतिहरू र श्रमिक वर्ग बीचको अर्थिक भिन्नतालाई कम गर्नु हो।

    ३ -राजनितीक अधिकार
    वामपन्थी समूहहरूले लोकतान्त्रिक प्रक्रियामा सक्रिय भागीदारी र राजनीतिक अधिकारको प्रवर्धनमा विश्वास गर्छन्। यसले श्रमिक वर्गका हकहितहरूको रक्षा गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दछ।

    ४ -सामाजिक र आर्थिक संरचना परिवर्तन वामपन्थी विचार मानिसहरूको जीवनस्तर सुधार्नका लागि आर्थिक र सामाजिक संरचनामा परिवर्तन ल्याउने advocate गर्दछ। यसमा कृषी सुधार, भूमि पुनर्वितरण, र सार्वजनिक सेवाहरूको सुदृढीकरणमा जोड दिन्छ।

    ५- पर्यटन र पर्यावरणीय सचेतता
    आधुनिक वामपन्थी विचारमा वातावरण संरक्षण र दिगो पर्यटन विकासको महत्त्व पनि बढेको छ, जसले आर्थिक विकास र पर्यावरणीय संरक्षण सगसगै पर्यटन प्रबर्द्धन कार्यक्रम अगाडि बढाउनका लागि आग्रह गर्दछ।

    अन्त्यमा
    नेकपा समाजवादी केन्द्रले व्यक्तिवाद र प्रतिस्पर्धामा भन्दा बढी सामूहिकता र सहकार्यमा विश्वास राख्छ र समाजको समग्र विकासलाई लक्षित गरेर काम गर्न प्रेरित गर्दछौं।आज वामपन्थी आन्दोलन विभक्त रहेको छ, सच्चा वामपन्थी हरुलाई एकताबद्ध बनाउनुपर्ने आजको आवश्यकता हो।

    सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    भर्खरै

    • १.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • २.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ३.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ७.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ८.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation