• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ९. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

हिजो आजकाे तीज


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • गुल्मी। हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको अत्यन्त महत्वपूर्ण र पवित्र एवं धार्मिक पर्व हो, हरितालिका तीज। किंवदन्ती अनुसार भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी बरदान पाएको दिन हो, हरितालिका तीज।
    विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामनासहित व्रत बसी पूजाआजा गरी मनाइने पवित्र पर्व हो, हरितालिका तीज। कुनै पनि चाडपर्वको आफ्नै विशेषता, मूल्यमान्यता र पहिचान हुन्छ। चाडपर्वको आफ्नो विशेषता, मूल्य र मान्यता अनुसार त्यसको संरक्षण गर्नु, जगेर्ना गर्नु र त्यसलाई निरन्तरता दिनु संस्कृति हो भने त्यसको मूल्य, मान्यात, आदर्श, पहिचान र विशेषताको प्रतिकूल हुने कार्यहरू गर्नु विकृति हो। अहिले यो पवित्र पर्व हरितालिका तीज विकृतिको शिकार बनेको छ। तीज वा कुनै पनि चाडपर्व मनाउने विषयमा कसैको दुईमत हुन सक्दैन। यो सुखद पक्ष हो। चाडपर्व, रीतिरिवाज, धर्मसंस्कृति त हाम्रा अमूल्य सम्पत्ति हुन्। यसको संरक्षण र संवर्धन गरिनुपर्दछ। तर यिनको मूल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्ने हुन्छ। धर्म संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्छ। केही हदसम्म समय क्रम अनुसार परिवर्तन पनि गर्नुपर्छ। तर पछिल्लो समय तीज भड्किलो भन्दै गएको छ । समयक्रमसँग नेपालमा तीज मनाउने चलन फेरिएको छ। सांस्कृतिक र पारिवारिक महत्व बोकेको तीज मनाउने क्रममा आएको परिवर्तनले तीजमा सस्तो र अभद्र माया प्रेमको विषयले ठाउँ पाएको छ। तीजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ। तीज आउनुभन्दा महिनौं अघिदेखि यसको सांगीतिक माहोल तयार भइसकेको हुन्छ।
    हिन्दु महिलाको महान पर्व तीज धार्मिक आस्था र सांस्कृतिक महत्वका साथ मनाइने भएपनि आधुनिकताका नाममा नचाहिँदो तडक भडक पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म दर खाने, ख्वाउने र बहुमूल्य वस्तुको प्रदर्शनी गर्ने होड चल्न थालेपछि तीज पर्वकोे वास्तविक मौलिकता हराउन थालेको छ । केही वर्षदेखि विभिन्न संघसंस्था,दलहरु र तिनका भातृ संगठनको आयोजनामा सामूहिक रुपमा दरखाने अभियान चलिरहेको छ। कुनै पनि चाड पर्व आफ्नो हैसियत अनुसार मनाउनुपर्छ।
    धार्मिक र सांस्कृतिक मौलिकतालाई चटक्कै बिर्सेर तीजलाई समयानुकूल परिस्कृत गर्ने नाममा तीज आउनु महिनौ अघिदेखि पार्टी प्यालेस र होटलमा महँगा गरगहना कपडा प्रदर्शनी गर्ने र टिकट बिक्री गर्ने प्रचलन बढेको छ। पार्टी प्यालेस घर टोल र सडक तीजमय देख्न पाइन्छ दिदीबहिनीहरु महँगा पहिरन र गहनामा सजिएर दर खान हिँड्ने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हावी भएको छ। हिजोआज तीजमा गाइने मिठा सामाजिक सन्देश बोकेका र भाव भएका गितहरु सुनिन छोडेका छन्। युबा युवती हरु अमर्यादित पाराले नाचिरहेका दृश्यहरुले सामाजिक सञ्जालका भित्तामा महँगा गहना र महँगा भेषभुषलाई प्राथमिकता दिएर रंगिएका देखिन्छन्। आर्थिक हिसाबले पनि तीज झन खर्चिलो र भड्किलो फेसन भएको छ। अस्वस्थकर खानपान आदिले एकातर्फ सामाजिक जनजीवनमा नकारात्मक प्रभाव पार्छन् भने अर्कोतर्फ फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पुर्याइरहेको छ।
    तीज मनाउने क्रममा हुनेखाने महिलाहरुले हुँदाखाने महिलाहरुलाई पछाडि पारेका छन्। यस्ता विकृति र भड्किलो फेसनले कमजोर आर्थिक हैसियत भएका महिलाहरुले तीज मनाउन नसकिरहेको स्थिति छ । यस्ता विकृतिले हाम्रो संस्कार र संस्कृतिका मूल्य एवं मान्यतालाई दिग्भ्रमित गर्ने र समग्र समाजलाई नै दूषित बनाउने हुनाले यस खालका विकृति र विसंगतिलाई हटाई हाम्रो संस्कार, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई मौलिक एवं स्वच्छ र स्वस्थ राख्न जरुरी छ। हामीले हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो। अरु कुरा त मानिससँगै मेटिएर जाने हो। धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व, अर्थ र विशेषता भएका यस्ता पर्वहरूको मर्म, भावना र उद्देश्य अनुरूप सभ्य तथा सुसंस्कृत ढंगले चाडपर्वहरू मनाउनु र धर्म एवं संस्कृतिको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो।
    अहिलेकाे तिजमा पहिला पहिला आमा दिदिबहिनीहरुको पालामा तीजलाई महिलाहरुले आफनो विशिष्ट चाडका रुपमा मनाउँथे। आफना पिर, व्यथा, वेदना अनि सुख दुखलाई गीत संगीतका माध्यमबाट अभिव्यक्त गर्थे। तीजका गितहरुमा महिलाहरु एकत्रित भएर नाच्थे एकापसमा गाउँथे तर अहिले त्यस्ता गित सुन्न पाइँदैनन् । महिनौं दिन देखि तीजका नामा दर र दारु खाने परम्पराले संस्कृति जगेर्ना गर्न सक्दैन। अबको पुस्ताले तिजलाई नाच्ने र गाउने चाडको रुपमा मात्र नलिई परम्परा र संस्कृति धान्ने चाडका रुपमा लिनु उपयुक्त हुन्छ। केही वर्षदेखि संस्थागत रूपमा तीज कार्यक्रमको आयोजना गर्ने प्रचलन पनि बढिरहेको छ। पछिल्लो समयमा त लगभग प्रतिस्पर्धा जसरी कार्यक्रमहरूको आयोजना भैरहेको देखिन्छ। महिलासँग सम्बन्धित संघसंस्था मात्र होइन, राजनीतिक पार्टी, सरकारी/गैरसरकारी संघसंस्था, उद्योगी, व्यापारी, कर्मचारी, वकिल, पत्रकारहरूका संघसंगठन, क्लब, समूह आदि सबैले तीजको कार्यक्रम आयोजना र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ। आउने दिनमा कुनै पनि संस्था हरुले तिजको नाममा हुने भड्किलो कुरा रोक्न सकिएन भने आगामी पुस्ताले चाडपर्व मान्न छाड्नुका साथै तिज जस्ता पर्व बिस्तारै लोप भएर जाने छ।
    के हामीले खोजेको संस्कृति यस्तै हो त ? अनि हरितालिका तीजको संस्कृति यही हो त ? अझ अचम्म र दुखद पक्ष त के छ भने कतिपय संघसंस्थाले नै तीज आउनु कहिले हो कहिले हो, पहिल्यै नै तीज कार्यक्रमहरूको आयोजना र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ। यो झनै विकृतिको रूपमा मौलाएको छ। संस्कृतिको संरक्षण गर्नु हरेक व्यक्ति, समूह, संघ–संगठन, सरकार सबैको दायित्व हो। तर, संस्कृतिको नाममा विकृति भित्र्याउने छुट भने कसैलाई छैन। महिना दिन पहिल्यैदेखि तीजका नाममा भोजभतेर र नाचगान न त सांस्कृतिक/धार्मिक रूपमा सही देखिन्छ न त साधन, स्रोत, समय र औचित्यका हिसाबमा सही। ‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ’ भन्ने त आहानै छ नि। पर्वको मर्म बुझेर त्यसको उपभोग र प्रचलन गर्नु राम्रो हो। तर पर्वलाई नै गिज्याउने गरी, त्यसको मर्म विपरित कार्य गर्नु/गराउनुलाई भने शोभनीय मान्न सकिंदैन। तीजमा आएको यस प्रकारको विकृतिले हरितालिका तीज पर्वको मर्म माथि गम्भीर आघात पुर्‍याएको छ भने नयाँ पुस्तामाझ तीज पर्वको गलत सन्देश प्रवाह भइरहेको छ। व्रत र पूजाको स्थान भोजभतेरले लिएको छ। शृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अंग प्रदर्शन एवं अश्लीलताको प्रदर्शन बढिरहेको छ। त्यसैगरी आजभोलिका कतिपय तीज गीत र नाचगान त घरपरिवारमा बसेर हेर्न र सुन्न सकिने खालका पनि छैनन्। तर आजभोलि यतिमै मात्र सीमित रहेन, हरितालिका तीजको परिभाषा लगभग बदलिएको छ। माइतीको आँगनमा बाबुआमा, दाजुभाइ र दिदीबहिनी जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ। सर्वसाधारण परिवारमा पर्ने आर्थिक भार र मानसिक असरलाई ध्यानमा राखेर चार्डपर्व भडकिलो र खर्चिलो नगरीकन मनाऔ। सम्पुर्ण दिदी बहिनीहरुमा हरितालिका तीजको शुभकामना ।

    Advertisement

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ४.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ७.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ८.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation