काठमाडौ। ठगी मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१८ भैंसेपाटी बस्ने ३७ वर्षीया विपना घिमिरेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरबाट २०८१ जेठ ८ गते ठगी मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-७ पाँगाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।
Advertisement