• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • २. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ३. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

  • १०. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

सूचना प्रविधिको विकास समृद्धि र विकासको आधार ः प्रियासन


  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
  • घोराही । दाङको घोराहीस्थित अम्बिकेश्वरी क्याम्पसमा अम्बिकेश्वरी इनोभेसन तथा प्रोजेक्ट सोकेस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। क्याम्पसमा अध्ययनरत बिएससी सिएसआइटीका छैठौं सेमेस्टरका विद्यार्थीहरुको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले नेपालमा सूचना र प्रविधिको विकास तिव्रगतिमा भैरहेको चर्चा गर्दै सूचना र प्रविधि बिना मुलुकको समृद्धि र विकास सहि तवरबाट अगाडी बढ्न नसक्ने बताउनुभयो । उहाँले घोराही, दाङ अनि सिंगो नेपाललाई आइटीमैत्री बनाउन आइटी पढि रहेका विद्यार्थीहरुले नयाँ नयाँ एपहरु, प्रोजेक्टहरु निर्माण गरिरहनु पर्ने बताउनुभयो । आइटी क्षेत्रलाई प्रभावकारी बनाउन राज्यले विशेष योजना बनाउनुपर्ने धारणा राख्दै आइटी क्षेत्रमा संलग्न विद्यार्थीहरुले अध्ययनसँगै यसलाई समाजमा आवश्यक पर्ने नयाँ नयाँ प्रविधिहरु उत्पादन र प्रयोगका लागि काम गरिरहनुपर्ने प्रियासनको भनाइँ थियो।
    कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि अम्बिकेश्वरी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले विद्यार्थीको प्रतिभालाई उजागर गर्नका लागि आफूहरूले विभिन्न विधामा विद्यार्थीहरुलाई साथ र सहयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले हरेक शैक्षिक गतिविधिमा गरिने सिकाइ त्रुटिपूर्ण भएपनि त्यसले राम्रो फिटब्याक दिने भएको हुँदा सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
    अब विश्वमा समस्यालाई पहिचान गरेर समाधान गर्ने विभिन्न प्रकारका आइटीमा टुल्सहरु बनिसकेको हुँदा त्यस अर्थमा आफूले पनि त्यसमार्फत अगाडि बढ्नको लागि सकारात्मक सोचकासाथ पढ्न र सिक्न उत्प्रेरित हुनुपर्ने र विद्यार्थीलाई सिकाउन कलेज सदैव तयार रहेको क्याम्पस प्रमुख खनालको भनाइ छ ।
    त्यस्तै क्याम्पसका सहायक क्याम्पस प्रमुख राजसिं जोराले सामान्यतया विद्यार्थीमा भएको ज्ञान र सीपलाई प्रोजेक्टमार्फत देखाउने कार्य नै प्रोजेक्ट वर्क भएको बताउनुभयो । उहाँले एकेडेमी र आइटीबीच भएको दुरीलाई घटाउनु नै यसको मुख्य उद्देश्य भएको बताउनुभयो । विद्यार्थीहरुमा भएका ज्ञान र सीपलाई उजागर गर्नका लागि प्रोजेक्ट वर्क जस्ता कार्यक्रमहरु निकै प्रभावकारी हुने र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइँ छ ।
    प्रोजेक्ट वर्कमार्फत विद्यार्थीमा सहयोग, सञ्चार र स्वतन्त्र सिकाइ गरी तीनवटा कुरामा विकास हुने र यी कुरालाई सँगसँगै अगाडि बढाउन सकेमा मात्र विद्यार्थी आइटी क्षेत्रमा सफल बन्न सक्ने भएको हुँदा हरेक विद्यार्थीले आफ्नो ज्ञान, सीप र क्षमतालाई बाहिर ल्याउनुपर्ने सहायक क्याम्पस प्रमुख जोराको भनाइ थियो ।
    अम्बिकेश्वरी क्याम्पसमा बिसिए सातौं सेमेष्टरको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अपार सिंह चौधरीले सुपर डाटा अन्तर्गत ट्राफिक म्यानेजमेन्ट सिस्टम अफ नेपालको प्रोजेक्टमार्फत प्रस्तुत गर्नु भएको थियो । यो प्रोजेक्ट सन २०२२ देखि बनाउन सुरु गरेको प्रोजेक्ट २०२४ मा सकिएको उहाँले जानकारी दिनुभयो ।
    बिसीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी मनिष भुषालले आर्टीफिसियल इन्टिलिजेन्स सम्बन्धित वेबसाईटलाई प्रोजेक्टमार्फत प्रस्तुत गर्नु भएको
    थियो । यो वेबसाईटले च्याट जिपिटी जस्तै काम गर्ने र अडियोमा पनि कुराकानी गर्न सकिने उहाँको भनाइ छ ।
    बिसिए पाँचौ तहमा अध्ययनरत विद्यार्थी हेमराज कालथोकीको ग्रुपले रिमोट कन्ट्रोल कारको बारेमा प्रस्तुतिकरण गरेको थियो । त्यस्तै सिएसआइटी प्रथम तहमा अध्ययनरत विद्यार्थी सुगम केसीको नेतृत्वको टिमले लाइटको बारेमा प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा विद्यार्थीहरुले आफ्नो ज्ञान, सीप र क्षमतालाई प्रयोग गरेर बनाएका विभिन्न वेबसाईटहरुको बारेमा प्रोजेक्टमार्फत जानकारी गराएका थिए । क्याम्पसमा अध्ययनरत विद्यार्थी जीवन डाँगीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार तथा घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको प्रमुख अतिथ्यता तथा क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अम्बिकेश्वरी स्ववियु सभापति रणबहादुर खड्का, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्याम्पसमा अध्ययनरत छात्रा सविता न्यौपाने र छात्र प्रसुन गौतमले गर्नु भएको थियो ।

    Advertisement

    शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री
    रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो
    बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने
    बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी
    रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता
    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • २.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ३.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • २.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ३.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ४.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ६.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ७.
      बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

    • ८.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation