• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ८. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • ९. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

प्यूठानका सांसद सूर्य थापासँग २४ घण्टा


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • प्रेस चौतारी नेपालको लुम्बिनी प्रदेशको साधारण सभामा सहभागी हुन काठमाडौंबाट दाङ जाने दिन बिहान माननीय सूर्य थापाले भन्नुभयो- ‘तपाईंहरुलाई पनि लिएर म भैरहवाबाट प्यूठान जाने हो, भोलिसँगै दाङको कार्यक्रममा आउँला !’
    सूर्य थापा- प्यूठानका निर्वाचित सांसद । हाम्रा नेता अनि आत्मीय दाई पनि । फागुन ५ गतेका लागि आयोजित कार्यक्रमका प्रमुख अतिथि उहाँ आफै हुनुहुन्थ्यो । डेढ दशकअघि प्यूठान पुगेको मेरो लागि धेरै बर्षपछिको यो गज्जबको अवसर थियो । अघिल्लो दिनै भालुबाङ गएर बस्नुभन्दा प्यूठान जानु मेरा लागि अवसर थियो । त्यसैले, चौतारीका महासचिव हिरामान लामा र म सूर्य दाईसँगै प्यूठान लाग्यौं ।
    काठमाडौंमा एयरपोर्ट नपुग्दै उहाँको नयाँ कोसेली प्राप्त भयो- स्वतन्त्रता संग्राम । सूर्य थापा कुनै बेला नेपाल पत्रकार महासंघको मञ्चमार्फत गणतन्त्रका लागि आगो ओकल्ने नेता हो । तत्कालिन बुधबार साप्ताहिकका सम्पादक थापा २०६२ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा सबभन्दा बढी मत ल्याएर निर्वाचित भएपछि गणतन्त्रको योद्धाझैं हुनुहुन्थ्यो । त्यतिबेला पत्रकार महासंघको गरिमा सानदार थियो । माओवादी र राज्यको दोहोरो मारमा परेका पत्रकारहरूलाई शाही कदमसँग लड्नु निकै चुनौतिपूर्ण थियो । राजनीतिक दलहरूमाथि प्रतिबन्धजस्तै थियो अनि राजनीतिक गतिविधि ठप्प ।
    अहिलेका ठूला दलहरूहरूले गणतन्त्र शब्द उच्चारण गर्न हिचकिचाई रहेका बेला सूर्य दाईहरूकै सक्रियता र पहलकदमीमा नेपाल पत्रकार महासंघले गणतन्त्रलाई मुख्य एजेण्डा बनाएको थियो । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठकमा सूर्य दाई गणतन्त्रको प्रस्तावक हुनुहुन्थ्यो ।
    अहिलेका ठूला दलहरूहरूले गणतन्त्र शब्द उच्चारण गर्न हिचकिचाई रहेका बेला सूर्य दाईहरूकै सक्रियता र पहलकदमीमा नेपाल पत्रकार महासंघले गणतन्त्रलाई मुख्य एजेण्डा बनाएको थियो । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठकमा सूर्य दाई गणतन्त्रको प्रस्तावक हुनुहुन्थ्यो । जसकारण पत्रकार महासंघलाई नेपाली ठूला केही दैनिक र आलोचकहरूले समेत आठौं दलको संज्ञा दिएका थिए। राजनीतिक दलहरूले जुलुस निकाल्न हिम्मत नगरेका बेला सूर्य थापाहरू महासंघको ब्यानरमा शाही “कू” विरुद्ध रत्नपार्कमा जेहाद छेड्दै हुनुहुन्थ्यो । सरकारले आन्दोलनका लागि प्रतिबन्ध लगाएको रत्नपार्कमा जुलुस निकालेर कानुन व्यवसायी र पत्रकारहरूले नै पहिलोपटक निषेधित क्षेत्र तोडेका थिए । जसका कारण देशमा गणतान्त्रिक आन्दोलनको माहोल बनेको थियो । यस दौरानमा पत्रकारहरूले कष्टसाध्य संघर्ष भोग्नुपरेको थियो । आन्दोलनको त्यही भोगाई, संघर्ष र ऐतिहासिक दस्तावेजलाई समेटेर थापाले पाँचौ पुस्तक “स्वतन्त्रता सङ्ग्राम” प्रकाशित गर्नुभएको छ । पुस्तकमा तत्कालिन पत्रकारहरू र सञ्चार संस्थाहरू माथि राज्यले लगाएको अभियोग, अदालतका फैसला पनि समेटिएको छ । तत्कालीन बेलाको संघर्षको इतिहासको जानकारी लिन मात्र होइन, अनुसन्धानका लागि पनि यो पुस्तक निकै उपयोगी छ । किताबको केही अंश पढ्दै हामी भैरहवा विमानस्थलमा पुग्यौं ।
    जहाजले भुईं टेक्न नपाउँदै प्रेस चौतारीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज प्रदीप आचार्य र रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल बिमानस्थलमा आउनुभएको खबर पायौं । केहीबेर उहाँहरुसँग भेटेपछि हामी लाग्यौं, प्यूठानतिर । बीच बाटामा अनेक गफ भए । केही पार्टीका, केही संगठनका अनि केही व्यक्तिगत जीवनका । कपिलवस्तुको चन्द्रौटामा पुगेपछि उहाँ प्यूठानका साथीहरुलाई भेट्न लाग्नुभयो । हामी दैनिक नेपालका सहकर्मी सीताराम चौधरीलाई भेट्न थाल्यौं । दैनिक नेपालका लागि चन्द्रौटामा बसेर योगदान गर्नुभएका चौधरी अहिले स्थानीय विद्यालयको प्रधानाध्यापक हुनुहुँदोरहेछ । उहाँको साथमा स्थानीय पत्रकार साथीहरु रामअवतार चौधरी र दीपक खड्का पनि हुनुहुन्थ्यो ।
    त्यहाँबाट हामीसँग यात्रामा जोडिनुभयो, प्यूठानका एमालेका नेता मोहम्मद हलिम हलुवाई । उहाँले आफूलाई ‘सूर्य थापाको वचन हार्न नसकेर माधव नेपालको समाजवादी पार्टी त्यागेर पुरानै घर फर्किएको’ भन्दै चिनाउनुभयो । उहाँहरुसँग पार्टीका अनेक गफ गर्दागर्दै हामी राप्ती तरेर भालुबाङ हुँदै प्यूठानको सरुमारानी गाउँपालिकाका बलराम पोखरेलको पिताजीको निधनमा शोक व्यक्त गर्न ददेरी पुग्यौं । बलराम सूर्य दाईको चुनावको बेलाको चालक हुनुहुँदोरहेछ । गाडी व्यवसाय गरेर आफै चालकको काम गरिरहनुभएका बलरामले नै दिनरात नभनी प्यूठानका ९ वटा स्थानीय तहका ६४ वटा वडामा पुर्याउनुभएको रहेछ । दिनभरि चुनावी कार्यक्रम र भेटघाट अनि आधा निद्रा गाडीमै पुर्याउने उम्मेदवारको दैनिकी भएको रहेछ, अनि राति २/३ घण्टा मात्र निदाउने गर्नुभएको रहेछ चुनावभरि । त्यसैले चालक साथीको घरमा परेको दुःखमा साथ दिनु उहाँले कर्तव्य ठान्नुभयो । र, रातारात पुग्नुभयो ।
    उहाँहरुबीचको आत्मियता र भावनात्मक सम्बन्ध अत्यन्त प्रगाढ थियो । रोचक के रहेछ भने बलराम एमाले अनि उहाँको पिताजीचाँहि काँग्रेस ! तर, सम्बन्ध र भावनालाई पार्टीको पर्खालले मात्र छेक्ने कुरा भएन ।
    चालक साथीको घरमा परेको दुःखमा साथ दिनु उहाँले कर्तव्य ठान्नुभयो । र, रातारात पुग्नुभयो । उहाँहरुबीचको आत्मियता र भावनात्मक सम्बन्ध अत्यन्त प्रगाढ थियो
    त्यहाँबाट निस्केपछि हामी बास बस्ने ठाउँ प्यूठानको बड्डाँडा पुग्यौं । बड्डाँडामा हलिमजीले आफ्नो घरमा माननीयका लागि एउटा छुट्टै कोठा बनाइदिनु भएको रहेछ– कार्यकर्तालाई भेट्न पनि मिल्ने खालको । हामी खाना खाएपछि केहीबेर त्यहाँ गफियौं । अनि भोलिपल्ट बिहान ५ बजे हिँड्ने योजना बनाएर पल्टियौं ।
    बिहान ४:३० बजे नै हामी तयार भइसकेको थियौं । बाहिर झिसमिसे थियो, माण्डवी नदी सुस्केरा हालेर तलपट्टि बगिरहेको थियो । माण्डवीको किनारैकिनार हामी झिसमिसेमै जसपुर चकचके बजार पुग्यौं । बिहान ६ नबज्दै बिजुवार बजार पुगियो । सूर्य दाईको एक फोनपछि प्यूठान नगरपालिकाका पूर्वमेयर अर्जुनकुमार कक्षपति एकैछिनमा हस्याङफस्याङ गर्दै किसान डेरीमा चिया खान आइपुग्नुभयो । प्यूठानको स्थानीय दूधबाट बनेको चियाको चुस्कीसँगै हामी बाग्दुलातर्फ लाग्यौं । यात्रामा प्यूठानका पार्टीका युवा नेता तथा प्रेस चौतारीका केन्द्रीय सदस्य गिरु भण्डारी पनि थपिनुभयो । अलिक पर एमालेको झिमरुक गाउँपालिका कमिटीका अध्यक्ष इन्द्रमणि पोखरेल पनि थपिनुभयो । समथर भूमि, वरिपरी हरीयाली । मनमोहक छ, झिमरुक फाँट । बिजुवार, बाग्दुला मरन्ठाना हुँदै मच्छीसम्मै यो फाँट फैलिएको छ । सामान्यतया प्यूठान भित्रिने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ । प्यूठान प्राकृतिक सौन्दर्यले भरिपूर्ण र परिपूर्ण छ । पक्की बाटाहरु पनि अब थुप्रै बन्दैछन् । पूर्वाधार र प्रकृति हेर्दैहेर्दै सवा एक घण्टाको यात्रापछि बाग्दुलाबाट मच्छी पुग्यौं । गर्तङ र झिमरुकको मिलनबिन्दूमा माछाको आकार बनेर बसेको बस्ती रहेछ– मच्छी ।
    मच्छी दमदमेमा मोहनविक्रम सिंहको पहिले अंशको घर रहेछ, यो उहाँहरूको थलो रहेछ । मोहनविक्रमका बाबु खिमविक्रम हक्की स्वभावका सामन्त थिए रे! मच्छीमा भएको झगडामा उनको गर्धनमा तरबार प्रहार भएको थियो । ठूलो घाउ लागे पनि उनी घरेलु उपचार गरेर बाँचेका थिए । घाउ सेक्न थुप्रै घिउ खर्च भएको हल्ला चलाइएको थियो । त्यसैले प्यूठानमा मोहनविक्रमका बाबुको नाममा गन्धर्वहरुले यस्ता गीत नै बनाएका रहेछन् :

    Advertisement

    कालो बाख्रो काटीकाटी सारंगीलाई ताँती,
    जति काट्यो नकाटिने खिमविक्रमको घाँटी !

    वल्लो गर्तङ पल्लो झिमरूक बीचमा पर्यो ठाँटी,
    काट्दा पनि नछिनिने खिमबिक्रमको घाँटी !

    यी गीत २०२०/२५ साल पछिसम्म पनि गन्धर्वहरुले प्रयोग गरिरहेको स्थानीयहरु बताउँछन् । जबकि खिमबिक्रमको घाँटी बिसं २०००साल अघि काटिएको थियो र उनको २०२०-२१ सालतिर मृत्यु भएको थियो। स्थानीयका अनुसार, मोहनविक्रमका बाबु खिमविक्रमका ५ जना घोषित र तीन जना अघोषित गरी ८ वटी श्रीमती थिए रे ! तिनैमध्ये कान्छी बसन्ताकुमारी जिसीको ९१ बर्षको उमेरमा निधन भएको रहेछ । उहाँको निधन भएकोमा शोकमा रहनुभएका छोरा हरिविक्रम र उहाँको परिवारलाई भेट्न सूर्य थापा एकाबिहानै उहाँहरुको घरसम्म पुग्नुभएको थियो । माननीय आउने खबरले अरु पनि नेता, कार्यकर्ताहरू त्यहाँ भेला हुनुभएको थियो ।
    तर, संयोग कस्तो थियो भने काठमाडौंमा मोहनविक्रम सिंहकी कान्छी पत्नी दुर्गा पौडेल घरमा सानीमा सासु बितेको ४ दिनको जुठोमै शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बिहे भोजमा हुनुहुन्थ्यो । २०७९ को चुनावमा उहाँसँगै प्रतिस्पर्धामा रहनुभएका सूर्य थापा भने दुर्गाको एकाघरका देवर भेट्न प्यूठानमा पुग्नुभएको थियो– त्यो पनि काठमाडौंबाट झण्डै १८ घण्टाको यात्रापछि ।
    सत्ता गठबन्धनबाट राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट सांसद बन्ने लालचमा रहनुभएकी पौडेल सोही पदका लागि आफ्नो संस्कार भुलेर शोकमा पनि देउवालाई रिझाउन पुगेको देख्दा प्यूठानका आफन्त र मतदाताहरु निकै रिसाएका थिए । उहाँ शोकको घडीमा त्यहाँ पछि पुगेको जानकारी पनि भएन ! मच्छीमा शोक व्यक्त गरेपछि हामी फेरि फर्कियौं बिजुवार । भेटघाटका कार्यक्रम अझै बाँकी नै थिए । अधिवक्ता एवं पत्रकार महासंघ प्यूठानका संस्थापक सदस्य मेघराज भट्टसँग बाटोमै भलाकुसारी भयो । बिरामी परेका पार्टीका केन्द्रीय सल्लाहकार शोभाराम भण्डारीलाई बिजुवारको अस्पतालमा पुगेर भेटेपछि बल्ल दाङ फर्कने यात्राको तरखरमा हामी जुट्यौं । त्यहीबीचमा सांसद थापाले भालुबाङ–प्यूठान बाटोको निर्माणमा भइरहेको प्रगति हेर्नुभयो । सुन्दर जिल्ला प्यूठान पुग्नका लागि अहिले पनि कहालीलाग्दो साँघुरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता छ । यो सडकले कयौंको अकालमा ज्यान लिइसकेको छ । २०६१ साल माघ ८ गते शुक्रबार दाङको देउखुरी सोनपुरबाट बेहुली लिएर गएको बस प्यूठानको गर्जेनी भन्ने ठाउँमा दुर्घटना भएको थियो। त्यस दुर्घटनामा बेहुला, उनको घरपरिवार र जन्ती गरी ४१ जनाभन्दा बढीको मृत्यु भएको थियो । बेहुली भने भाग्यले बाँचेकी थिइन । अहिले यो साँघुरो र नागबेली घुम्तीको भीर कटिङको काम भइरहेको छ ।
    अब यस ऐतिहासिक सडकलाई दुई लेनको सडक बनाउने गरी सूर्य थापाले निर्वाचित भएदेखि नै पहल गरिरहनुभएको रहेछ । यो काम पनि छिट्टै आवश्यक बजेटको प्रबन्धसहित अघि बढ्ने विश्वास उहाँले यात्राको क्रममा हामीलाई सुनाउनुभयो । भालुबाङदेखि प्यूठानसम्म दुई लेन बनाउने कार्यक्रम २०७९/८० देखि १ करोड बजेट शीर्षकका साथ कार्य थालनी भएकोमा देवीस्थानदेखि गनाहासम्म ३.७५ करोड र चकचकेदेखि लिवाङसम्म ३.७५ करोड एवं सडक सुरक्षामा उल्लेख्य ढंगले काम भइरहेको देख्न सकिन्छ । मोड काट्ने, फराकिलो बनाउने र कमजोर स्थानमा दुई लेन ढलान गर्ने काम सँगसँगै भइरहेको रहेछ ।
    यसका साथै, प्यूठानको बाग्दुलादेखि बाग्लुङको भिमगिठेसम्म ७३.६ किलोमिटर लामो दूरीको सडक कालोपत्रे गर्ने योजना पनि छिट्टै ठेक्का लागेर सुरु हुने क्रममा रहेछ । यसअघि टेण्डर भइसके पनि भारतीय ठेकेदार कम्पनी कोल्याप्स भएकोले पुरानो ठेक्का रद्द गरेर अहिले फेरि नयाँ शिराबाट काम सुरु हुँदै रहेछ । हाल ट्रयाक खोलिएको सडकलाई ७ मिटर चौडा बनाएर ५ मिटर कालोपत्रे गरिने यस योजनाको बाग्दुलादेखि अर्खा र भिमगिठेसम्म कच्ची सडक निर्माण भइसकेको छ । सडकले प्यूठान नगरपालिका, झिमरुक र गौंमुखी गाउपालिका क्षेत्र प्यूठानतर्फ समेट्दो रहेछ । र, यो सडक बनिसक्दा कोइलाबास-कोरला त्रिदेशीय सडकले लुम्बिनी, स्वर्गद्वारी, गौमुखी, रिडी-रेसुंगा, ढोरपाटन र मुक्तिनाथ जोड्ने महत्त्वपूर्ण साँस्कृतिक कोरिडोर मार्ग बनेर यस क्षेत्रको कायापलट नै हुने विश्वास उहाँको रहेछ।
    यात्रुबाहक बस बीच बाटोमै रोकेर मानिसहरु धुइरिएका थिए । पछि थाहा भयो, एक जना महिलाले बसमै बच्चा जन्माइछिन् ।
    प्यूठानबाट बिदा हुँदै गर्दा बड्डाँडा बजारमुनि सडकमा मानिसहरुको भीड लागेको देखियो । यात्रुबाहक बस बीच बाटोमै रोकेर मानिसहरु धुइरिएका थिए । पछि थाहा भयो, एक जना महिलाले बसमै बच्चा जन्माइछिन् । उनलाई स्वास्थ्य चौकीमा लैजान एम्बुलेन्स बोलाइएको रहेछ । भालुबाङमा प्रेस चौतारीको कार्यक्रममा भाग लिएर सूर्य थापा त्यही दिन बेलुका काठमाडौं फर्किनुभयो । चुनाव जितेपछि जिल्ला नफर्कने नेताहरुभन्दा उहाँको पहिचान प्युठानमा निकै फरक रहेछ । हरेक हप्ताजसो माननीय जिल्लामा आउने भएपछि त्यहाँका राजनीतिक दलहरु मात्र होइन, प्रहरी प्रशासन पनि उत्तिकै सजग रहेछन् ।
    सूर्य थापा जतिबेला प्यूठानमा चुनावको अन्तिम तयारीमा हुनुहुन्थ्यो, त्यतिबेला उहाँलाई काठमाडौंमा उडाउँदै सम्पादकीय लेखिएका थिए । कतिपय मिडिया र सामाजिक सञ्जालले त ट्रोल नै बनाएका थिए । तर, लामो भविष्य बोकेका युवा नेता सूर्य थापालाई प्यूठानी जनताले भारी मतका साथ जिताएर पठाइदिए । चुनाव जितेर जनतालाई धन्यवाद दिँदै उहाँ सबै वडा र टोलहरूसम्म पुग्नुभयो । उहाँको विजयको खुसीयाली र सम्मानमा हजारौं किलो अथवा झण्डै ३/४ ट्रकभन्दा बढी माला उनिए र मतदाताहरूले उहाँलाई लगाइदिए।
    कुरा नचपाई प्रस्तुत हुने, मसिनोसँग जिम्मेवारी फत्ते गर्ने खुबी भएकै कारण उहाँले ‘पारसमणि’सँग तुलना गर्नुभएको थियो । ‘पारसमणि’ बन्दै प्युठान जिल्लामा पार्टीलाई स्थापित गर्न सूर्य थापाले धुलोमैलोसँग लडीबुडी र मेहनत गर्नुभयो । नयाँ कार्यविभाजनपछि उहाँ अहिले गुल्मी जिल्ला इञ्चार्ज हुनुहुन्छ । जिल्लाका सबै अर्थात् १२ वटै पालिकामा प्रशिक्षण चलाउने सम्भवतः गुल्मी नै नेपालका ७७ मध्ये पहिलो जिल्ला बनेको छ ।
    सांसदसँग जनताका अनगिन्ती अपेक्षा छन् । एक त नीति निर्माणमा केन्द्रीत हुनुपर्ने मूल भूमिका छ । अर्कोतर्फ, ससाना सुखदुःखमा पनि जनताले घर आँगनमै देख्न चाहन्छन् । काठमाडौंमा आउने प्यूठानीहरूका दुःखमा मल्हम लगाउनुपर्ने दायित्व पनि उत्तिकै छ । सीमित श्रोत, साधन र समयले यी सबै कुरा गर्न एक जना सांसदलाई पक्कै पनि सजिलो र सम्भव छैन । झन् पार्टी प्रतिपक्षमा रहेको र चौतर्फी घेराबन्दीको बेला जो छ, यस्तो अवस्थामा पनि प्यूठानमा सबै पार्टीका नेता, जनप्रतिनिधिहरूसँग सौहार्द्र सम्बन्ध राखेर अनुकूल वातावरण सिर्जना गर्दै जनतामा सिनर्जी दिन उहाँ सफल हुनुभएको देख्दा अत्यन्तै खुसी लाग्यो ।
    २०७९ मंसिरमा सांसद निर्वाचित भएपछि सांसद सूर्य थापाले विगत १४ बर्षमा अरू सांसदले संसदमा प्यूठानको विषयमा नबोलेको भन्दा बढी यो १४ महिनामै बोल्नु भएको छ । अनि १४ महिनामा १४ बर्षमा प्यूठानका सांसद पुगेको भन्दा बढी पटक गृहजिल्लाका कार्यक्रम, भेटघाट र छलफलमार्फत जनताको बीचमा पुग्नुभएको छ। प्यूठानको विकासका सम्बन्धमा काठमाडौंमा सरोकारवाला भेट्ने, योजना बनाउने र घच्घचाउने त उहाँको दैनिकी नै छ ।

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...