• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

सहकारीलाई उत्पादनमा केन्द्रित बनाउनुपर्छ : मन्त्री शर्मा


  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • प्युठान। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
    जिल्ला सहकारी सङ्घ प्युठानले आयोजना गरेको सहकारीको प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक वृहत् अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै उहाँले अहिले अधिकांश सहकारीहरू ऋण बचतमा मात्रै केन्द्रित भएको भन्दै यो प्रवृत्तिलाई राकेर सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको हो । ‘‘सहकारीमा विविधीकरण ल्याउनु आवश्यक छ । धेरै सहकारीहरू बचत ऋणमा केन्द्रित भएको देखिन्छ । यसलाई विविधीकरण गर्दै उत्पादन, प्रशोधन, वितरण र उपभोगमा सहकारीको दायरा विस्तार गर्नु आवश्यक छ’’, उहाँले भन्नुभयो, ‘‘स्थानीय श्रम, सीप र पुँजीलाई अधिकतम रूपमा परिचालन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल स्तम्भको रूपमा विकसित गर्न यसको विविधीकरणमा ध्यान दिनैपर्छ । कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण एवम् कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी सङ्घ संस्थाहरूको संलग्न गराउनेतर्फ स्थानीय तहहरूले विशेष ध्यान दिनु आवश्यक छ ।’’

    Advertisement

    स्थानीयस्तरमा क्रियाशील सहकारीहरू कृषि उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले ग्रामीण क्षेत्रमा स्थानीय श्रम, सीप र साधनमा आधारित कृषि सहकारी संस्थाहरूको सक्रियताबाट उत्पादन र वितरण सुदृढ गरी खाद्य सुरक्षा पनि सुनिश्चित गर्न सकिने बताउनुभयो । प्युठानजस्तो भौगोलिक अवस्थिति भएको जिल्लामा कृषि सहकारीहरूलाई विशेष प्रोत्साहन गर्दै विशिष्टीकृत कृषि एवम् वनजन्य उत्पादनमा जोड दिने नीति स्थानीय तहहरूले बनाउनु उपयुक्त हुने उहाँको सुझाव थियो ।स्थानीय तहहरूले सहकारी संस्थाहरूको अग्रसरता र संलग्नतामा सञ्चालन हुने उत्पादन, प्रशोधन र वितरणको कार्यलाई प्रोत्साहन गर्ने नीति बनाउनु आवश्यक रहेको औँल्याउनुहुँदै उहाँले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको र सहकारीलाई तीन खम्बे अर्थनीतिको एउटा खम्मा मानेकाले अब सहकारीहरूलाई समाजवाद निर्माणको आधारको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्रमा सहकारी क्षेत्रको भूमिका बढाउँदै गएमा घरेलु तथा साना, मझौला र सहकारितामा आधारित ठुला औद्योगिक व्यवसायको सञ्चालन गर्न सकिने उल्लेख गर्नुहुँदै उहाँले यसतर्फ पनि सहकारीको भूमिका फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो। परम्परागत उत्पादन र पेसा लोप हुँदै गएकाले सहकारीमार्फत यसको प्रवर्द्धन गर्न सकिनेमा उहाँले जोड दिनुभयो। पछिल्लो समय सहकारी क्षेत्रमा बेथितिहरू देखिन थालेको उल्लेख गर्नुहुँदै उहाँले केही सहकारी र सहकारीकर्मीबाट हुने बेथितिलाई सहकारी क्षेत्रकै कमजोरीको रूपमा लिन नहुने र त्यभित्रको कमजोरी स्वयम् सहकारी क्षेत्रले नै अन्त्य गर्नुपर्ने मन्त्री शर्माको जोड छ । राजनीतिमा केही नेताले भ्रष्टाचार गर्दा राजनीतिलाई बदनाम गर्ने, सहकारीमा लागेका केहीले कमजोरी गर्दा सहकारी क्षेत्रमाथि नै बदनाम गर्ने प्रवृत्ति गलत भएको भन्दै उहाँले अंशलाई टिपेर प्रणालीमाथि नै प्रहार गर्ने प्रवृत्तिविरुद्ध सचेत हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

    राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले देशभर सञ्चालित ३२ हजारमध्ये २३ हजार सहकारी स्थानीय तहकै मातहत रहेकाले सहकारीको प्रवर्द्धनमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । देशभरका सहकारकर्मीमध्ये ५६ प्रतिशत महिला रहेको औँल्याउनुहुँदै उहाँले यो समावेशिताको अभ्यास गर्ने महत्त्वपूर्ण थलो भएको र अब समाजवाद निर्माणको आधार बनाउन सकिने बताउनुभयो ।

    जिल्ला सहकारी सङ्घका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation