प्युठान। छोराको हत्या गरेको आरोपमा प्युठानको झिमरुक गाउँपालिका–७ काभ्रेखोला बस्ने ३२ वर्षीया नारायणी केसिलाई पक्राउ गरिएको छ।
उनलाई तीन वर्षीया छोरा अप्रेल एमसीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी, प्रहरी निरिक्षक हुमानन्द खनालले जानकारी दिए। उनले छोराको घाँटीमा रसिले अंठ्याएर कर्तव्य गरेको प्रहरीले बताएको छ । घांटीमा निलो डाम देखिएकाले घटना शंकास्पद रहेको प्रहरी निरिक्षक खनालले बताए। उनका अनुसार यो बिहिबारको घटना हो। मृतक बच्चालाई काखमा च्यापेर गाउँ हिडिरहेको अवस्थामा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनका पति अहिले कामको शिलसिलामा भारतमा रहेको स्थानीय बासिन्दाले बताएका हुन।
Advertisement
पक्राउ परेकि केसीउपर जिल्ला अदालत प्युठानबाट शुक्रबार म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।